डेभिड बेक्ह्याम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डेभिड बेक्ह्याम
Beckswimbledon.jpg
व्यक्तिगत विवरण
पुरा नाम डेभिड रोबर्ट जोसेफ बेक्ह्याम
जन्म मिति (१९७५-০५-০२) २ मे १९७५ (उमेर ३९)
जन्म स्थान लिटनस्टोन, लण्डन, इङ्गल्याण्ड
उचाई ६ फिट ० इन्च (१.८३ मी)[१]
खेल्ने स्थान दायाँ-मध्यपंक्ति
बीच-मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब लस एन्जलस ग्यालेक्सी
नम्बर २३
युवा क्लब
ब्रिम्सडाउन रोवर्स
१९८७–१९९१ टोटेनह्याम हट्स्पर
१९९१–१९९३ म्यानचेष्टर यूनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
१९९३–२००३ म्यानचेष्टर यूनाइटेड २५६ (६२)
१९९५ प्रेस्टन नर्थ इन्ड (ऋणमा) (२)
२००३–२००७ रियल म्याड्रिड ११६ (१३)
२००७– लस एन्जलस ग्यालेक्सी ५१ (९)
२००९ एसी मिलान (ऋणमा) १८ (२)
२०१० एसी मिलान (ऋणमा) ११ (०)
राष्ट्रिय टीम
१९९२–१९९३ इङ्गल्याण्ड यू-१८ (०)
१९९४-१९९६ इङ्गल्याण्ड यू-२१ (०)
१९९६–२००९ इङ्गल्याण्ड ११५ (१७)
* बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २६ मार्च २०११.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ३ नोबेम्बर २००९

डेभिड बेक्ह्याम (पुरा नाम: डेभिड रोबर्ट जोसेफ बेक्ह्याम) इङ्गल्याण्डको राष्टिय फुट्बल टिमका भुतपुर्व खेलाडी र कप्तान हुन । उनले म्यानचेष्टर युनाइटेड,प्रेस्ट नर्थ इन्ड,रियल म्याड्रिड,लस ऐन्जलस ग्यालेक्सी ,एसि मिलान , पेरिस सेन्ट जर्मन क्लब र इङ्गल्याण्डको राष्टिय टिममा खेल खेलि अरु खेलाडीका लागी उदाहरणिय बने । उनि पहिलो ब्रिटिस् खेलाडी पनि हुन जसले चार ओटा देशमा लिग उपाधि जित्न सफल भए । बेक्ह्यामले सन् २०१२ -२०१३ को लिगको अन्त्यतिर सन्यास लिने घोषणा गरे । उनले आफ्नो अन्तिम खेल जर्मन क्लब पेरिस सेन्ट जर्मन बाट १६मे २०१३ र १८ मे २०१३ मा खेलि आफ्नो व्यावसायिक फुटबल छोड्न पुगे ।

बेक्ह्यामले व्यावसायिक फुटबलको सुरुवात म्यानचेष्टर युनाइटेडबाट गरे जहाँ १७ बर्षको उमेरमा उनले म्यानचेष्टर युनाइटेडबाट १९९२ मा पहिलो खेल खेले । उनले म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिगको उपाधि ६ पटक जिते, एफ ए कप दुई पटक र सन् १९९९ मा युइएफए च्यान्पियन्स लिगको उपाधि पनि हात पारे । त्यसपछि उनले रियल म्याड्रिडबाट चार सिजन खेले । रियल म्याड्रिडसँगको अन्तिम सिजनमा बेक्ह्यामले ला लिगा च्याम्पियन्स पनि हात पारे । जुन २००७ मा बेक्ह्यामले लस एन्जलस ग्यालेक्सि क्लबको पाँच बर्षे करारमा हस्ताक्षर गरे । बेक्ह्याम लस एन्जलस ग्यालेक्सि क्लबमा नै कार्यरत हुँदा ऋणका रुपमा एसि मिलानका लागि २००९ र २०१० मा खेलहरु खेल्न पुगे । खेलहरु खेल्ने क्रममा उनि च्यानपियन्स लिगको १०० खेल खेल्ने पहिलो ब्रिटिस् खेलाडि बने ।

अन्तराष्ट्रिय खेलमा बेक्ह्यामले इङ्गलयाण्डबाट पहिलो खेल १ सेप्टेम्बर १९९६ मा २१ बर्षको उमेरमा खेले । जब उनि इङ्गल्याण्डको टिम क्यापटेनका रुपमा ६बर्ष रहे तब बेक्ह्यामले ५८ खेल खेलेका थिए । बेक्ह्यामले इङ्गल्याण्डबाट जम्मा ११५ खेल खेलेका थिए ।

बेक्ह्याम दुइ पटक FIFA world player of the year का लागि छानिएको भए पनि player of the year भने हुन सकेनन् । २००४ मा भएको फिफाको १०० औ वार्षिकोत्सब समारोहमा उनको नाम शिर्ष १२५ सर्वश्रेष्ठ जिवित खेलाडिको सुचिमा पर्न पुग्यो । २००४ मा नै बेक्ह्याम विश्वको सबैभन्दा धेरै तलब लिने खेलाडि बने । त्यसपछि २००७ मा लस एन्जलस ग्यालेक्सिबाट मेजर लिग सकरको इतिहासमा सबभन्दा धेरै तलब लिने खेलाडि बने ।

बेक्ह्याम सन् १९९९ मा भिक्टोरिया बेक्ह्यामसंग विवाह बन्धनमा बाँधिए । हालसम्म बेक्ह्यामको ३ छोरा र १ कान्छी छोरी गरि ४ बच्चा छन् ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "David Beckham", Soccerbase. अन्तिम पहुँच मिति:9 September 2008.