डेकेन्द्र थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डेकेन्द्र थापा नेपालका युवा पत्रकार थिए। दैलेख जिल्ला कार्यक्षेत्र बनाएका यिनलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। [१] ०६१मा माओवादीद्वारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएका थिए [२]। गाउँले, पत्रकार महासङ्घ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो- दैलेखको द्वारी गाउँमा। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर सङ्कलन गरेका थिए[२]। थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एकीकृत नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता थिए[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://nagariknews.com/society/nation/51563-2013-01-05-11-19-07.html
  2. २.० २.१ http://www.ekantipur.com/nep/2069/6/23/full-story/355869.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२२ मिति