ताजमहल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ताजमहल
ताजमहलको दक्षिणी दृश्य
ताजमहलको दक्षिणी दृश्य
स्थान: आगरा, भारत
निर्देशांक: 27°10′29″N 78°02′32″E / 27.174799, 78.042111
समुद्र सतहदेखि ऊंचाई: १७१ मिटर (५६१ फिट)
निर्माण: १६३२-१६५३
वास्तुकार: उस्ताद अहमद लाहुरी
वास्तु शैली(याँ): मुगल बास्तुशैली
पर्यटक: ३० लाख भन्दा बढी (२००३)
युनेस्को विश्व सम्पदा क्षेत्र
प्रकार: सांस्कृतिक
मापदंड: i
नामित: १९८३
संदर्भ #: २५२
राष्ट्र: भारत
क्षेत्र: एशिया-प्रशान्त
ताजमहल is located in India
भारतमा स्थिति ताजमहल

ताज महल (تاج محل) भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए ।[१] ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखीएको सिङ्गमर्मरको पातोहरूको ठुलो-ठुलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट [२] छोपिएको छ । केन्द्रमा बनाईएको समाधिस्थल आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छन् । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो ।[१] त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।[३]

वास्तु कला[सम्पादन गर्ने]

समाधिस्थल[सम्पादन गर्ने]

ताजमहलको भुई/तलको योजनाको नक्सा

ताज महलको केन्द्र बिंदु हो, एक वर्गाकार आधार आधारमा बनाईएको श्वेत सिङ्गमर्मरको समाधिस्थल। यो एक सममितीय भवन हो, जसमा एक ईवान अथवा भब्य विशाल वक्राकार (छत जस्तो) द्वार छ। यस भवनको माथि एक वृहत गुम्बद सुशोभित छ। धेरै जसो मुगल समाधिस्थलहरू जस्तै, यसको मूल अवयव फारसी उद्गमबाट नै छ।

मूल - आधार[सम्पादन गर्ने]

यसको मूल-आधार एक विशाल बहु-कक्षीय संरचना हो। यो प्रधान कक्ष घनाकार छ, जसको प्रत्येक किनारा 55 मीटर छ (हेर्नुहोस्: तल नक्सा, दाया)। लामो किनारहरूमा एक धेरै ठुलो पिश्ताक, वा मेहराबाकार छाना भएका कक्ष द्वार छन्। यो माथि बनेको मेहराब भएका छतहरूसंग सामेल छ।

मुख्य-मेहराब[सम्पादन गर्ने]

मुख्य मेहराबको दुबै तर्फ, एकका माथि अर्को शैलीमा, दुइटैतर्फ दुइवटा अतिरिक्त पिश्ताक़ बनेका छन्। यसै शैलीमा, कक्षको चार किनारहरूमा दुइवटा पिश्ताक (एकका माथि अर्को) बनेका छन्। यो रचना भवनको प्रत्येकतर्फ पूर्णतया सममितीय छ, जो कि यस भवनलाई वर्गको बद्ला अष्टकोण बनाउँछ, तर कुनाको चार भुजाहरू बाकी चार किनारहरूदेखि पर्याप्त सानो भएको कारण, यसलाई वर्गाकार भन्न उचित नै हुनेछ। समाधिस्थलको चारैतर्फ चार धरहरा मूल आधार चौकीको चार कुनाहरूमा, भवनको दृश्यलाई एक आवरणमा बाधेको प्रतीत हुन्छ। मुख्य कक्षमा मुमताज महल एवं शाहजहाँको नकली समाधिहरू छन्। यी धेरै अलंकृत छन, एवं यसको सक्कली तल्लो तलमा स्थित छ।

गुम्बद[सम्पादन गर्ने]

समाधिस्थलमा सर्वोच्च शोभायमान सिङ्गमर्मरको गुम्बद (हेर्नुहोस् बांया), यसको सर्वाधिक शानदार भाग हो। यसको उचाई लगभग भवनको आधारको बराबर, 35 मीटर छ, र यो एक 7 मीटर अग्लो बेलनाकार आधारमा स्थित छ। यो आफ्नो आकार अनुसार प्रायः प्याज-आकार (अम्बक आकार पनि भनिन्छ)को गुम्बद पनि भनिने गरिन्छ। यसको शिखर एक उल्टो राखिएको कमलसंग अलंकृत छ। यसले गुम्बदको किनारहरूलाई शिखरमा सम्मिलन दिन्छ।

छानाहरू[सम्पादन गर्ने]

गुम्बदको आकारलाई यसको चार किनारहरूमा स्थित चार सानो गुम्बदाकारी छानाहरू (हेर्नुहोस् दाया)बाट अरु बल मिल्दछ। छानाहरूको गुम्बद, मुख्य गुम्बदको आकारको प्रतिलिपिहरू नैं हो, केवल नापको फरक छ। यिनको स्तम्भाकार आधार, छानामा आन्तरिक प्रकाशको व्यवस्थाको निमित्त खुला छ। सिङ्गमर्मरको अग्लो सुसज्जित फुलको गुच्छा, गुम्बदको उचाईलाई अरु बल दिन्छन्। मुख्य गुम्बदको साथ-साथै छानाहरू एवं फुलको गुच्छाहरूमा पनि कमल जसो शिखर शोभा दिन्छ। गुम्बद एवं छानाहरूको शिखरमा परम्परागत फारसी एवं हिन्दू वास्तु कलाको प्रसिद्ध घटक एक धात्विक कलश किरीटरूपमा शोभायमान छ।

किरीट कलश[सम्पादन गर्ने]

मुख्य गुम्बदको किरीटमा कलश छ (हेर्नुहोस् दाया)। यो शिखर कलश शुरुको १८०० सम्म सुनको थियो, र अहिले यो कांसेको बनाईएको छ। यो किरीट-कलश फारसी एवं हिंन्दू वास्तु कलाको घटकहरूको एकीकृत संयोजन हो। यो हिन्दू मन्दिरहरूको शिखरमा पनि पाइन्छ। यस कलशमा चन्द्रमा बनाईएको छ, जसको टुप्पो स्वर्गतर्फ इशारा गर्दछ। आफ्नो नियोजनको कारण चन्द्रमा एवं कलशको टुप्पो मिलेर एक त्रिशूलको आकार बनाउद छ, जो कि हिन्दू भगवान शिवको चिह्न हो।[४]

धरहराहरू[सम्पादन गर्ने]

अस्ताउदै गरेको सूर्यको साथ ताजको अद्वितीय दृश्य

मुख्य आधारको चार कुनाहरूमा चार विशाल धरहराहरू (हेर्नुहोस् बाहिरु) स्थित छन्। यो प्रत्येक ४० मीटर अग्लो छ। यो धरहराहरू ताजमहलको बनावटको सममितीय प्रवृत्ति दर्शित गर्दछ्न्। यो धरहराहरू मस्जिदमा अजा़न दिनको निमित्त बनाईने धरहराहरूको समान नैं बनाईएको छ। प्रत्येक धरहरा दुइवटा छज्जीहरूद्वारा तीन समान भागहरूमा बाडिएको छ। धरहराको माथि अन्तिम छज्जी छ, जसमा मुख्य भवनको समान नैं छाना बनेको छन। यसमा त्यही कमल जस्तो आकृति एवं किरीट कलश पनि छ। यी धरहराहरूमा एक खास कुरा छ, यो चार बटै बाहिरतर्फ थोरै जस्तो झुकेको छ, जसबाट कि कहिले लड्ला स्थितिमा, यो बाहिरतर्फ नैं लडोस, एवं मुख्य भवनलाई कुनै क्षति नपुगोस।

बाह्य सजावट[सम्पादन गर्ने]

वृहत पिश्ताकमा सुलेखन

ताजमहलको बाह्य सजावब्ट, मुगल वास्तुकलाको उत्कृष्टतम उदाहरण हो। जसरी सतहको क्षेत्रफल बदल्दछ, ठुलो पिश्ताकको क्षेत्र साना भन्दा धेरै हुन्छ, र त्यसको सजावट पनि यसै अनुपातमा बदल्दछ। सजावट घटक रोगन वा लियनबाट अथवा नक्काशी एवं रत्न जडेर निर्मित छन्। इस्लामको मानव श्वरिय आकृतिको प्रतिबन्धलाई पूर्ण पालन गरिएको छ। सजावटलाई केवल सुलेखन, निराकार, ज्यामितीय वा पादप रूपांकनबाट नैं गरिएको छ।

ताजमहलमा पाईने सुलेखन फ्लोरिड थुलुठ लिपिका छ। यो फारसी लिपि बेत्ता अमानत खां द्वारा सृजित हो। यो सुलेख जैस्प‍रलाई श्वेत सिङ्गमर्मरको फलकहरूमा जडेर गरिएको छ। सिङ्गमर्मरको सेनोटैफमा गरिएको कार्य अतिनै नाजु़क , कोमल एवं महीन छ। उचाईलाई ध्यान राखिएको छ। अग्लो फलकहरूमा त्यसै अनुपातमा ठुलो लेखन गरिएको छ, जसबाट कि तलबाट हेर्दा टेढा़पन प्रतीत नहोस। पूरा क्षेत्रमा कु़रानको श्लोकहरू, सजावटको निमित्त प्रयोग भएकहरू छन्। हालै भएको शोधहरूबाट थाहा भएकोछ, कि अमानत खाँले नैं ती श्लोकहरूको चुनाव पनि गरेका थिए। [५][६]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "भारतको बारेमा जानहरू - ताजमहल" (in नेपाली) (पीएचपी) 
  2. टाइल आकारमा, अर्थात सिङ्गमर्मरको सानो साना ईंट रूपी आयताकार टाइलहरूबाट छोपिएको छ ।
  3. UNESCO सलाहकार संस्था आँकलन
  4. टिलिट्सन, जी.एच.आर। (१९९०)। आर्किटेक्चरल गाइड टू मुगल इण्डिया, क्रनिकल बुक्स
  5. ताजमहल सुलेखन
  6. कोच, पृष्ठ.१००

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]