डडेल्धुरा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डडेलधुरा जिल्लाबाट अनुप्रेषित)
डडेल्धुरा जिल्ला
अजयमेरुकोट
डडेल्धुरा जिल्लाको अवस्थिति
डडेल्धुरा जिल्ला
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, डडेल्धुरा
क्षेत्रफल
 • जम्मा१,५३८ किमी (५९४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३९४२०
 • घनत्व९१/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

डडेल्धुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुरसँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखण्ड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो।

नामाकरण[सम्पादन गर्नुहोस्]

डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजीव्रोमा डडेलधुरा भनिन थालिएको हो।

यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन्। यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ।

जिल्लामा रहेका अस्पताल[सम्पादन गर्नुहोस्]

  1. उपक्षेत्रिय अस्पताल डडेल्धुरा

पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनीतिकदल नागरिकसमाज,सञ्चारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरूपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरी १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सञ्चालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।

  1. जिल्ला अस्पताल डडेल्धुरा
  2. प्रतेक गाउँ विकास समिति लक्षित गरी उपस्वास्थ्य चैकीहरू।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

डडेल्धुरा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
अमरगढी नगरपालिका ११ अमरगढी २१,२४५
परशुराम नगरपालिका १२ जोगबुडा ३४,९८३
आलिताल गाउँपालिका भिमदत्तपुर १८, १२५
भागेश्वर गाउँपालिका बगरकोट १४, १२९
नवदुर्गा गाउँपालिका मणिलेक १९, ९५७
अजयमेरु गाउँपालिका भद्रपुर १५,२४३
गन्यापधुरा गाउँपालिका गणेशपुर १५, ०९३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति