तरुवा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कुनै पनि साग,सब्जी, वा मासु लाई कुरुम कुरुम हुने गरि तारिएको खानेकुरा
- भेजिटेबल टेम्पुरा
- सामग्रीः १ सय ग्राम गाजर, १ सय ग्राम मुला, १ सय ग्राम हरियो फर्सी, १ सय ग्राम भान्टा, १ सय ग्राम सिमी, २ सय ग्राम मैदा, १० ग्राम अदुवा, नुन स्वादअनुसार, ५ ग्राम सेतो मरिचको धूलो, २० ग्राम बेकिङ पाउडर, आधा कप सोया सस, ५ सय मिलिलिटर तेल।
- विधिः सबै तरकारीलाई राम्रोसँग धोएर पातलो स्लाइसमा काट्ने । अदुवा र मुलालाई कोरेसोमा काटेर धूलो बनाउने र सोया सससँग मिसाएर राख्ने। मैदामा बेकिङ पाउडर मिसाएर लेदो बनाउने । एउटा कराहीमा तेल तताउने। तातेको तेलमा मैदाको लेदोमा पातलो गरी काटिएको भेजिटेबल मिसाउँदै एक-एक गरी पाई गर्ने। विस्तारै क्रिस्पी हुन थालेपछि तेलबाट निकाली सफा भाँडामा राख्ने । यसरी बनाइएको टेम्पुरालाई अदुवा र मुला कोरेर राखिएको सोया सससँग खान सकिन्छ ।