ड्रयु ब्यारिमोर
| ड्रयु ब्यारिमोर | |
|---|---|
| जन्म |
ड्रयु ब्लिथ ब्यारिमोर क्लभर सिटी, क्यालिफोर्निया, सं.रा.अ. |
| पेशा | अभिनेत्रि, निर्माता, निर्देशक, मोडेल |
| कार्यकाल | १९७८–हाल |
| जिवनसाथी | जरेमी थोमस (विवाह १९९४–१९९५) टोम ग्रिन (विवाह २००१–२००२) |
| मातापिता | जोन ड्रिउ ब्यारिमोर जाइड ब्यारिमोर |
| आफन्त | जोन ब्यारिमोर (हजुरबुवा) |
| वेबसाइट | |
| drewbarrymore.com | |
ड्रयु ब्लिथ ब्यारिमोर (जन्म २२ फेब्रुअरी १९७५)[१] एक अमेरिकी चलचित्र अभिनेत्री, निर्माता र निर्देशक हुन। त्यो अमेरिकी अभिनेताहरूको ब्यारिमोर परिवारको एक सदस्य र जोन ब्यारिमोरकि नातिनी हुन। उनी ११ बर्षकि हुँदा पहिलो पल्ट एक विज्ञापनमा देखा परेकि थिईन। ब्यारिमोरले १९८०मा अल्टरेड स्टेट्सबाट आफ्नो पहिलो अभिनय यात्राको शुरुवात गरिन। त्यस पछि, उनले इटी द एक्स्ट्रा-टेरेस्ट्रियलमा आफ्नो पहिलो प्रमूख भूमिकामा अभिनय गरिन। उनले आफुलाई मुख्य रूपले हास्य भूमिकाहरूमा स्थापित गरेर छिट्टै हलीवुडको सबैभन्दा मान्यता प्राप्त बाल कलाकारहरूमा एक बनिन।
ब्यारिमोरको उदण्ड बाल्यकाल ड्रग र अल्कोहल दुर्व्यसनले ग्रस्त थियो र उनको बाल्यकालको दुई वर्ष पुनर्स्थापन केन्द्रमा बित्यो।[१][२] ब्यारिमोरले १९९० आत्मकथा, लिटिल गर्ल लस्ट लेखिन। उनले पोइजन इभी, ब्याड गर्लस, ब्वाइज अन द साइड र एभ्रि वन सेज आई लभ यू लगायतका चलचित्रको साथमा आफुलाई सफलतापूर्वक बालकलाकारको भूमिकाबाट वयस्क अभिनेत्रीको रूपमा परिवर्तन गरिन। यसपछि, उनले द वेडिङ्ग सिङ्गर र लक्कि यूबाट आफुलाई रोमान्टिक कमेडीमा स्थापित गरिन।
१९९५ मा, उनले आफ्नो साझेदार न्यान्सी जुभोनेनसँग मिलेर फ्लावर फिल्म्स नामक निर्माण कम्पनीको स्थापना गरिन। यस कम्पनीले पहिलो चलचित्र ब्यारीमोर अभिनीत १९९९को नेवर बीन किस्ड निर्माण गर्यो। फ्लावर फिल्म्सले ब्यारीमोर अभिनीत चार्लीज एन्जल्स, ५० फर्स्ट डेट्स, र म्यूजिक एन्ड लिरिक्स, साथ साथै सम्प्रदायक चलचित्र डनी डार्कोको निर्माण गर्यो। ब्यारीमोरको हालको परियोजनाहरूमा ही ईज नट देट इन्टू यू, बेवर्ली हिल्स चिहुवाहुवा, एभ्रीबडी ईज फाइन र गोइङ्ग द डिस्टेन्स संलग्न छन। हलीवुड वक अफ फेमको तारा हासिल गरेकी ब्यारिमोर, सन २००७मा पीपुल पत्रिकाको १०० सबैभन्दा सुन्दर मान्छेहरू भएका अंकको मुखपृष्ठमा देखापरिन।
ब्यारिमोरलाई संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (WFP)को लागि भोकको बिरुद्ध राजदूतको रूपमा नामाङ्कन गरियो। त्यसबेला देखि उनले कार्यक्रमको लागि १० लाख भन्दा बढि दान गरेकी छिन्। सन २००७ मा, उनी कवर गर्लको प्रसाधन सामग्रीको लागि नवीनतम मोडेल र प्रवक्ता तथा गुच्चीको नवीनतम गहना लाइनको लागि नया अनुहार बनिन। सन २०१०मा उनलाई ग्रे गार्डनमा लिटल एडीको भूमिकाको लागि स्क्रीन एक्टर्स गिल्ड अवार्ड र लघु-श्रृंखला या टेलीभिजन फिल्ममा सर्वश्रेष्ठ अभिनेत्रीको गोल्डन ग्लोब अवार्ड द्वारा सम्मानित गरियो।
विषयसूची |
प्रारम्भिक जीवन [सम्पादन गर्ने]
ड्रयु ब्यारिमोरको जन्म कल्वर सिटी, क्यालिफोर्नियामा अमेरिकी अभिनेता जोन ड्रयु ब्यारिमोर र उदयिमान अभिनेत्री इलडिको जेड ब्यारिमोर (उर्फ माकौ)[३][४] को छोरीको रूपमा भयो। उनकी आमा पश्चिम जर्मनीको ब्रैनेनबर्गमा भएको विस्थापित व्यक्तिहरूको शिविरमा द्वितीय विश्वयुद्धको हंगेरियन शरणार्थिहरूकोमा जन्मिएकि थिईन। ब्यारिमोरका पिता अङ्ग्रेज र आयरिश मूलका हुन।[५] उनको जन्म पछि उनका आमाबुबा बीच छोडपत्र भयो।[३] उनका सौतेनि भाइ जोन ब्लिथ ब्यारिमोर,[६] एक अभिनेता हुन र साथै उनका दुई सौतेनी बहिनीहरू, ब्लिथ डोलोरेस ब्यारिमोर र (ब्रह्मा) जेसिका ब्लिथ ब्यारिमोर हुन।
ब्यारिमोरको परिवार अभिनय सँगै जोडिएको छ। उनको जिजुबुवा-जिजुआमा क्रमशः मरिस ब्यारिमोर र जर्जी ड्रयु ब्यारिमोर, मरिस कस्टेलो र माई कस्टेलो (उर्फ आल्ट्सशुक)[७] र उनको हजुरबुवा-हजुरआमा जोन ब्यारिमोर र डोलोरेस कस्टेलो सबै कलाकार थिए;[७] साथै बुवा जोन ब्यारिमोर पनि आफ्नो पीढीका सर्वाधिक प्रशंसित अभिनेता थिए।[३][८] उनी डायना ब्यारिमोरकी भदै र लायोनेल ब्यारिमोर, ईथेल ब्यारिमोरकी नातिनी-भदै हुन र हेलेन कस्टेलो[९] उनको बुवाकी सानीआमा हुन। जन ड्रयु र अभिनेत्री लूइसा लेन ड्रयुको परपोती, र मूक फ़िल्म अभिनेता/लेखक/निर्देशक सिडनी ड्रयु[१०] को परपोती भतीजी छन्। उनी निर्देशक स्टीवन स्पीलबर्ग,[११] र सोफिया लरेन[१२] को धर्मपुत्री पनि हुन्।
उनको पहिलो नाम, ड्रयु , उनको परहजुरआमा जर्जी ड्रयु बैरीमोरको विवाह पूर्व नाम था; उनको बीचको नाम ब्लिथ , उनको परहजुरवुवा मरिस बैरीमोर द्धारा स्थापित राजवंशको मूल उपनाम थियो।[११]
करियर [सम्पादन गर्ने]
अभिनय जीवनको शुरूवात [सम्पादन गर्ने]
ड्रयु ब्यारिमोर एघार महिनाकी हुँदा कुकुरको खानाको विज्ञापनमा अडिशन दिएर अभिनय जीवनको शुरूवात गरिन।[११] जब उनको सह-कलाकार कुकुरले उनिलाई टोक्यो, तब निर्माताहरू उनी रून्छिन भनेर डराए, तर उनी मात्र हासिन, र उनीलाईयस कामको लागि लिईयो।[११] उनले १९८०मा आल्टर्ड स्टेट्समा एउटा सानो भूमिकामा अभिनय गरेर ठूलोपर्दाको चलचित्रमा अभिनयको शुरूवात गरिन।[३] एक वर्ष पछि, उनलार्इ इ.टि. द एक्स्ट्रा-टेरेस्ट्रियलमा इलियटको सानो बहन गर्टीको भूमिका मिल्यो, जसले उनिलाई लोकप्रिय बनायो।[११] उनलार्इ १९८४मा इरेकन्सिलिएबल डिफरेन्सेसमा आफ्नै बुवाआमाको छोडपत्र गराउँदै गरेकी एक युवा केटीको रूपमा उनको भूमिकाको लागि सर्वत्कृष्ट सहायक अभिनेत्रीको लागि गोल्डन ग्लोबमा मनोनित भर्इन।[११][१३] शिकागो सन-टाइम्सको एक समीक्षामा रोजर एबर्ट भन्छन: "ब्यारिमोर यस भूमिकाको लागि सहि अभिनेत्री हुन्, किन भनें उनी यसलाई धेरै नै निर्धक्क भएर निभाएकी छन।" अन्तमा उनी लेख्छन कि " यो सबबाट ड्रयु ब्यारिमोरको चरित्र पूर्ण रूपमा झल्किएको छ। उनलाई आफ्नो करियरको मतलव छैन, उनी एक खुशीले भरिएको घर होस र दैनिक न्युनतम आवश्यक प्रेम मिलोस भन्ने चाहान्छिन र एक तरिकाले, चलचित्रत्को कथा कसरि हलीवुड (र साधारण तरिकामा अमेरिकी सफलता)ले वयस्कहरूलाई बुवाआमा प्रतिको आफ्नो सहज कर्तव्यहरू भन्दा टाढा हटाउँछ भन्ने कुरामा आधारित छ।[१४]
संक्रमण काल [सम्पादन गर्ने]
अचानक स्टार बन्नु सँगै, ब्यारिमोरले नराम्रो कष्टपूर्ण बाल्यकाल झेल्नु पर्यो। उनी सानो बच्ची हुँदा नियमित रूपमा प्रसिद्ध स्टूडियो ५४ जाने गर्दथिन। उनी नौ बर्षको उमेरमा चुरोट, ११ बर्षको उमेरमा रक्सी, र १२ बर्षको उमेरमा मारिजुआना सेवन र १३ बर्षको उमेरमा कोकिन सूँघ्ने गर्दथिईन।[३] उनको रात्रीजिन्दगी र लगातार पार्टी गर्नु, मीडियाको लागि एक लोकप्रिय विषय नै बनेको थियो।[३] उनी १३ बर्षको उमेरमा पुनर्स्थापन केन्द्रमा रहिन।[३] १४ बर्षको उमेरमा आत्महत्याको प्रयासको कारण उनीको पुन: पुनर्स्थापन केन्द्रमा फिर्ता भईन, यसपछि तीन महिना उनी गायक डेविड क्रसबी र उनको पत्नी सँग बसिन।[८] उनको यो बसाई हतारको थियो क्रसबीले भने," किन भनें उनलाई संयमको प्रति समर्पित मान्छेहरूको आस-पास रहनु आवश्क थियो।" [८] पछि ब्यारिमोरले आफ्नो १९९०को आत्मकथा लिटल गर्ल लस्टमा आफ्नो जीवनको यस अवधिको वर्णन गरेकी छन। अर्को साल, बाल अदालतमा मुक्तिको लागि बिन्तिपत्रले सफलता पाए पछि उनी लसएन्जलसमा भएको आफ्नो घरमा फिर्ता भईन्।[८]
आफ्नो किशोरावस्थाको अन्त्य तिर, ब्यारिमोरले पोइजन आइभी (१९९२)मा एक युवालाई बहकाउने चलाख युवतीको भूमिकाबाट एक नयाँ छवि अगाडी ल्याईन्। यो चलचित्र बक्स अफिसमा असफल भइ पनि भिडियो र केबलमा धेरै लोकप्रिय भयो।[३][१५] त्यसै वर्ष, १७ वर्षको उमेरमा, उनले इन्टरव्यू पत्रिकाको जुलाई अंकको मुखपृष्ठमा आफ्नो हुनेवाला जीवनसाथी तथा तत्कालीन अभिनेता जेमी वाल्टर्स सँग नग्न मुद्रामा देखापरिन साथै पत्रिकाको भित्री पृष्ठहरूमा पनि उनको नग्न चित्र प्रकाशित भए।[१६] उनले १९९२ मास्तन घटाउनको लागि शल्यक्रिया गराई र यस विषयमा भनिन:
I really love my body and the way it is right now. There's something very awkward about women and their breasts because men look at them so much. When they're huge, you become very self-conscious. Your back hurts. You find that whatever you wear, you look heavy in. It's uncomfortable. I've learned something, though, about breasts through my years of pondering and pontificating, and that is: Men love them, and I love that.[१७]
१९९३ मा, ब्यारिमोर चलचित्र गनक्रेजीबाट दोस्रो गोल्डन ग्लोबको लागि मनोनयनमा परिन।[१३] उनले प्लेब्वाई पत्रिकाको जनवरी १९९५ अंकको मुखपृष्ठमा देखापरिन साथै यसको भित्री पृष्ठहरूको लागि पनि नग्न मुद्रामा तस्बीर खिचाईन।[१८][१९] इ.टि. द एक्स्ट्रा-टेरेस्ट्रियलमा उनलाई बालकलाकारको रूपमा निर्देशित गरेका स्टीवन स्पीलबर्गले उनको बीसौं जन्मदिनमा "आफ्नो शरीरलाई ढाक" लेखेको नोट सहित उपहार स्वरूप सिरक दिए।[११] यससँग ब्यारिमोरका प्लेब्वाईको नग्न तस्वीरहरूलाई उनको कलाविभागले बदलेर पुराकपडा लगाएको बनाएका तस्बीर प्रतिहरू पनि संलग्न थिए।[२०] १९९५मा लेट शो विथ डेविड लेटरम्यानमा देखापर्दा, डेविड लेटरम्यानको जन्मदिनको उपलक्ष्यमा ब्यारिमोर उनको डेस्कमा चढिन र क्यामरालाई पछाडी पारेर टिसर्ट उठाई उनलाई आफ्नो स्तनहरू देखाइ दिईन।[८] यसै समय तिर उनी गेस? जीन्सको विज्ञापनको एक श्रृंखलामा मोडलको रूपमा देखापरिन।[२१]
ख्याति तिर फिर्ति [सम्पादन गर्ने]
१९९५मा ब्यारिमोरले ब्वाईज अन द साइडमा व्हूपी गोल्डबर्ग र मरियम-लुईस पार्करको विपक्षमा काम गरिन[२२] र जोएल शमाकरको चलचित्र ब्याटम्यान फरेवरमा उनले टु-फेस पात्र रहेका टमी ली जोन्सको रखौटिको अथिति भूमिकामा अभिनय गरिन्।[२३][२४] लगत्तै अर्को वर्ष, उनले सफल हरर चलचित्र स्क्रीममा एक अथिति भूमिका निभाईन। ब्यारिमोरले अभिनयको मामलामा अत्यधिक विश्वसनीयता कायम गरेर बक्स अफिसको शीर्ष स्थानमा पुगिन्।[३][२५] उनिलाई लगातार विशफूल थिङ्किङ्ग (१९९७), द वेडिङ्ग सिङ्गर (१९९८) र "होम्स फ्राईज (१९९८),[२६] र होम फ्राईज (1998)[२७] जस्ता रोमान्टिक हाँस्य भूमिकाहरू दीइयो।
ब्यारिमोरले चार्लीज एन्जिल्स लगायतका आफ्नो कम्पनी, फ्लल्वर फिल्म्स द्वारा निर्मित फिलिमहरूमा काम गर्नु वाहेक राइडिंग यिनी कार्स विथ बय्स (2001) कमेडी/ड्रामामा (बेभर्ली डी 'ओनोफ़्रियोको वास्तविक जीवनकथामा आधारित) जसमा उनले एक नशालु पदार्थको आदी पिता सँग विवाहमा असफल किशोरीआमाको भूमिका निभाएकी थिईन्।[२८] २००२ मा, ब्यारिमोर स्याम रकवेल र जूलिया रोबर्टस सँग कनफेशन्स अफ अ डेन्जरस माइण्डमा देखापरिन्।[२९]
फ्लावर फिल्म्स र नयाँ कार्य [सम्पादन गर्ने]
१९९५ मा, उनले आफ्नो व्यावसायिक साझेदार न्यान्सी जुभोनेनसँग मिलेर फ्लावर फिल्म्स नामक निर्माण कम्पनीको स्थापना गरिन।[३०] यस कम्पनीले पहिलो चलचित्र ब्यारीमोर अभिनीत १९९९को नेवर बीन किस्ड निर्माण गर्यो।[३१] कम्पनीको दोस्रो प्रश्तुति चार्लिज एन्जल्स (२०००)बक्स अफिसमा अत्यधिक रूपमा सफल भएपछि ब्यारिमोर र कम्पनी, दुवैको प्रतिष्ठा मजबूत गर्नमा सहयोगि सिद्ध भयो।[११][३२] रिचर्ड केलीको पहिलो चलचित्र डनी डार्कोको निर्माणमा अडचन आएपछि ब्यारिमोर फ्लावर फिल्म्स तर्फबाट आर्थिक सहयोग गर्दै अगाडी आईन र एक अङ्ग्रेजी शिक्षिकाको शीर्षक पात्र करेन पोमेरयको सानो भूमिका निर्वाह गरिन्।[३३] हुनत यो चलचित्र सेप्टेम्बर ११को आक्रमणको परिणामस्वरूप बक्स अफिसमा त्यति सफल हुन सकेन, तर डिभिडी लोकार्पण पछि यो षडयन्त्रको उल्झन र अर्थ खुलासा गर्न समर्पित हुन असंख्य वेबसाइटहरूलाई प्रोत्साहित गर्दै सांस्कृतिक चलचित्रको स्तरमा पुग्यो।[३३]
२००३ मा, ब्यारिमोरले चार्लिज एन्जल्स: फुल थ्रोटल[३][३२] मा डिलन स्यान्डर्सको रूपमा आफ्नो भूमिकालैइ दोहर्याईन, ड्यूप्लेक्समा बेन स्टिलरको साथमा देखापरिन र उनलाई ओलिभ, द अदर रेनडियरमा उनको प्रश्तुतिको लागि एम्मी पुरस्कारको लागि मनोनयन गरियो।[३४] २००४मा फ्लावर फिल्म्सले सह-अभिनेता एडम स्यान्डलरको ह्याप्पी मेडिसन कम्पनी सँग मिलेर ५० फर्स्ट डेट्सको निर्माण गर्यो।[३५][३६] उनको आकर्षणको समाहार गर्दै रोजर एबर्टले ५० फर्स्ट डेट्सको आफ्नो समीक्षामा ब्यारिमोरलाई "मुस्कान, लजालु सद्भवना" भएकि तथा चलचित्रलाई "अनुग्रह पाउन र मन पराउम योग्य" भने।[३७]
ब्यारिमोरले ५० फर्स्ट डेट्स पछि फिवर पिच(२००५) र २००७मा म्यूजिक एन्ड लिरिक्स र लकी यूमा अभिनय गरिन्।[३८][३९] उनको त्यस पछिको परियोजनाहरूमा २००८को बेवर्ली हिल्स चिहुवाहुवा र २००९को ही इज जस्ट नट द्याट इन्टू यू , ग्रे गार्डन्स तथा एभ्रिबडी इज फाइन समवेश छन।
ब्यारिमोर द्धारा निर्देशित पहिलो चलचित्र व्हिप इट , २००९ अक्टोबरमा लोकार्पण भयो। ब्यारिमोर स्वयंक साथमा एलेन पेज र मार्शिया गे हार्डन द्वार अभिनित व्हिप इट सौन्दर्य प्रतियोगिताहरूको जोस र अस्टिन, टेक्सास गर्ल्स रोलर डर्बी टीममा केन्द्रित छ।[४०]
करियरको अन्य विशिष्टताहरू [सम्पादन गर्ने]
ब्यारिमोरले एनिमेटेड कमेडी फ्यामिली गाइमा ब्रायन ग्रिफिनको सीधी-सादी प्रेमिका, जिलियनको दोहोरिएको भूमिकामा अभिनय गरिन।[४१] यसमा उनले दसवटा श्रृंखलाहरूमा अभिनय गरेकए छन।[४१][४२][४३][४४] २००५को वृत्तचित्र माई डेट विथ ड्रयुको उनी कथा-वस्तु थिईन। यसमा एक महत्वाकांक्षी चलचित्र निर्माता र ब्यारिमोरको प्रशंसक, उनसँग एक डेट हासिल गर्नको कोशिशमा आफ्नो सीमित संसाधनहरूको उपयोग गर्दछ।[४५] ३ फेब्रुअरी, २००४मा उनले हलीवुड वक अफ फेममा एउटा तारा हासिल गरिन।[४६]
ब्यारिमोरको चलचित्रहरूको विश्वभरी बक्स अफिस कुल कमाई २३ करोड भन्दा अधिक रहेकोछ। द हलीवुड रिपोर्टरको वार्षिक स्टार १० शीर्ष पारिश्रमिकको अनुसार, १० देखि १२ पारिश्रमिक लिएर २००६को लागि उनी प्रति चलचित्र सबैभन्दा अधिक पारिश्रमिक लिने अभिनेत्रीहरूमा सातौं स्थानमा थिईन।[४७] ३ फेब्रुअरी, २००७मा ब्यारिमोरले पांचौं पल्ट स्याटरडे नाइट लाइभ(SNL)को कार्यक्रम सञ्चालन गरिन,[३२] यसबाट उनी शोको इतिहासमा क्यान्डीस बरगन पछि दोस्रो महिला कार्यक्रम सञ्चालिका बनिन। उनले १० अक्टोबर, २००९मा पुन: कार्यक्रम सञ्चालन गरेर छ पटक कार्यक्रम सञ्चालन गर्ने प्रथम महिला बनुन। साथै ब्यारिमोरले १९८२ मासात बर्षको उमेरमा कार्यक्रम सञ्चालन गरेर बनाएको कार्यक्रम सञ्चालन गर्ने सबैभन्दा कम उमेरको सेलिब्रिटीको रेकर्ड अझै पनि कायम नै छ।[४८][४९]
२००७मा ब्यारिमोर कभरगर्ल सौन्दर्य प्रसाधन-सामग्रीको मोडल र महिला प्रवक्ता बनिन।[५०] आजपनि उनी क्वीन लतिफा र टेलर स्वीफ्टको साथमा कभरगर्लको एक अनुहारको रूपमा छिन। कभरगर्ल सौन्दर्य प्रसाधन उत्तर अमेरिकाका उपाध्यक्ष तथा जनरल म्यानेजर एसी एग्लेस्टन ब्रासीले भने " ब्यारिमोर अहिले पनि ताजा र प्रकृतिक सुन्दरता र उर्जावान विश्वसनिय व्यक्तित्वका साथ कभरगर्लको प्रतिष्ठित व्यक्तित्वको रूपमा प्रतिस्पर्धा गर्न सक्ने भएकोले कम्पनीले उनलाई साझेदार बनाएको छ।" ब्यारिमोर यति मात्रै नभई विज्ञापन सह-निर्माता पनि हुन।[५१] पिपुल्सको 'वार्षिक १०० सर्वाधिक सुन्दर मान्छेहरूको सूचीमा प्रथम स्थानमा थिईन। [५२] २००७मा गुच्चीको नवीनतम गहना लाइनको लागि नयाँ अनुहार बनाईयो।[५३][५४] ब्यारिमोरलाई न्यूयोर्क शहरको आइएमजि मोडल लागि अनुबन्धित गरिएको छ।
मे २००७ मा, ब्यारिमोरलाई संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (WFP)को लागि भोकको बिरुद्ध राजदूतको रूपमा नामाङ्कन गरियो।[५५][५६] र त्यस पछि उनले कार्यक्रमको लागि १० लाख भन्दा बढि दान गरेकी छिन्।।[३२][५७]
निजी जीवन [सम्पादन गर्ने]
१९९१मा १६ बर्षको उमेरमा ब्यारिमोरको हलीवुड निर्माता लेल्याण्ड हेवार्डको नाति लेल्याण्ड हेवार्डसँग स्वयंवर भयो।[५८] तर केही महीना पछि नै यो स्वयंवर टूट्यो।[५९] यसको केही पछि १९९२-९३मा ब्यारिमोर संगीतकार/अभिनेता जेमी वाल्टर्स सँग स्वयंवर गरेर उनीसँगै बस्न थालिन।[६०]
२० मार्च देखि २८ अप्रिल १९९४ सम्म उनी वेल्श बारटेन्डरबाट बारको मालिक बनेका 'जेरेमी थमसको श्रीमती बनिन।[३][८][६१] ७ जुलाई २००१मा हास्य अभिनेता टम ग्रीन सँग दोस्रो विवाह गरिन,[६१][६२] ग्रीनले डिसेम्बर २००१मा छोडपत्रको लागि मुद्दा दर्ता गरे।[६२] यो मुद्दाको फैसला १५ अक्टुबर २००२ माभयो।[६१][६२]
२००२ माब्यारिमोरको स्ट्रोक्सको ड्रमर फाब्रिजियो मोरेटीलाई एक संगीत समारोहमा भेट भएपछि उनीसे डेटिङग शुरू भयो।[३][३२] १० फेब्रुअरी २००७मा उनीहरूको पाँच बर्षको समाप्त भयो।[३२][६३] पछिल्लो समयमा उनीले अभिनेता जस्टिन लङ्ग सँग सम्बन्ध स्थापित गरिन,[६४] तर जुलाई २००८मा उनीहरूले आफु अलग भएको पुष्टि गरे।[६५] २००९मा यस जोडीको पुनर्मिलन भयो र दुवैले चलचित्र गोईङ्ग द डिस्टेन्समा एक साथ अभिनय गरे।[६६]
१९९०को दशकमा ब्यारिमोरलाई हलिवुडका खुल्ला उभयलिङ्गीहरू मध्य एकको रूपमा उल्लेख गरियो।[६७] २००४मा उनलाई यो भनाईलाई उद्धृत गरियो कि "एक पुरुष र एक महिला एक साथ सुन्दर भए जस्तै एक महिला दोस्रो महिलाको साथमा सुन्दर हुन्छन्। एक महिला सँग हुनु अरुको माध्यमबाट आफ्नै शरीरको खोज गर्नु जस्तै हुन्छ। म सानो हुँदा धेरै महिलाहरू सँग जाने गर्दथें। पूर्णरूपमा। मलाई यो मनपर्छ।"[६८] मार्च, २००७मा पत्रिकाको पूर्व सम्पादक जेन प्र्याटले आफ्नो सिरियस स्याटलाइट रेडियो शोमा नब्बेको दशकको मध्यमा उनको ब्यारिमोर सँग सम्बन्ध रहेकोको दावा गरिन।[६९]
ब्यारिमोर पहिले शाकाहारी थिईन, तर पछि उनले मासु खान शुरू गरिन।[७०]
फिल्मोग्राफी [सम्पादन गर्ने]
| वर्ष | चलचित्र | नोट |
|---|---|---|
| २००४ | चूज अर लूज प्रेजेन्ट्स: द बेस्ट प्लेस टु स्टार्ट | निर्देशिका; वृत्तचित्र |
| २००९ | व्हीप इट | प्रथम निर्देशन |
| वर्ष | चलचित्र | नोट |
|---|---|---|
| १९९९ | नेवर बीन किस्ड | कार्यकारी निर्माता |
| २००० | चार्लीज एन्जिल्स | निर्माता |
| २००१ | डोनी डार्को | कार्यकारी निर्माता |
| 2003 | चार्लिज एन्जल्स: फुल थ्रोटल | निर्माता |
| ड्यूप्लेक्स | निर्माता | |
| २००५ | फिवर पिच | निर्माता |
| २००९ | नैं ईज जस्ट नाट द्याट इन्टु यू | कार्यकारी निर्माता |
| व्हिप इट | कार्यकारी निर्माता |
सन्दर्भ सूची [सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ ""Drew Barrymore Profile""
- ↑ ""Drew Barrymore""
- ↑ ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ "Drew Barrymore", Hello Magazine
- ↑ "Actor John D. Barrymore dies at 72", USA Today, 2004-11-29
- ↑ "Click here to find your ancestors"
- ↑ "Actor Barrymore attacked at home", 2002-05-06
- ↑ ७.० ७.१ स्टीन हफम्यान, क्यारोल. द ब्यारिमोर्स: हलीवुड्स फर्स्ट फेमिली . यूनिभर्सिटी प्रेस अफ केन्टकी, 2001. ISBN 0-8131-2213-9.
- ↑ ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ "Drew Barrymore Biography", People
- ↑ "The Costello Family." BarrymoreFamily.com.
- ↑ "The Drew family." BarrymoreFamily.com.
- ↑ ११.० ११.१ ११.२ ११.३ ११.४ ११.५ ११.६ ११.७ "Drew Barrymore". Inside the Actors Studio. Bravo. 2003-06-22. No. 910, season 9.
- ↑ "Baby Booty", The Sunday Times, London, 2007-12-02
- ↑ १३.० १३.१ "HFPA - Awards Search"
- ↑ Ebert, Roger (1984-01-01), "Irreconciable Differences film review", Chicago Sun-Times, Roger Ebert.com
- ↑ Gleiberman, Owen (1992-05-08), "Poison Ivy Review", Entertainment Weekly
- ↑ Hruska, Bronwen (1999-05-14), "Summer Sneaks Drew, We Hardley Knew Ye The littlest Barrymore finally seems back on track in solid film roles. Though she's already lived several lives, her future looks bright. After all, she's only 20.", Los Angeles Times: 5
- ↑ Mills, Nancy (1998-02-09), "Now, Drew Love! Hollywood's Wild Thing Has The Man - & Role - Of Her Dreams", New York Daily News
- ↑ Luscombe, Belinda (1995-10-02), "Ms. Barrymore, Super Groupie", Time
- ↑ Farley, Christopher John (1995-03-27), "Low Voltage, High Power", Time
- ↑ The E! True Hollywood Story: Drew Barrymore. E!. 2007-11-28.
- ↑ Spindler, Amy M. (1993-09-12), "Trash Fash", New York Times
- ↑ Lowry, Brian (1995-01-23), "Boys on the Side", Variety
- ↑ Travers, Peter (2000-12-08), "Batman Forever", Rolling Stone
- ↑ Batman Forever, Warner Brothers, 2005
- ↑ Haflidason, Almar (2001-05-24), "Scream"
- ↑ Brantley, Ben (2006-04-28), "The Wedding Singer", New York Times
- ↑ Lovell, Glenn (1998-09-21), "Home Fries", Variety
- ↑ "Hello Magazine Filmography - Drew Barrymore", Hello Magazine
- ↑ Travers, Peter (2003-01-16), "Confessions of a Dangerous Mind", Rolling Stone
- ↑ Kit, Borys (2005-04-06), "Flower grows into Warner Bros. pact"
- ↑ Ebert, Roger (1999-04-09), "Never Been Kissed Review", Chicago Sun-Times, Roger Ebert.com
- ↑ ३२.० ३२.१ ३२.२ ३२.३ ३२.४ ३२.५ "Drew Barrymore Biography - Page 2", People
- ↑ ३३.० ३३.१ Snider, Mike (2005-02-14), "'Darko' takes a long, strange trip"
- ↑ "Drew Barrymore Awards"
- ↑ Pierce, Nev (2004-04-05), "50 First Dates"
- ↑ "Drew Barrymore hits milestone of 30", USA Today, 2005-04-04
- ↑ Ebert, Roger (2004-02-13), "Review: 50 First Dates"
- ↑ Schwarzbaum, Lisa (2007-02-13), "Music and Lyrics", Entertainment Weekly
- ↑ Lowry, Brian (2007-05-02), "Lucky You", Variety
- ↑ Vess, Laura. "Roller Girl Fantasies in Drew Barrymore's 'Whip It'", SheWired.com, 2009-07-17. Retrieved on 2009-07-17.
- ↑ ४१.० ४१.१ "Whistle While Your Wife Works". Steve Callaghan and Greg Colton. Family Guy. Fox. 2006-11-12. No. 5, season 5.
- ↑ "Prick Up Your Ears". Cherry Chevapravatdumrong and James Purdum. Family Guy. Fox. 2006-11-19. No. 6, season 5.
- ↑ "Chick Cancer". Alec Sulkin, Wellesley Wild, and Pete Michels. Family Guy. Fox. 2006-11-26. No. 7, season 5.
- ↑ "Barely Legal". Kirker Butler and Zac Moncrief. Family Guy. Fox. 2006-12-17. No. 8, season 5.
- ↑ Gleiberman, Owen (2005-08-03), "My Date with Drew", Entertainment Weekly
- ↑ "Barrymore gets star on Walk of Fame", 2004-02-04
- ↑ "Witherspoon Hollywood’s top-paid actress", AP, MSNBC, 2007-11-30
- ↑ "Drew Barrymore", People
- ↑ "Saturday Night Live Backstage - Green Room - Key Hosts"
- ↑ Critchell, Samantha (2007-04-11), "Drew Barrymore Is Newest Covergirl Model", Washington Post
- ↑ Fashion section Barrymore web site
- ↑ "Most Beautiful People 2007", People
- ↑ La Ferla, Ruth (2008-03-09), "A Glossy Rehab for Tattered Careers", New York Times
- ↑ "Drew Barrymore Goes Bling", 2007-07-05
- ↑ "Actress Drew Barrymore becomes advocate for UN World Food Programme", un.org, UN News Centre, 2007-05-09. Retrieved on 2007-05-15.
- ↑ "Drew Barrymore Becomes WFP Ambassador", 2007-05-11
- ↑ "Actress Drew Barrymore donates $1 million to UN anti-hunger programme", un.org, UN News Centre, 2008-03-03. Retrieved on 2008-03-19.
- ↑ Sporkin, Elizabeth (1991-02-25), "They'll Take Romance"
- ↑ Kahn, Toby (1992-09-14), "Passages"
- ↑ "Barrymore takes 'Control' of Fisher role", Variety
- ↑ ६१.० ६१.१ ६१.२ Silverman, Stephen M. (2001-07-10), "Oops! Barrymore, Green Do It Again", People
- ↑ ६२.० ६२.१ ६२.२ Darst, Jeanne (2001-12-18), "Tom Green Files for a Divorce from Drew", People
- ↑ White, Nicholas (2007-02-08), "Drew Barrymore Says She's Loving Single Life", People
- ↑ "Justin Long Takes Drew Barrymore Home to Meet the Parents", People, 2007-11-28
- ↑ "Drew Barrymore and Justin Long end relationship", 2008-07-08
- ↑ "Drew Barrymore, Justin Long Back Together ... for a Movie", 2009-03-31
- ↑ Hobson, Louis B.. "True Drew", Canoe Jam!, 1997-03-04.
- ↑ Radice, Sophie. "When hello really means bi for now", The Guardian, 2004-05-09. Retrieved on 2008-09-07.
- ↑ Kelly, Keith J. (2007-03-28), "Bosom Buddies - Pratt hit Sirius Airwaves, drops Bombshell", New York Post
- ↑ Fee, Gayle, Laura Raposa with Nichole Gleisner. "Ex-vegan Drew finds `Sausage Guy' attire suits her to a 'T'", The Boston Herald, 2004-09-22. Retrieved on 2008-12-13.
|
|||||