ढाका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ढाका
ঢাকা
—  राजधानी तथा महानगरपालिका  —
माथि देखि क्रमश: बंगलादेशको संसद भवन, सहिद मिनार, कुर्जन हाल ढाका बिश्वबिध्यालय नजिक, साईकल रिक्सा, पन्थापथ, सुबुरबान पानि
उपनाम(हरू): मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी
ढाका is located in बंगलादेश
ढाका
बंगलादेशमा ढाकाको अवस्थिति
निर्देशांक: 23°42′0″N 90°22′30″E / 23.7, 90.375}
देश  बंगलादेश
प्रान्त ढाका प्रान्त
जिल्ला ढाका जिल्ला
स्थापना १६०८
सहरको लागि प्रस्तावित सन् १९४७
क्षेत्रफल
 - राजधानी तथा महानगरपालिका ३६० किमी (१३९ वर्ग मी)
 - पानी ४८.५६ किमी (१८.७ वर्ग मी)
अवनति[१] ४ मी (१३.१२ फिट)
जनसङ्ख्या (२०१३)[२]
 - राजधानी तथा महानगरपालिका १४,३९९,०००
 - जनघनत्व ४५,०००/किमी (११५,२००/वर्ग मी)
 - महानगरीय क्षेत्र ७,०००,९४० (२००८)
 - साक्षरता दर ७२.७%
समय क्षेत्र बंगलादेश समय (युटिसी+६)
पोस्टल कोड
राष्ट्रिय डायालिंग कोड +८८०
कलिंग कोड ०२
कुल घरेलु उत्पादन (२०१३ ) $१४० बिलियन[३]
वेबसाइट आधिकारिक ढाका वेबसाइट

ढाका, (बंगला भाषामा: ঢাকা) बंगलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।

इतिहास

मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बंगाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।

भूगोल तथा मौसम

प्रशासन

जनसांख्यिकी

संस्कृति

यातायात

पर्यटन स्थल

खेलकूद

सन्दर्भ सामग्री

बाहिरि लिंकहरू