तातोपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस सिन्धुपाल्चोक जिल्लाकै बुहचर्चित गाविस हो। प्राकृतिक रूपमा नै तातोपानीका धारा हुनाले यस ठाउँको नाम तातोपानी रहन गएको हो। जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ८९.९८ वर्ग किलोमिटर छ। तातोपानीको पूर्वमा तथा उत्तरमा तिब्बत पर्दछ भने पश्चिममा गुम्बा र दक्षिणमा लिस्तीकोट र फुल्पिङकट्टी गाविसहहरू पर्दछन्। यो गाविसमा चीनसँगको भन्सार नाका तातोपानी रहेको छ। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा वर्षको अधिकांश महिनामा चिसो हावापानी पाइन्छ। तातोपानीमा शेर्पा तथा तामाङ जातिको बाक्लो बसोबास छ। अन्य गाविसका मानिसहरू भन्दा यस गाविसका मानिसहरू नेपाल चीन आयातनिर्यात व्यापारमा नै व्यस्थ हुने गर्दछन्। तातोपानी गाविसको तातोपानी धारा र पोखरी स्नाका लागि निकै प्रसिद्ध छ।
यस गाविसमा धेरै अग्ला भीर तथा पहराहरू पाइन्छ। भोटेकोशी नदी यसै गाविस भएर बग्ने भएकाले विश्मा नै भोटेकोशी राफ्टीङका लागि यो क्षेत्र निकै प्रसिद्ध छ। नेपाल-तिब्बत युद्धको ऐतिहासिक दुगुनागढी युद्धकिल्ला यस गाविसमा पर्दछ। विसं २०५८ सालको जनगणना अनुसार तातोपानीमा ८८७ घरपरिवारमध्ये कुल जनगसंख्या ४४८७ छ। [१]
- ↑ "तातोपानी"