डन्डी बियो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डन्डी बियो खेल्दै एक केटा

डन्डी बियो नेपालको ग्रामिण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको खेल हो । यो खेल नेपालको राष्ट्रिय खेल पनि हो । परम्परागत रूपमा खेलिने डन्डी बियोमा करिब दुई फुट लामो काठको डन्डी र बियो करिब ६ इन्च लामो काठकै छोटो डन्डी प्रयोग गरिन्छ । डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुबैतिरको छेउ छड्के अथवा तिखो पारेर बनाइएको हुन्छ । यो भारतीय गिल्ली डन्डा खेल जस्तै खेल हो ।

खेल विवरण[सम्पादन गर्ने]

डन्डी बियो दुई वा दुईभन्दा बढी खेलाडी मिलेर खेल्न सकिने खेल हो । यो खेल खेल्न दुई समूह बनाएर पनि खेल्ने गरिन्छ । यो खेल मैदान, चौर, आँगन वा बाँझो खेत जहाँ पनि खेल्न सकिन्छ । परम्परागत रूपमा खेलिँदै आइएको यो खेललाई नेपाल डन्डी बियो संघको स्थापना गरी नियमनसमेत गरिएको छ । [१]

परम्परागत तरिका[सम्पादन गर्ने]

डन्डी र बियो

परम्परागत रूपमा डन्डी बियो खेल्न सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्टो (खोपी)मा तेर्सो पारेर राखिन्छ । परम्परागत रूपमा खेल्दा डन्डी बियोमा खेलाडी संख्या तथा खेल मैदानको आकार निर्धारण गरिएको हुँदैन । यसरी खेल्दा खोपीदेखि बियोको अन्तिम स्थानको दुरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्छ । एको, दुबो, तिबो, झारो, भाँचो, छैमल, सिठी, पिरे भन्दै १ पिरेसम्म गणना हुन्छ । एक पिरे पुगेपछि आफ्नो अंक गणना सम्झिनको लागि एउटा ढुङ्गा राख्ने गरिन्छ ।

नयाँ नियम[सम्पादन गर्ने]

नयाँ नियम अनुसार डन्डी तथा बियोको नाप

विसं २०५५ मा नेपाल डन्डी बियो संघको स्थापना पश्चात यसलाई वैज्ञानिक रूपमा नियमवद्ध गरी अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले मैदानको बनावट, डन्डी र बियोको आकार, स्कोर सिट, खेलाडी विवरण तय गरेर नयाँ नियम तयार पारिएको छ ।[१] नियम अनुसार यो खेलमा दुई समूहहरू रहन्छन् । ती दुई समूहमध्ये कुन समूहले डन्डी समूह रोज्ने र कुन समूहले बियो समूह रोज्ने भन्ने निर्धारण दुवै समूहका कप्तानहरूको रोहबरमा अम्पाएरले गर्छ । दुवै पक्षका कप्तानको उपस्थितिमा सिक्का उफारी जुन पक्षले टस जित्छ, त्यो पक्षले "डन्डी समूह" अथवा "बियो समूह" रोज्न पाउँछ । दुवै समूहमा विजोड संख्या रहने गरी ७/७ जनाको दरले विभाजित हुनुपर्छ । दुवै समूहमा २/२ जनाको दरले अतिरिक्त खेलाडी रहन्छन् । स्थानको कमी भएको क्षेत्रमा अन्तिम आर्क हटाई अन्तिमभन्दा अघिल्लो आर्कबराबरको मैदान कायम गरी ५/५ जनाको दरले खेल खेलाउन सकिन्छ ।[२]

डन्डी र बियोको नाप

डन्डीबियो खेलमा बियोलाई हिर्काउन, ठ्याक लगाउन र हुत्याउनका लागि ४५ सेन्टिमिटर लामो र १.५ सेन्टिमिटर अर्धव्यास भएको बेलनाकार काठको डन्डी आवश्यक पर्दछ । डन्डीको समात्ने छेउतिर ५ सेन्टिमिटर लम्बाइ र ०.५ सेन्टिमिटर लामो समाउने भाग हुन्छ भने अर्को छेउमा ०.५ सेन्टिमिटरको टुप्पा छोडिने गरी २ सेन्टिमिटर भाग छ्ड्के पारेर ताछिएको हुनुपर्नेछ । बियो खोपीबाट हुत्याउँदा ताछिएको पछाडिको भाग प्रयोग गर्नुपर्छ । त्यस्तै बियो १५ सेन्टिमिटर लामो र १.५ सेन्टिमिटर अर्धव्यास भएको बेलनाकार काठको डन्डीबाट बनेको हुन्छ । बियोको दुवै छेउमा ०.५ सेन्टिमिटर परिधि रहने गरी ताछिएको हुनुपर्नेछ ।

  1. खेलाडीको किसिम

डन्डी समूह खेलाडीः हुत्याउने क्षेत्रमा रहने खेलाडीलाई डन्डी समूह खेलाडी भनिन्छ । डन्डी समूह खेलाडीहरूले खोपीबाट बियो हुत्याउँदा खुट्टालाई तोकिएको सीमा रेखाभन्दा बाहिर लान पाउने छैन । एउटा डन्डी खेलाडीले लगातार तीन पटकसम्म हुत्याउन पाउनेछ ।
बियो समूह खेलाडीः तोकिएको खेलमैदानमा रही बियो समाउने खेलाडीहरूलाई बियो खेलाडी भनिनेछ । बियो हुत्याउँदा वा ठ्याक लगाउँदा बियो खेलाडी र डन्डी खेलाडीबीचमा कम्तीमा पनि ४.५ मिटर (१० डन्डी) को दूरीमा कोरिएको पहिलो आर्कबाहिर रहनुपर्नेछ । बियो हुत्याइसकेपछि यदि बियो खेलाडी दौडन सुरु गरेमा डन्डीमा हिट गर्न पोजिसन लिने वा बियो खोलाडीलाई इगत गर्ने क्रममा भने उक्त आर्कभित्र पस्न पाउनेछ । पहिलो आर्कमा एकमात्र खेलाडी राख्नेबाहेक बियो खेलाडीका क्याप्टेनले तोकिएको खेलस्थलभित्र आफ्नै रणनीतिमा खेलाडीको स्थान कहाँ रहने भनेर निणर्य गर्न पाउनेछन् ।

  1. खेलाडीहरूको भूमिका
बियो खेलाडी
  • डन्डी खेलाडीले खोपीबाट वा ठ्याक लगाउने क्रममा फ्याँकेको बियो समात्ने प्रयास गर्ने । निजले बियो भुँइमा नझर्दै समातेमा डन्डी खेलाडी बाहिरिनेछ ।
  • खोपीमा तेर्साइएको वा खोपीअगाडि रहेको प्वालमा ठाडो पारी राखिएको डन्डीलाई बियोले हिर्काएर डन्डी खेलाडीलाई बाहिर्याउने प्रयास गर्ने ।
  • डन्डी खेलाडीले ‘रन’ लिँदा बियो खेलाडीले बियो एक आपसमा पास गरेर सकेसम्म डन्डी खेलाडी सुरक्षित क्षेत्रमा नपुग्दै इगत पार्ने प्रयास गर्ने ।
डन्डी खेलाडी
  • बियो खेलाडीलाई बियो हुत्याउँदा झुक्याएर फाल्ने ता कि बियो खेलाडीले सजिलै बियो समात्न नसकोस् ।
  • सकेसम्म धेरै पटक ठ्याक लगाउन प्रयास गर्ने । एक पटकमा बढीमा आठ ठ्याक मात्रको गणना हुनेछ । ठ्याक लगाउँदा खेल मैदानको परिधिभित्र रहेर मात्र लगाउन सकिनेछ र अन्त्यमा बियोलाई टाउकोभन्दा तलबाट सकेसम्म टाढाको दूरीसम्म पुग्ने गरी हिर्काउनुपर्ने छ ।
  1. खेल क्षेत्र
  • दोस्रो Track देखि सातौ (सानो मैदानमा छैठौ) Track सम्मको क्षेत्रलाई डन्डी खेलाडीको खेल क्षेत्र मान्न सकिन्छ । खेल क्षेत्रबाहिर हुत्याउने खण्डमा अन्तिम ठूलो आर्कभन्दा बाहिर पनि हुत्याउन सकिनेछ ।
  • बियो समूहको खेल क्षेत्र तोकिएको V आकारमा बनेको कोणको सुरुदेखि अन्तिम आर्कभित्रको क्षेत्र र बियो फ्याक्ने क्षेत्रसमेत रहनेछ ।
  1. बियो खस्नुपर्ने क्षेत्र
डन्डी समूह

डन्डी समूहले बियो सकेसम्म खेल क्षेत्र दाँयाबाँया (‘आकार’) भित्र, डी एरियाभित्र वा अन्तिम पूर्णं आर्कबाहिर फाल्ने प्रयास गर्नेछ । बियो हुत्याएपछि दोस्रोदेखि अन्तिम आर्कभित्र वा बाहिर कुनै पनि स्थानमा झर्न सक्दछ । डन्डी खेलाडीले बियोलाई बक्ससमेत तोकिएको खेलस्थलको कुनै पनि ठाउँमा खसालेर रन पनि लिन सक्ने छ । यदि बियो संयोगबस D एरियाबाहिर वा V आकारको खेलस्थल र बहिरी आर्कको बीचमा परेमा डन्डी खेलाडीको एक पालो (Attempt) सकिएको मानिनेछ भने बियो खेलाडी दौडेर अडिने वर्गाकार सुरक्षित क्षेत्रभित्र परेमा डन्डी खेलाडीले रन नलिए पनि रन लिएबराबरको अंक प्राप्त गर्नेछन् ।

बियो समूह

बियो समूहले बियोलाई सकेसम्म डन्डीलाई लगाउने वा कम्तीमा हुत्याउने क्षेत्र (Throwing area) भित्र पार्ने प्रयास गर्नेछ । यदि बियो हुत्याउने क्षेत्रबाहिर खसेमा डन्डी समूहले सुनौलो मौका (Golden Chance) अर्थात् एक पटक बढी हुत्याउन पाउनेछ । बियो हुत्याउने क्षेत्रभित्र परेको खण्डमा भने बियो समूहले सुनौलो अंक (Golden Score) अर्थात् एक अंक प्राप्त गर्नेछ । यदि उक्त समूहले Target set गरी सकेको भए त्यो अंक अर्को समूहको अंकबाट घटाइनेछ । यदि बियो पहिले हुत्याउने क्षेत्रमा ठोक्किएर बाहिर गएमा त्यसलाई मान्यता दिइनेछ, तर बाहिर ठोकिएर पुनः भित्र प्रवेश गरेमा भने मान्यता दिइने छैन् ।

  1. खेल मैदान

खेल मैदान ६० डिग्रीको कोणमा हुत्याउने खोपीको माथिल्लो भागको बिन्दुबाट दुईवटा ३१.५ मि. (सानो मैदानमा २७ मि) बराबरको रेखा तानिएको हुनेछ । झट्ट हेर्दा अंग्रेजी वर्णको V जस्तो देखिने उक्त खेल मैदानको दुई रेखाको बाहिर पट्टिवाट रन लिन सकिनेछ । खेल मैदानको नक्सा हेर्नुहोस् । खेल मैदान सामान्यतया दुई भागमा विभाजित हुनेछ ।

  • डन्डी समूह खेल क्षेत्र
  • खोपी
  • डन्डी सुताउने स्थान डन्डीकै नापमा अर्थात् ४५से.मी. लम्बाइ र २ से.मी. चौडाइ खोपीबीचमा पर्ने गरी कोरिएको हुनेछ ।
  • डन्डी उठाउने स्थान

डन्डी उठाउने स्थान खोपीको अगाडि १५ से. मी. च्बमष्गक (अर्थात् एक बियो बराबरको ) हुने गरी Circle बनाइन्छ र उक्त Circle को बीचमा १५ सी.मी. बराबरको लम्बाइ र २ सी. मी. च्बमष्गक भएको प्वाल पारिनेछ, जसमा डन्डी ठड्याएर राख्न सकिन्छ । डन्डी खेलाडीले रन लिँदा भने डन्डी ठाडो पारी राख्नुपर्ने छ भने अन्य बेलामा तेर्छो वा ठड्याएर राख्न सकिनेछ ।

हुत्याउने क्षेत्र

हुत्याउने क्षेत्र अर्थात् डन्डी खेलाडी रहने क्षेत्र खोपीको अगाडिको भागबाट बाहिरतिर २ मिटर वर्गाकार हुनुपर्ने छ । बियो समूह खेल क्षेत्र सात भागमा विभाजित गरिएको हुन्छ ।

  • पहिलो ट्रयाक/रेखाः

पहिलो रेखा ख् आकारको आधार विन्दु देखि ४.५ मिटर वा १० डन्डीको दूरीमा रहनेछ ।

  • दोस्रो ट्रयाक/रेखाः

दोस्रो रेखा V आकारको आधार विन्दुदेखि ९ मिटर वा २० डन्डीको दूरीमा रहनेछ ।

  • तेस्रो ट्रयाक/ रेखाः

तेस्रो रेखा V आकारको आधार विन्दुदेखि १३.५ मिटर वा ३० डन्डीको दूरीमा रहनेछ ।

  • चौथो ट्रयाक/रेखाः

चौथो रेखा V आकारको आधार विन्दुदेखि १८ मिटर वा ४० डन्डीको दूरीमा रहनेछ ।

  • पाँचौ ट्रयाक/रेखाः

पाँचौ रेखा V आकारको आधार विन्दुदेखि २२.५ मिटर वा ५० डन्डीको दूरीमा रहनेछ ।

  • छैठौ ट्रयाक/रेखाः

छैठौ रेखा V आकारको आधार विन्दुदेखि २७ मिटर वा ६० डन्डीको दूरीमा रहनेछ ।

  • सातौं ट्रयाक/रेखा (अन्तिम ठूलो आर्क)ः

साता रेखा V आकारको आधार विन्दुदेखि ३१.५ मिटर वा ७० डन्डीको दूरीमा रहनेछ ।

दौड मार्ग (रनवे)

V आकारको दुवैतर्फ बनाइएको दुई रेखाबीचको क्षेत्रलाई दौड मार्ग मानिनेछ । दौड मार्गको चौडाइ ०.५ मिटर रहनेछ ।

सुरक्षित क्षेत्र (सेफ जोन)

खेल मैदानको V बाहिर रहेको रन वे को दोस्रो, चौथो र छैठौ रेखामा बनेको बक्सलाई सुरक्षित क्षेत्र वा Safe Zone भनिनेछ ।

आधार रेखा (बेस लाइन):

आधार रेखा भन्नाले आधार विन्दुलाई दुवैतर्फ क्षितिजीय विस्तार (Horizontally Extend) गरी बनाइएको फ्याक्ने क्षेत्र (Throwing Areas) को माथिल्लो वा डी एरियाको तल्लो रेखालाई बुझिनेछ । बियो समूहले बियो फाल्दा हुत्याउने क्षेत्रबाहिर परेमा खेल पुनः सुरु गर्दा बियोले आधार रेखालाई छुने गरी फ्याक्ने क्षेत्र (थ्रोइङ एरिया) को भित्र पर्ने गरी बियो राखी डन्डी खेलाडीले बियोलाई डन्डीले उफारी खेल सुरु गर्नेछ । डन्डी खेलाडीले हुत्याउँदा आधार रेखाभन्दा बाहिर खेलस्थानतर्फ खुट्टा निकाल्न पाउने छैन ।

डी–बक्स:

आधार रेखा हुँदै खोपीलाई माथिल्लो रेखाको बीचमा पारी भित्रतिर बनाइएको बक्सलाई मानिनेछ जसलाई समथर र कडा हुने गरी बनाइनेछ ।

थ्रोइङ बक्स:

आधार रेखा हुँदै खोपीलाई माथिल्लो रेखाको बीचमा पारी भित्रबाहिर तिर बनाइएको बक्सलाई थ्रोइङ बक्स मानिनेछ ।

  1. डन्डी खेलाडी खेलबाट बाहिरिने नियमः
  • डन्डी प्वालमा नराखी दौडेमा वा डन्डी ढलेमा ।
  • बियो खेलाडीले बियो फाल्दा प्वालमा अडाइएको वा खोपीमाथि सुताइएको डन्डीमा लगाएमा ।
  • बियो खेलाडीले हावामा उडेको बियो जमिनमा नखस्दै समातेमा (Catch Out) ‘समातिएर आउट’ भएको मानिनेछ ।
  • डन्डी खेलाडीले बियो हुत्याउँदा खेल मैदान र बाहिर र डी–बक्सभित्र परेको छ भने त्यसलाई मान्यता दिइनेछ ।
  • बियो हुत्याउँदा खोपीअगाडि रहेको खोपीवाट एक बियोबराबरको दूरीमा रहेको घेरा पनि कटाउन नसकेमा ।
  • डन्डी खेलाडीले दौड पूरा नलिंदै अर्थात् सुरक्षित क्षेत्र नपुग्दै बियो खेलाडीले बियोले डन्डीमा लगाएमा ।
  • बियो हुत्याउँदा अगाडि नै डन्डी हातबाट फुस्केमा वा बियो सँगै डन्डी पनि हुत्तिएमा वा ठ्याक लगाउँदा डन्डी फुस्किएमा ।
  • ठ्याक लगाएर हिर्काउँदा बियो अर्थात् बियो खेलाडीले समातेमा ।
  • बियो डन्डीले हानेर जमिनबाट उफार्दा बियोमा लागेर पनि बियो नउफ्रिएमा ।

डन्डीले बियोमा नलागी जमिनमा लाग्यो भने तीन पटकसम्मका लागि मात्र मौका दिइनेछ । तेस्रो पटकमा पनि डन्डीले बियोमा नलागेमा खेलाडी खेलबाट बाहिरिने छ ।

  • बियो हुत्याउँदा खोपीको सीमान्त रेखा शरीरको कुनै पनि भागले नाघेमा ।
  • ठ्याक लगाउँदा डन्डी दुई हातले समातेमा ।
  • ठ्याक लगाएर हान्दा हातको बाहिरी भागतर्फ बियो पुगेर खेलस्थलभित्र पुगेर उल्टी ठ्याक लागेमा ।

उल्टी ठ्याक भन्नाले बियो पुनः खोपीतर्फ आएमा वा खोपी नै कट्ने वा खोपी पछाडि जाने भन्ने बुझिन्छ ।

  1. बियो खेलाडी खेलबाट बाहिरिने नियमः

डन्डी खेलाडीको कम्मरभन्दा मुनि बियो तीन पटक लागेमा रेड कार्ड दिइनेछ तर एक पटकलाई भने अर्को खेलाडी परिवर्तन गर्न पाउनेछ ।

  1. ठ्याक लगाउने : एक हातले डन्डीले जमिनमा भएको बियोलाई हानी हावामा उफार्ने प्रक्रियालाई ठ्याक लगाउने भनिन्छ ।

डन्डी खेलाडीले एक पटकमा बढीमा ८ ठ्याक लगाउन सक्नेछ । ठ्याक लगाउँदा खेले मैदानभित्र रहेर मात्र लगाउन पाइने छ । खेलमैदान बाहिर लगाएको ठ्याकलाई मान्यता दिइने छैन ।

  1. डन्डीले बियोलाई कस्सेर हिर्काउनेः

डन्डीले बियोलाई हिर्काउँदा हात टाउको भन्दा तल हुने गरी दाँयाबाँया (Horizontal) डन्डीले बियोलाई हिर्काउन पाउनेछ Verticle अर्थात् तलमाथि प्रहार गर्न पाइने छैन । हात टाउको भन्दा माथि लगी हानेमा गलत मानिने छ र उक्त खेलाडीले त्यस पटक पाउने अंक अमान्य हुनेछ । खेलाडीले पुनः अर्को बाँकी खेल्ने पालो (Attempt) भएमा खेल सुरु गर्नेछ ।

  1. अंक प्राप्त गर्ने विधि (स्कोरिङ):

१४.१ हुत्याउँदाः डन्डी खेलाडीले बियो खोपीबाट हुत्याई अन्तिम रेखा पार गरेमा मैदानको आकारअनुसार ६ वा ७ अंक प्राप्त गर्ने छ । यस अवधिमा खेलाडीले दौड लिन पाउने छैन अर्थात् दौड लिए पनि दौडको अंक प्राप्त गर्ने छैन । अन्य रेखाहरूको हकमा भने यो नियम लागू हुनेछैन । १४.२ ठ्याक लगाउँदा : १ ठ्याकबराबर १ अंक, २ ठ्याक बराबर २ अंक हु“दै ८ औं ठ्याकसम्म ८ अंक प्राप्त गर्न सकिनेछ । कुल प्राप्त अंकबराबर ठ्याक अंक गुणन बियोले पार गरेको दूरी । बियोले पार गरेको दूरी लिँदा भने रेखाभित्र रहेर डन्डी खेलाडीले ठ्याक लगाउँछ त्यही रेखालाई आधार मानी त्यस पछाडिका रेखाहरू क्रमशः पहिलो, दोस्रो, तेस्रो मानिनेछ । उक्त समयमा रेखा नं. को कुनै अर्थ रहने छैन । यदि बियोले ठ्याक लगाई हान्दा कुनै पनि रेखा पार नगरेमा भने खेलाडीले ठ्याक अंक मात्र प्राप्त गर्ने छ र खेलाडीको एक मौका (attempt) सकिने छ । १४.३ दौड (रन) लिँदाः दौड लिँदा खेलाडी जति नं. को सुरक्षित खेल क्षेत्रमा गएर आफूलाई सुरक्षित गर्दछ । त्यति नै अंक प्राप्त गर्दछ । बियो हुत्याउँदा बियो संयोग बस सुरक्षित क्षेत्रभित्र पर्यो भने पनि रन लिए बराबरको अंक प्राप्त गर्नेछ । १४.४ सुनौलो अंक (गोल्डेन स्कोर) : यदि बियो खेलाडीले हुत्याउने क्षेत्रभित्र बियो फालेमा समूहले सुनौलो अंक प्राप्त गर्नेछ । सुनौलो अंक भन्नाले तीन अंक मानिनेछ । यदि कुनै एक समूहले लक्ष्य निर्धारण गरी सकेको अवस्थामा भने उक्त अंक जोड्दा लक्ष्य बढ्न जाने हुँदा उक्त अंक डन्डी समूहकै अंकबाट घटाइने छ । १४.५ समय अवधिअगावै सबै खेलाडी बाहिरिएमा : यदि ४५ मिनेटअगावै प्रत्येक एक खेलाडी बाहिरिएवापत बियो समूहले २ अंक प्राप्त गर्नेछ । अर्थात् सबै खेलाडी आउट हुँदा १४ अंक प्राप्त गर्नेछ र खेल पुनः क्रमबद्ध रुपमा डन्डी खेलाडीले सुरु गर्नेछ । लक्ष्य निर्धारण भइसकेको अवस्थामा भने उक्त अंक डन्डी समूहबाट घटाइनेछ ।

  1. सुनौलो मौका (गोल्डेन चन्न्स) :

यदि बियो खेलाडीले बियो हुत्याउँदा खेलक्षेत्र बाहिर फालेमा डन्डी खेलाडीको एक पालो स्वतः बढ्नेछ ।

  1. समयसीमा :
  • खेलको समय : दुवै समूहले खेल्ने खेल समय ४५÷४५ मिनेटको रहनेछ ।
  • विश्राम समय :

एक खेलको ४५ मिनेटको समाप्तिसँगै समूह परिवर्तन गर्ने क्रममा दिइने समयलाई विश्रामको समय भनिनेछ । उक्त समय जम्मा १० मिनेटको रहनेछ ।

  • समयको माग (टाइम आउट) :

खेलमा कुनै पनि समूह वा खेलाडीले कुनै पनि प्रकारको नीति परिवर्तन गर्न, खेलाडी घाइते भएमा अर्थात् केही समस्या परेमा कुनै पनि समूहका खेलाडीको प्रतिनिधिले समय माग्न सकिनेछ । समय मागको कुल समय अवधि २ मिनेटको रहनेछ । एउटा खेलमा कुनै पनि समूहले एक पटक मात्र समय मागको उपभोग गर्न पाउनेछ । अन्य अत्यावश्यक समय माग्नु परेमा भने रेफ्रीको निर्णय अन्तिम हुनेछ ।

  1. पदाधिकारीहरू र तिनीहरूको कर्तव्य :
    १. रेफ्री १ जना
    ३. लाइन्स मेन २ जना (असिस्टेन्ट स्कोरर)
    ४. टाइमकिपर १ जना
    ५. स्कोरर १ जना

१७.१ रेफ्रीको कर्तव्यः १. दुवै पक्षका बीचमा टस् गराउनु । २. दुवै पक्षका खेलाडीलाई जाँच गर्नु अर्थात् खेलाडी संख्या, जर्सी नं., शरीरको कुनै भागमा कुनै पनि प्रकारको अन्य खेलाडीलाई घात हुने किसिमको वस्तु राखेको आदि । ३. दुवै पक्षको प्राप्त अंकलाई मध्यान्तर र खेला समाप्तिको बीचमा भन्नु र विजय टिमको घोषणा गर्नु । ४. सम्पूर्ण खेलको पूर्णरूपले निरीक्षण गर्नु । ५. खेल सुरु गर्नु र खेल समाप्तिको सूचना सिट्ठी बजाएर घोषणा गर्नु । ६. खेलाडी बदलेको घोषणा गर्नु । ७. मध्यान्तरपछिको अन्तिम ५ मिनेटमा प्रत्येक मिनेटको घोषणा गर्नु । ८. खेलको नियमअनुसार नखेल्ने, खेल भावना विपरीत कार्य गरेमा अंक दिनबाट बञ्चित अथवा खेल खेल्नबाटै बञ्चित गर्नु । ९. खेल सुरु गर्नुअघि स्कोररको घडीसँग घडी मिलाउनु र (रेफ्रीको घडीको समय नै अन्तिम मानिने हु“दा) समय समाप्तको घोषणा गर्नु आदि । खेल अवधिमा रेफ्रीको निर्णय अन्तिम र मान्य हुनेछ । १७.२ लाइन्स मेनको कर्तव्य (Assistant Refree) : खेलको समयमा मैदानको दुवैतर्फ रहने व्यक्तिलाई लाइन्स मेन वा Assistant Refree भनिन्छ । यिनीहरूले खेलाडीको नं. अनुसार हुत्याउने क्षेत्रमा खेलाडीलाई पालै पालो पठाउनुपर्दछ । खेलको दौरानमा बियोले लाइन क्रस गरेमा, छोएमा वा अन्य कुनै नियम विपरीत काम गरेको देखेमा मुख्य रेफ्रीलाई देखाइदिनुपर्दछ । १७.३ टाइम किपरको कर्तव्य : डन्डी बियो खेल ४५/४५ मिनेटको हुनेछ । उक्त समयबाहेक १० मिनेटको Interval, १/१ मिनेटको टाइम आउट गरी कुल खेल समय जम्मा १०२ मिनेट रहने छ । टाइम किपरको मुख्य कर्तव्य निम्न हुनेछ । १. खेल पूरा समयसम्म भए नभएको हेर्ने । २. मध्यान्तरको सूचना दिने । ३. बियो खोपीमाथि राखी हुत्याउँदा ५ सेकेण्डभित्र हुत्याएको छ कि छैन हेर्ने ।

  1. जित हारको निर्णयः खेलको अन्त्यमा डन्डी वा बियो जुन समूहले बढी अंक प्राप्त गर्दछ त्यही समूह खेलको विजयी भएको घोषणा गरिने छ । यदि दुवै समूहको अंकबराबर भएमा दुवै थरीलाई थप तीन पटक हुत्याउने र खेल्ने मौका दिई अंकको आधारमा हारजित छुट्याउने । यदि फेरि पनि बराबर भएमा टस गरेर हारजित छुट्याउने ।

बाहिरी कडीहरू[सम्पादन गर्ने]

  1. नेपाल डन्डी बियो संघको आधिकारिक वेबसाइट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "डन्डी-बियो अब एउटै नियममा", २०६५ भाद्र ६. अन्तिम पहुँच मिति:२०७० पुस २७.
  2. "डण्डीबियो कसरी खेलिन्छ ?", www.dandibiyo.com.np, नेपाल डन्डी बियो संघ