तामाङ जाति
| बसोबास क्षेत्रहरु | ||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
||||||||||||||||||||||||||||||||||||
| भाषा | ||||||||||||||||||||||||||||||||||||
| धर्म | ||||||||||||||||||||||||||||||||||||
| मुख्य पर्वहरू | ||||||||||||||||||||||||||||||||||||
|
ल्होसार, जनैपूर्णिमा, बुद्ध पूर्णिमा |
तामाङ जाति नेपालको मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने एक जाति हो।
विषयसूची |
वसोवास[सम्पादन गर्ने]
तामाङ जातिको बसोबास नेपाको पचहत्तरै जिल्लाहरूमा पाइन्छना्। मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरू वहुसंख्यक रूपमा आवाद रहेको छ। नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरू बसोवास गर्दछन्। अखिल भारत तामाङ बौद्व संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरूको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएको रहेछ।
इतिहास[सम्पादन गर्ने]
तामाङ जातीको इतिहास तामाङ इतिहासःरचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यहीकाल खण्डमा, यही देश र प्रदेशबाट वतमान तामाङहरूको आदिम थलो रहेको भूभागहरूसम्म आएको किटानि गरेर कसैले भन्न सकेको वा प्रमाणीत गन सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गव गदछन्। यस्तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालदकाएक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्लेख तथा महत्व दिएको पाइदैन। तामाङ जाति, तामाङ राज्य वा अधिराज्य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्छवि काल, उत्तर लिच्छवि काल, मध्य तथा आधुनिक नेपालको इतिहासमा उल्लेख गरेको छैन। नेपालका शासक जातिहरूका तामाङहरूलाई राजनैतिक, आथिक, सामाजिक, सांस्कृतिक, धामिक, शैक्षीक, भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस, शोषण दमन र उत्पीडन गरी आएका छन् जो वर्तमानसम्म निरन्तर चलिरहेकै छ। सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीहरूले लेखेको रचना तथा सामन्ती राज्यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्गो मुलुकको आदिवासि जनजाति तथा नेपाली अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन्। त्यो सत्ताधारी र सेन तथा विष्ट राजालाइ, गोखामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुवमा राइ र लिम्बुका राजालाई हराएको इतीहास लेखेको छ। तर ती जातिहरूकोभन्दा बढि जनसंख्या भएको, काठमाडौ उपत्यकाको तत्कालिन मल्ल रज्य याम्बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्तपुर)को वरिपरि कैयैं किपट र कविलाहरूमारहेमा स्वतन्त्र उदय हुनुपूर्ब नै वाइबा, रूम्बा, बल, ग्हीसीङ आदि थरका तामाङ राजाहरू र राज्य अस्तित्वमा थिए। तामाङ राज्य र राजाहरूको बारेमा तामाङहरू मैखीक रूपमा अभै भनिरहेका छन् यो यो ठाउँमा फलानो राजा थियो। ती राजाकादरवारका अस्तित्वहरू र भग्नावशेषहरू विभिन्न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्छ। ताम्बा अथात मैखिक इतिहास परम्पराबाट पछिल्लोचरण्ामा तामाङ लिपिमा लामा बैद्ध धम लिपिबद्ध तामयीग लिपिमा भएकादोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्पत्तिका नाम्थरहरू, हाम्रा, जीक्तेन तामछ्योअी, रूअीछेन च्योप्गे, कुक्पाखा छ्याअी, तामाङ च्युनीला ठङुसा थेन वब्सा आदि हस्त लिखित पुस्तकहरू पाइएको छ। तापनि तामाङ जातिको बारेमा लेखेको भन्दा कयैं गुण्ा बढि सूचनाहरू मैिख क परम्परामै संरक्षित रहेको पाइन्छ। यही परम्पराकोमाध्यमबाट तामाङहरूले एक पुस्ताबाट अको पुस्ता सादै आजसम्म जे जस्तो अवस्थामा भएपनि तामाङकोइतिहासलाई बचाएर ल्याएका छन्। मैजुदा मैिखक र भग्नावशेषको रूपमा पाइएका प्रमाण् तथा तथ्यहरूको वैज्ञानिक अनुसन्धान, अध्ययन, उत्खनन, िवश्लेष्ाण्, लेखन जस्ता कायहरू आथिक एवं प्रावधिक रूपले पनि वतमान द्रिरद्रावस्थाका तामाङ समाजको क्षमता र वशंमा तामाङ समाजको क्षमता र वशंमा छैन भने हिन्दु सामन्ती राज्यसत्तालाई त्यसको कुनै चासो र मतलब छैन। जसलेगदा आज तामाङ जातिको सामाजिक इतिहासका हाम्रा महत्वपुण् भैतिक सम्पदा , निधिहरू तथा मैखिक सम्पदाहरूदिनानुदिन, आजभन्दा भोलि भन्दा पसि हुदै अवशेषहरूको पनि अवशेषको रूपमासधै भग्नावशेष्मै रहन बाध्य छन्। तापनि आज हाम्रो सामु विभिन्न देशका थुप्रै अन्वेष्कहरूङ समाजसशास्त्री, भाष्ाशास्त्री, मानवशास्त्री, प्रागैितिहासिकएवं पाष्ाण् पुरातत्व विज्ञहरूले अध्ययन, अनुसन्धान उत्खनन् गरेर पत्ता लगाएका तथ्यहर, शोधपत्रहरू विदेशी भाष्ाहरूमाबग्रल्ति रहेका छन्। अब ती विदेशी भाष्ाहरूमा भएका तामाङ जातिका वारेमा लेखिएका, रचिएका अभिलेखहरूसंगालेर या संग्रह गरेर आपनो भाष्ामा, पुनअध्ययन तथा विश्लेष्ाण्ा गरी भावि तामाङ सन्तानहरूलाई पुखाको इतिहासपुनलेखन गरी नया इतिहासको सृजना गरेर भएपनि सन्तोष्ा लिनुपने छ। त्यो नया इतिहास लेख्ने दायित्व आज तामाङजातिको सङ्घ तथा नव सन्ततिहरूको थाप्लोमा आइपरेको छ। तामाङ इतिहाससँग सम्बन्धित शब्द तथा अथयहा मुख्यतया तामाङहरूको इतिहासका मैखिक अवशेष्ाहरूलाई आपुले सुने, देखेको र स्वदेश तथा विदेश अन्वेष्ाकहरूकोविभिन्न पत्र पत्रिकामा लेखादि तथा पुस्तकादिमा विभिन्न रूपमा प्राप्त सूचनाहरूको आधारमा तामाङ जातिकोउत्पत्ति, उद्गगम् इतिहास र मैखिक रूपमा रहेको तामाङ अधिराज्य र राजाका इतिहासहरूलाई समेटिएको छ। नेपालकाविभिन्न कालका तामाङहरूको सानातिना घटनात्रमहरूलाई तथा रीमठीम, आथीक लगायत अन्यपक्षहरूलाई छाडेरयहा खासगरी उत्पत्तिबारे संक्षिप्तमा र तामाङ राजा र राज्यको मैखिक रूपमा संरक्षित रहेको सारहरूलाइसंगालेर प्रस्तुत गरीएको छ। तामाङ जातिका राज्य अनि राजाहरूको इतिहास खोज्न तथा बुभ्न पदा वारम्बारदोहोरिने र सुनिने तामाङ भाष्ाका शब्दहरू परिभाष्ा तथा तामाङ भाष्ामा खूल्ने आउन खथ विस्तार प्रस्तुत गरिएकोछ। छ। रहेको १_ तामाङ२_जोङ३_ग्रोङ रोङ तमु४_याम्बु काठमाडैं नेपाल५_ग्ले ग्लेसा ग्याब्लो ग्याल्सा६_कानी र मुमी मुल्मी१_ तामाङनेपालको ६० भन्दा बढि आदिवासी जनजातिहरूमध्ये एक महत्वपण् आदिवासी जाति तामाङ हो। तामाङ भाष्ा बोल्नेहरूलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्पु, टुङना, मुचुङगा र सेलोभन्नाले तामाङ जातिलाई बुभाउछ। अनि यो जातिको चिनारीको रूपमा आपनै घर बुना सुतीको स्यामालुगिं जस्तो परिया, ग्या, गाबरको, ग्या तोकरोक, उनी राडी, पाखी स्योल्दो सुकाअी लुकुनी, पेङ्का अल्लोको घरबुनालुगा अनि लोक्ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का चित्रकला, मकुण्डो खोप्ने मास्क, आदि मैलिक पेशाहरू रहेको छ। तामाङ शब्दको अथबारे विभिन्न व्यात्तिहरूले आ-आपनैमनगढन्ते कुराहरू आएको हुदा यहा तामाङ शब्दको अथ, प्रयोग, एेतिहासिकता र व्यापकता आदि वारे निम्न अनुसारचचा गरिएको छ। तमङ तामाङ शब्दको इतिहास र प्रयोगतामाङ शब्द मुख्यतया नेपालको राजधानि वरिपरि घेरिएर घना बस्ती भएको नेपालमा प्रथम आबाद गने मंगोल मूलकोमानव जाति वा समुदायलाई बुभाउन प्रयोग भइ आएको छ। तामाङहरूले आपनो समाज वा समुदायमाभ आपनो परिचय तामाङ भनेरै चिनाएको पाइन्छ। त्यसो त, तामाङ शब्दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरैं। विदेशी विद्धान म्याक्डोल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो। त्यहाका राजा बुम देंगोन जसले सन् १२५३मा देखि १२८० सम्म राज्य गरेको थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका देखि मोन शेरिब अधिराज्यका तामाङहरूलाई दबाउन मूत्तिनाथमा किल्ला बनाउन लगाएको बृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई जातिवाचतशब्दको रूपमा प्रयोग भएको तथ्यले तामाङ भन्नुमा गव गने तामाङहरूलाई दबाउन मूतिनाथमा किल्ला बनाउन लगाएको वृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई जातिवाचत शब्दको रूपमा प्रयोग भएको तथ्या उजागर गरेका छन।
उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य)को पुस्टी हुन्छ।
प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद् जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख गर्नुभएको छ। शर्माका अनुसार श्री ५को सरकार र सोभियत रुस सरकार बीच २०३४मा भएको साँस्कृतिक सम्झौता अर्न्तर्गत लेलिनग्राद विश्वविद्यालय, पुरात्व संस्थाका प्राग ऐतिहाँसिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्षपुरानो भएको दावी छ। प्राप्त ढुङ्गाका हतियारहरूमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत् र हिमालय भएर नेपालको काठमाडौँसम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरू नै हुन् भन्ने प्रसंगले पनि तामाङहरू ३० हजार वर्षपहिले देखि नै काठमाडौँमा वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ|
कथन[सम्पादन गर्ने]
तामाङ जाति मंगोल वंशका हुनाले चीनबाट महामञ्जुश्रीआर्य काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृश्टिकोणबाट विश्लेषण गर्दा मञ्जुश्री सगैँ काठमाडौँ आई बसोवास गर्ने पहिलो आदिवासी नै तामाङ्गहरू हुनसक्छ भन्ने तर्क अर्कोतिर रहेको छ।
तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४०मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत् बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए। तत् पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत् फर्केका थिए। उनीसँग आएका घोडाचढी सेना हरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ।
त्यसैगरि अशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए। धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए। स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो। उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे। नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ।
केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ काकानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।
ऐतिहासिक पृष्ठभूमि र तामसालिङ क्षेत्र[सम्पादन गर्ने]
तामाङ जाति बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिहरू मध्ये ठूलो जनसंख्या भएको जाति तामाङ हो। तामाङ जाति नेपालको सबै भन्दा पुरानो आदिवासी जनजाति मध्ये एक होज्ञ। मुख्यतया नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरूलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो(स्यालु) भन्नाले तामाङ जातिलाई बुझाउँछ। अनि आफ्नै घर बुना स्यामा(लुँगी जस्तो फरिया), ग्या(गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी(लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का(चित्रकला), मकुन्डो खोप्ने(मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रियताको चिनारी हो। नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखिसम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण जाति हौं। तामाङ शब्द निर्माण बारे विभिन्न मतहरू भए तापनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक जातिलाई बुझाउँछ।काठमाडौं उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय(टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु(काठमाडौं) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखि आफ्नो राल्डी(खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाएद्द भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड यस्तो छ। सन १९७८मा नेपाल रसिया सांस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्व विद्यालयका प्राग-ऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाडौंको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष)का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा.सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरू भएर सुदूर पूर्व एसिया (पेकिङ)हुँदै याम्बु(काठमाडौं)उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए। पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड जाति तिब्बत र हिमालय हुँदै काठमाडौं उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिएघ। एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाडौं उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ जाति मंगोल जातिसँगमिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ)ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जन-आख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ। त्यसैगरी आफूलाई ज्याम्पालयाङ(महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ जाति जसको आज पनि काठमाडौं उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु(सैंजु), सँय् आदि उल्लेखित तामाङ जातिसँगसम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छवि काल देखि मध्य काल सम्म कै पाइन्छ। उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा विद्वान् मानव तथा समाज शास्त्री स्व.जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नु भएको छ। जसको धर्म, भाषा, संस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल-मूलका सँग हुबहु मिल्छ। यही ऐतिहासिक तथ्यले तामाङ जाति नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ।त्यति मात्र होइन, तामाङ जातिको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ जाति पुरानो हो भन्ने प्रमाणित गर्छ किन भने काठमाडौं उपत्यकामा प्रागैतिहासिक काल देखि रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्त्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छट। यो प्राचीन चिनियाँ तत्त्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ। अझ यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिक काल देखि नै थियो भन्ने पुष्टि गर्दछ। नेपालमा यो चिनियाँ खगोल शास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार)तामाङ जतिले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो। नेपालको यो तत्त्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भए तापनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखि अर्थात् चिनको सिया राज्यकालमाठ (२१००-१६०० ई. पू.) प्रचलनमा आएको हो र तत्त्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रूपमा चलिरहेको छ। त्यसकारण तामाङ जातिको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन यो उत्सव तामाङ जाति र ताम्सालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ।यसको साथै संसार मै चलिरहेको राष्टि्रय मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत आदिवासी जनजातिहरूको राष्टि्रय मुक्ति आन्दोलनले पनि पृथक रहन सकेन जसको फलस्वरूप तामाङ जातिको तामाङ राष्ट्रको राष्टि्रय मुक्ति आन्दोलन चलि रहेको छ। यो तामाङ जातिको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ जातिको अर्थात् राष्ट्रको छुट्टो सङ्घिय ताम्साली गणराज्यको पहिचानलाई राजनैतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइ सकेको छ।यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले ताम्सालीङ भित्र तीन प्राचिन सङ्घिय तामाङ गणराज्यहरू रहेको तथ्य पुष्टि हुन आएको छ। तामाङ जातिको केन्द्रीय सङ्घिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन। यस विषयमा अझ विस्तृत र व्यापक रूपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरू हुन जरुरी छ। तामाङ जाति वा राष्ट्रको प्राचीनता र सङ्घियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु-अध्ययनमा थोरै प्रयास गरेको छु।बोद सङ्घियताको पर्याय नै महान एवं विशाल सङ्घिय तामाङ जाति(राष्ट्र) र जातीयता(राष्ट्रियता) होःतामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतया नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव जाति वा समुदायलाई बुझाउन प्रयोग भइ आएको छ। तामाङ शब्दको प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो"। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका "से मोन शेरिब अधिराज्य"का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्तड उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र जाति (राष्ट्र)वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखि प्रयोग भएको तथ्यको उजागर भएको छ। किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ। त्यो कुरा यहाँ झल्किन्छ। तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र(जाति)लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो। भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ। यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य(सामय्) गोन्पा बन्नु पहिले बनेको भन्ने विश्वास गरिएको लोगेकर(लोग्यागार) गोन्पा छ। अनि यही क्षेत्रमा नेपालकै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ। तामाङ जातिको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ जातिको उदगमम स्थलको रूपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबैभन्दा पुरानो(३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको आदिवासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङ जातिको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ।तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनितिरको उरवर प्रदेशलाई "स्याङस्युङ" युल भनिन्छढ। हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ। तामाङ वंशावलीमा तामाङ जातिको "स्याङबो" थरको "बाब्सा" उद्गम स्थल "स्याङस्युङ" हो अर्थात् "स्याङस्युङ युलरी स्याङबो बाब195134 तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाय्.त्र् अझै आफूलाई तामाङ भनेर चिनाउनेहरू छन् वंशावलीमा "मुगु ग्याल्सारी मोक्तान बाब" अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णन गरिएको पाइन्छ।यही क्षेत्र आसपास "स्याङस्हुङ युल्टी स्याङबो बाब", "मुगु ग्याल्साटी मोक्तान बाब", र "पुराङ च्यात्टी पाख्रीन बाब" (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ "बाब्सा" अर्थात् वासस्थान "पुराङ" होज्ञण्। मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँगनजोडिदा ताका पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम "पुराङ" नै भनेर भनिन्छ। पुराङ तामाङ वंशावली अनुसार तामाङ जातिको उद्गम स्थल हो। आजसम्म मुक्तिनाथ देखि मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो जातिलाई बुझाउन "तमङ" शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन्। त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिय्.त्र्दा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा "तमङ195134 भनेर चिनाउनु मै गर्व गर्नेहरू आजपनि जोमसोम, ठीनी लगायत गाउय्.त्र्हरूमा पाइन्छन्। त्यसो मात्र होइन आजका ताम्सालीङ भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युय्.त्र्का त्युय्.त्र् यही थाकखोलामा मात्र ३ गाउले, १२ गाउय्.त्र्लेको रूपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरूको अवशेषको स्वरूप पाइन्छ।त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भ195140ुमा भन्दा बेसी तमु भ195140ुमा गर्व गर्दछन्। हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरूको पाय्.त्र्च पुस्तासम्मका लखोटमा आफ्नो जातिगत वंशकारूपमा तामाङ लेख्न गरेको अभिलेख पाइन्छ। उनीहरूले पनि अजभोलि आफ्नो छुट्टो पहिचानको खोजिमा "लामा" भन्नुमा गौरव गर्न थालेका छन्। तापनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्वय्.-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ जाति जसलाई यहाय्.त्र्का सामन्ती शासकहरूले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेयभावले सम्बोधन गर्ने गरेको थियो आज पनि छ। यही कुरा हाम्रो आधारभूत राष्टि्रय पहिचानका आधार भएको छ। यहाय्.त्र् सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरूको भाषा, संस्कृति र भेषभुषा एकरूपता र समता पाइन्छ।हाम्रो प्राचीन पहिरन मुख्य रूपमा उनबाट बुनेको बनेको हुन्थ्यो। जसमा आजभोलिको भाषामा स्योल्दो(छ्युपा), वख्खु, आङदुङ, पाङदेन, कीटी आदि मुख्य मौलिक पहिरन सम्पूर्ण बोद (भोट) क्षेत्रमा भेटिन्छ। त्यो हुम्लाका हुम्ली या मुगुका मुगाली होस् अथवा मनाङका मनाङगे, रसुवा, सिन्धपाल्चोकका तामाङ, सोलुका स्यार्पा, संखुवासभाका सिङसा, ताप्लेजुङ ओलाङचुङ गोलाका तोप्गेगोला सबैको एउटै हो। त्यस्तै मुगुका कार्मारोङबाहरूको या हुम्ली तामाङको भाषा आज पनि नुवाकोट, रसुवा, धादिङका तामाङ जातीको विभि195140 परम्परागत सांस्कृतिक अवसरहरूमा नाच्ने स्याब्रु नृत्य शैली र गाउने "बोमसाङ" गीत अर्थात् लुको भाषासँगठ्याक्कै मिल्छ। कतिपय गित त उस्तै पनि हुन्छ। यसो हुनाको मुख्य कारक तत्त्व बोद केन्द्रकृत सङ्घियता नै हो। त्यसकारण हामीलाई बोद अर्थात् भोट राष्ट्र र राष्टि्रयताका नेपाली भएकाले नै भोटको भोटे भनेर हेय् रूपको सम्बोधन मुख्य गरेर सामन्ती खस राष्ट्रवादीहरूले गर्ने गरेको हो।तसर्थ तामाङ, तमङ र तमु भनेको मनदेखिका भावनात्मक रूपमा गौरव पूर्ण मौलिक अभिव्यक्ति सहितको एउटै जाति वा राष्ट्रको पहिचान हो। १८औं शताब्दी अघिसम्म तामाङ भनेपछि हालको चिनिया तिब्बतको अधिनस्त क्षेत्र वाहेकका सबै बोद वा जडान हिमालयश्रृंखलामा बसोबास गर्नेहरू बोद अर्थात् भोट राष्ट्र वा जातिको नै हुन्। जब देखि भोट राष्ट्रको सङ्घात्मक स्वराज्यहरू खसअधिनायकत्वको मुठ्ठीमा परे तब देखिका जडान हिमालयश्रृंखलाका सबै जाति वा राष्ट्रहरूलाई लामा, लामाभोटे भनि हेयको भावनाले सम्बोधन गर्ने गरेको हो। यसरी सम्बोधन गरेबाट बोद(भोट) भन्नुले छुट्टो गणराज्यका (भारती, अमेरीकी भने झै) हो भन्ने कुरोको पुष्टि हुन्छ। एकै चोटी बोद राष्ट्रवादको नामनिसान मेट्न कठीन भएकै कारण गोर्खा राज्यका उदय र अवसान पछि पनि तामाङ जातिलाईे भोटे, लामा, लामा भोटे, घले, घले भोटे, आदि संज्ञा दिएर छुट्टो राष्ट्र र राष्टि्रयता व्यवहार गरेको छ। त्यसैले तामाङ जाति लार्के, मुस्ताङ, दोल्बो, मुगु लगायत माथिल्लो बोद (भोट) क्षेत्रका आदिम बासिन्दा हुन्।तापनि आजका तामाङहरूले त्यस ताका आफूलाई "हामी बाह्र तामाङ" भ195140ुमा नै बढी गर्व गर्ने गर्दथ्यो। तापनि आफ्नो सङ्घिय गणराज्य जाति वा राष्ट्रकै रूपमा "बाह्र तामाङ"(३ गाउले, १२ गाउँले अर्थात् १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ)भन्ने सङ्घियताको अवशेष अद्यावधि पाइन्छ। जहाँ प्राचीन सङ्घात्मक समाजिक व्यवस्था थियो। जसको प्राचीन अवशेष तामाङ जातिमा छ।हामी तामाङ नै होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासन कालमा पनि तत्कालीन ब्रिटिस सरकारका ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिलेदेखि नै तामाङ भनेर चिनिने कुरा "हामी बाह्र तामाङ" भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउय्.त्र् भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए। उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स.सम्वत् १९८९ भाद्र ६ का दिन तामाङलाई "लामाभोटे" नभनि "तामाङ" नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए।बहादुर जंगबीरले "हामी बाह्र तामाङलाई" भनी दाबी गर्नुले शासकहरूले "लामाभोटे" भनेर संबोधन गर्ने गरे तापनि आफू भित्र पहिलेदेखि नै जाति वाचक नाम "तामाङ" राष्ट्र र राष्ट्रियताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ। तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ। तामाङ जातिको ताले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने "माङ" शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत सङ्घिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रियताको पनि संकेत गर्दछ। यही बोद(भोट) जाति वा राष्ट्रको अर्को पर्याय विशाल, महान सङ्घ र बृहत्तर जनसंख्या भएको राष्ट्र(जाति)को ऐतिहासिकता र महत्वलाई नबुझ्ने र जाना-जान तामाङ जातिको ऐतिहासिक तथा प्राचीनताको अस्तित्व नस्विकार्ने र तामाङ जातिको महानतालाई होच्याउने नियतिले कोहीकोहीले तमकबाट तामाङ भए भन्ने संकोचित र कल्पित अर्थमा तामाङ शब्दलाई अर्थ्याउने गरेको पनि पाइन्छ।तामाङ वंशावलीमा तिब्बतीलाई बुझाउन "बोद" वा "बोअी", चीनलाई "ग्यामी" वा ग्यानाक, भारतलाई "ग्याकार", पाकिस्तानलाई "सहोरलीङ, अुरगेनलीङ", बर्मालाई "कामारलीङ", लङ्कालाई "बेतालीङ" भनिन्छ। बरु खसभाषि सामन्तहरूले आधिपत्य कायम गरेपछिको गोर्खा राज्यको तथाकथित एकीकरणको नाममा औपनिवेशिक विस्तार, सांस्कृतिक दमन, उपेक्षा र हस्तक्षेप पछि स्थापित गरेको गोर्खाराज्यको गोर्खाभाषा उर्फ खसनेपाली भाषामा तिब्बत र तिब्बतीलाई बुझाउने "भोट" शब्दको निर्माण तामाङभाषाको बोत(बोद) शब्दबाट भएको हो। अर्थात् भोट भन्ने शब्द तामाङ भाषाको बोद वा बोत शब्दबाट व्युत्पत्ति भएर बनेको हो। त्यसैले तामाङहरू आजका तिब्बती भूमिका तिब्बती होइन। तिब्बतीलाई बुझाउन तामाङ भाषामा बोद, बोअी तथा बोदकी म्ही वा बोअीम्ही र बोत्पा वा बोअीपा आदि शब्दहरूको प्रयोग गरिन्छ। यीनै तथ्यहरूले जुन बेला देखि उपर्युक्त देश वा राज्यहरू अस्तित्वमा आए त्यतिखेर देखि नै तामाङहरूको स्वराज्य गणराज्य जनपदहरूको रूपमा "ताम्सालीङ" भूगोलमा थियो जसलाई खसहरूले एउटै मानव सभ्याताका वा नश्लका भएकै कारण हामीलाई उनीहरूले हालको चीनीया तिब्बतीको रूपमा व्यवहार गरेको पाइन्छ। जसले वास्तव मै हामी पहिले छुट्टो राष्ट्र र राष्ट्रियता बोकेको गणराज्यका बासिन्दा हौं भन्ने कुराको सोझै पुष्टि हुन्छ।जबकी तिब्बतलाई बुझाउने तामाङ भाषाको शब्द बोदलाई नै तिब्बतीहरू बोअी भनेर उच्चारण गर्दछन् भने तामाङ भाषामा बोद नै उच्चारण गरिन्छ। यसले पनि तिब्बतीको तुलनामा तामाङ भाषा पुरानो भएको संकेत गर्दछ। अर्को कुरा तामाङभाषाको तोर्पो बोदबाट तोर्बोद अर्थात् माथिल्लो भोट अर्थमा प्रयोग हुने शब्दको उच्चारण तथा व्युत्पत्तिबाट तोबात, तुबात हुँदै तिबातबाट हालको तिब्बत शब्दको निर्माण भएको पाइन्छ। आज पनि नेपालमा लार्के, माथ्लो मुस्ताङ, माथ्लो दोल्बु (तामाङ वंशावली अनुसार वर्णनमा उल्लेख स्याङस्युङ, मुगु ग्याल्सा, पुराङक आदि) क्षेत्रलाई माथ्लो भोट क्षेत्र भनेर स्थानियस्तरमा भनिन्छ। यसले के सिद्ध गर्दछ भने बोद(बोअी) वा तिब्बती बुझाउने शब्द यथार्थमा प्राचीन होस या आजको तामाङ भाषामा आफ्नै एउटै भूक्षेत्रको तल्लो वा माथ्लो भूभाग भन्ने अर्थ बुझाउने शब्द भएकाले नेपालको भुगोल भित्रको तल्लो मार्पा, रोङपा बोद या माथ्लो भोट तोर्पा तोयपा बोद(भोट) यो क्षेत्र नै प्राचीन ताम्सालीङको भूभाग हो।विशाल र ठूलो समुदायलाई जनाउने "तामाङ" शब्द स्वयंले तामाङ राष्ट्रको महान तथा विशाल ऐतिहासिक भाषिक, सांस्कृतिक एकरूपतामा सङ्घिय अनेकता र ऐतिहासिक जाति अर्थात् राष्ट्र र राष्ट्रियताको रूपमा बुझाउने भएकाले बोद(भोट) प्राचीन सङ्घिय जनपदीय संरचना भित्रको एक बृहत्तर गण तामाङ जाति र जातीयता वा तामाङ राष्ट्र र राष्ट्रियता हो। जो आजको ताम्सालीङमा सिमित भएको छ।ताम्सालीङ भूगोल र सङ्घिय ताम्सालीङ गणराज्यको पुष्ट्याइःताम्सालीङ भन्नाले तामाङ जाति वा राष्ट्रियताको समग्र भूगोललाई बुझाउँछ। यहाँ राष्ट्र वा जाति बुझाउने "तामाङ" शब्द र "लीङ" अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टो भू-क्षेत्र वा प्रदेश वा महाद्विप र उपमहाद्विप वा महादेशलाई बुझाउन प्रयोग भइ आएको प्राचीन शब्द हो। यो तामाङ राष्ट्र वा जाति वाचक शब्द "तामाङ", मातृभूमि बुझाउने शब्द "सा" र विशाल भूगोललाई जनाउने शब्द "लीङ" यी तीन तामाङभाषाका शब्दहरूका बीचमा भाषाविज्ञानका ध्वनी परिवर्तन सम्वन्धि सिद्धान्त अनुसार तथा सन्धिका सिद्धान्त अनुसार सन्धि भइ (तामाङंसांलीङ. ताम्सालीङ) ताम्सालीङ शब्द बनेको हो।त्यस कारण तामाङ भाषामा ताम्बा मौखिक कथ्य परम्पराको इतिहाको वर्णनमा पनि प्राचीन जम्बुद्विपलाई जाम्बुलीङ, मध्येपूर्वलाई उरगेनलीङ तथा सहोरलीङ, मंगोलीया आसपास भूक्षेत्रलाई समदेनलीङ आदि लीङ प्रत्यय वा सर्ग जोडेर ठूलो भू-क्षेत्र वा भूगोललाई बुझाउने शब्दको रूपमा प्रयोग भएको पाइन्छ। कसैकसैले ताम्बासालीङ भनेर भनिय पनि "ताम्बा"(ताम पान्तीबा, ताम पाङबा-कथ्यबाट व्युत्पत्ति भइ बनेको शब्द) शब्द तामाङको प्राचीन उदगम स्थल तथा वर्तमान ताम्सालीङकै सबै तामाङ भूभाग र समुदायमा परिचित र प्रचलनमा छैन। तर विशाल भूक्षेत्र बुझाउन भने लीङ प्रत्ययको प्रयोग सबै तिर भइ रहेको पाइन्छ। त्यसकारण विशाल तामाङ भूगोल तथा प्राचीन सङ्घिय तामाङ गणराज्यलाई बुझाउने शब्द "ताम्सालीङ" भाषावैज्ञानिक दृष्टीकोण र तामाङ जातिको प्राचीन मौलिक इतिहासको अध्ययनले पनि तामाङ जातिको ऐतिहासिक भुगोलको पहिचान बुझाउने शब्द हो भन्ने पुष्टी गर्दछ।तामाङ जातिको केन्द्रकृत राज्यको बारेमा स्पष्ठ तथ्य फेला नपरे पनि हामी आदिवासी जनजातिहरूको सबैको छुट्टा छ्ट्टै सङ्घिय गणराज्यहरूको अवशेषका रूपमा भने अझै विभिन्न स्वरूपमा भेटिन्छ। जसमा संयुक्त गाउँ( बाह्र तेमाल, बाह्र गोरस्याङ, बाह्र मगरात, दस लिम्बुवान) वा सभाहरू थुप्रै पाइन्छ। तराइका दनुवार, थारु लगायतमा पाइने "सौराठ" जातीय सङ्घिय सभा हो। यसको निरनतरता "थरूहट" त्यस्तै तामाङहरूको "बाह्र तामाङ", लिम्बूको "दश लिम्बूवान", मगरको "बाह्र तथा अठ्ठार मगरात", मुस्ताङे थकालीको "बाह्र गाउँले" आदि नेपालका जाति जनजातिहरूको प्राचीन सङ्घिय गणराज्यका अवशेषहरू हुन। यही अवधारणाका आधारमा तामाङ जातिको बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि सङ्घिय केन्द्रीय गणराज्यहरूका अवशेष नै हुन भन्न सकिन्छ। यी नै बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि प्राचीन गणराज्य नै आजका तामाङ राष्ट्र, राष्ट्रियता(जाति र जातीयता)को भूभाग अर्थात ताम्सालीङ हो। नेपालमा आजको नयाँ परिवेसमा यहाँका तामाङ जातिले चाहेको स्वयत्त भूमि अर्थात् ताम्सालीङ स्वायत्त गणराज्य भनेकै यही ताम्सालीङ हो।यहाँ ताम्सालीङ राज्य भन्नाले नेपाल भन्दा छुट्टो तामाङ मुलुक भन्न खोजेको होइन। बहुजातिय बहुराष्ट्रिय नेपाल राज्यमा २४० वर्ष देखि सत्तासीन जातिको एकभाषी, एकधर्मालम्बीको मात्र सर्वसत्तवादी हावीको कारण उपेक्षा र उत्पीडनबाट मुक्त हुने क्रममा भर्खर बन्न लागेको सङ्घीय नयाँ नेपालको राज्यपुनःसंरचनाको अपयिरहार्यता आवश्यकतालाई आत्मसाथ गर्दै नेपालको भुगोल भित्र ऐतिहासिक रूपमा आफ्नो एउटा छुट्टो पहिचान र गौरव बोकेको गणराज्यका अवशेष र विशेषताहरूको समग्र अस्तित्वलाई जिनतीन बाचइ आएका तामाङ राष्ट्र(जाति)को भुगोल ताम्सालीङको कुरो मात्र गरिएको हो।नयाँ नेपालको नेपाली राष्ट्र र राष्ट्रियताको पहिचान भनेको क्षेत्री बाहुनको अर्थात् खस-जातिको खस राष्ट्र र खस-अहंकारी राष्ट्रवाद, खसभाषा र खस-संस्कृति मात्र होइन नेपालका भूमी पुत्रहरू आदिवासी जनजाति लगायत नेपालको भुगोल भित्रको सम्पूर्ण राष्ट्र(जाति) र राष्ट्रियताको पनि हो नेपाल।तसर्थ तामाङ, गुरुङ, मगर, राइ, लिम्बू, नेवार, मैथिल, भोजपुरा, अवध, थारु, धिमाल, कोचे, मेचे, होलुङ, तोप्केगोला, सेर्पा आदि आदिवासी जनजातिको भाषा, धर्म, सस्कृति नेपाल कै नेपाली राष्ट्रियता र पहिचान हो। तर नेपाल गणतन्त्र मुलुक घोषणा भएतापनि यहाँ खसराष्ट्रको (जातिको) भाषा, धर्म, संस्कृतिले वाहेक नेपालमा अरू राष्ट्र(जाति)ले समान व्यवहार प्राप्त भएको छैन। त्यस्तै मध्ये एक उपेक्षा र दमनमा परि राखेको तामाङ राष्ट्र र राष्ट्रियता नेपालमा छुट्टो मौलिक पहिचान बोकीराखेको अहिलेका अधिकांस राजनैतिक दलहरूको मानस पटलमा नकोरिएको वा जानाजान उपेक्षामा पारिएको एउटा भुक्षेत्र ताम्सालीङ हो जसलाई सङ्घिय नेपालको एउटा गणराज्य बनाइनु पर्छ।सङ्घिय ताम्सालीङ गणराज्यका अवशेष तथा रुम्बा, अुअीबा(वाअीबा) र दोङ थरका तामाङ गणराज्य प्रमुख:ताम्सालीङ भुगोल भित्र अझै प्राचीन तामाङ सङ्घिय गणराज्यका थोरै अवशेषहरू रहेको कुरा माथि नै पुष्टि भइ सकेको छ। जुन कुरा तामाङ जातिको वंशावलीमा उल्लेख भएको पाइन्छ। तामाङको छुट्टो गणराज्यहरू नहुँदो हो त, तामाङ वंशावलीहरूमा तामाङ भाषामा छिमेकका गणराज्यहरूको नाम तथा तीनको वर्णनहरू, वृतान्तहरू पनि नहुनू पर्ने हो। आजभोलिससम्म दरबारका भग्नावशेष वाहेक थुप्रै गणराज्यहरू अर्थात् सय्.-साना कविला वा गाउँका संघनायक ग्याल्बो-ग्ले (राजा)हरूको नाम र वर्णन तामाङ जातिका विभिन्न थर(कविला-समूह)का उत्पत्ति तथा राजघरानाको वृतान्त पाइन्छ। गणराज्यको स्वरूप र कविलाई गणराज्यका संघनायक राजाहरूको स्वभाव भने सामन्ती भुरेटाकुरे प्रकृतिका थियो भन्न सकिने आधार पाइन्छ।यसको दसीको रूपमा मुस्ताङ भोटको जोङसोम लगायत धादिङ जिल्लाको सेमजोङ, सल्यानटारका याबेङ खोलाको नजीकका ग्ले(घले) सङ्घ वा गणनायक राजाका दरवारका भग्नावशेष, रसुवाका गोलजोङका संघ195ङ्गगणनायक ग्ले(घले) राजाको दरबार र किल्लाहरूको भग्नावशेष, नुवाकोट ककनीका रुम्बा थरका गणनायक अर्थात् राजाको दरबार र तीनको भग्नावष, तेमाल काभ्रेका रीन्जीन दोर्जे दोङको दरबार, रामेछापको ताल्ज्युका ग्हीसीङ राजाका दरबारका भग्नावशेष आदि तामाङ गणतन्त्रात्मक सङ्घीय तथा स्वराज्यहरूको अस्तित्व र अवशेष भेटिन्छन्।यी नै प्राचीन ताम्सालीङ क्षेत्र देखि वर्तमान ताम्सालीङ क्षेत्रहरूमा बाह्र साना गणराज्यहरूको जनप्रतिनिधि मूलक १२ तामाङको केन्द्रीय सङ्घिय गणराज्य प्रणालीको अवशेषका रूपमा (१२ जनाको जनपद वा सङ्घिय स्वरूप) जन समिती वा सभा वा परिषद वा संगठन पूर्वमा "१२ तेमाल", मध्येमा "१२ लाच्याङ", "मध्य पश्चिममा १२ गोरस्याङ" र पश्चिममा मुस्ताङ भोट क्षेत्रमा जोङसोम भेगमा "१२ गाउँले"(थकाली तमङहरूको १२ गाउँको प्रतिनिधि रहेको जन संगठन आज पनि छ) आदि अझैसम्म सङ्घिय प्रणालीका गणराज्य व्यवस्थाको अवशेषका रूपमा रहेको पाइन्छ।यी मध्ये केन्द्रीय तामाङ गणराज्यहरूमा बाह्र गोर्स्याङ अर्न्तगत पश्चिम १ नम्बर त्रिशुली नदीबाट पश्चिम २ नम्बर सम्मका प्राचीन तामाङ कविला तथा वस्तीहरू पर्दछ र अुअीबा थरको दाकुर अुअीबा, तत्कालीन बाह्र गोर्स्याङ तामाङ गणराज्यका सबैभन्दा अन्तिम सङ्घ वा गण नायक वा प्रमुख थिए। उनको गणराज्यको केन्द्र सेमजोङ थियो। भने बाह्र लाच्याङ अर्न्तगत त्रिशुली नदी देखि पूर्व सिन्धुपाल्चोक, दोलखा छेउसम्म अर्थात् पूर्व १ नम्बरका उत्तरी भेग पर्दथ्यो। बाह्र लच्याङ गणराज्यको अन्तिम संघका गण नायक वा प्रमुखको रूपमा ग्याल्बो देउसिं बारु तामाङ जातिको रुम्बा थरका थिए। त्यसैगरी बाह्र तेमाल अर्न्तगत हालको काठमाडौंको दक्षिण पूर्व ललितपुर, काभ्रे दाप्चा, तेमाल, कोशीको पारी हुँदै पूर्वको दुःधकोशी सम्मका गाउँ तथा कविलाहरू पर्दथ्यो सो गणराज्यको केन्द्र तिमाल र त्यसको अन्तिम गण प्रमुख दोङ थरका रीन्जेनदोर्जे तामाङ थिए भन्ने कुरा तामाङ जातिको वंशावली तथा मौखिक इतिहासका अवशेषहरूको अध्ययनले देखाएको छ। यी क्षेत्रहरू नै प्राचीन समय देखि आजसम्म पनि तामाङ बाहुल्य क्षेत्र कै रूपमा रहेका छन्।उपत्यकाको उत्तर पश्चिम कुनाको डाडाय्.त्र्मा बाह्र लच्याङ गणराज्यको सङ्घ वा गण नायक वा प्रमुख ग्याल्बो देउसिं बारुको जोङ (राजधानी) कारकानीमा(ककनी) थियो। उनको माइलो भाइ साङग्ये रुम्बा बौद्ध धर्मका सिद्ध लामा थिए। उनको हालको नागारजुन रानी बन क्षेत्र जामाचोमा गुम्बा थियो। उनको सन्तानहरू जामाचो भेगमा नै बस्थ्यो। अहिले मुडखु चेक पोष्ट भएको स्थानबाट अलि माथि नागारजुन पछाडी रुम्बाहरूको बस्तीको भग्नावशेषहरू आज पनि देख्न पाइन्छ।आजभोलिको रानी बन (रानी बगैचा) बनाउन राज्यले अधिकरण गरेपछि जामाचोको रुम्बा वस्तीलाई आजभोलिको वैखुमा १०० रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जग्गा मुआब्जामा दीइ (साङग्ये बारुको सन्तानहरूलाई) जामोचोबाट सारेको कुरा स्थानीय सम्भुलामा र उनका काकाहरूले बताउँ छन्। यहाँ कै रुम्बाका सन्तान एक समूह काठमाडौंको स्वयम्भू र अर्को एक समूह बौद्ध परिसरमा गुम्बामा पूजापाठ सञ्चालन गरेर बसेको भेटिन्छ। वैखुका रुम्बा लामाहरूलाई सेरतो(सेर्बा) असिना रोक्ने फीरफीरे(हावाको पंखा) हालेर धार्मिक विधि गरेर असिना रोक्नेकाम मल्लकाल बेखि राणा कालसम्मका सरकारबाट जिम्मा पाएका देखिन्छ। त्यस वापत जनताबाट माना पाथि अन्न पारिश्रमिक उठाउन पाउने हकबारे लिखित इस्तीहार जारी गरी दिएको पाइन्छ। जसमा ठमेल भगवान बहाल देखि किर्तिपुर सम्मको क्षेत्र तोकेको थियो।रूम्बा ग्लेका बारेमा यस्तो जनस्रुति पाइन्छ। भनिन्छ "ककनीका रुम्बा र पाख्रीन बीचमा ठूलो युद्ध र बिबाद भएपछि रुम्बाहरूबाट पाख्रीनहरूको वंश नै नास हुने गरी युद्ध भए। त्यसबेला रुम्बा कै छोरी चेली पाख्रीनको बुहारीको कोख रहेका भान्जा पाख्रीनले ककनीका ढुङ्गे धारामा नुहाउय्.त्र्दै गर्दा तीरले हानेर मामा रुम्बा ग्याल्बो (संघ नायक)को हत्या भएपछि रुम्बा ग्याल्बो (संघ वा गण नायक)को अन्त्य भयो अरे भन्ने मौखिक आख्यान अज पनि सुन्न पाइन्छ।रुम्बा ग्याल्बोका ग्याल्खाङको विभिन्न अवशेषहरू नुवाकोट जिल्लाका काकानी अर्थात् ककनी डाँडोको जङ्गल भित्र रहेको कुरा ककनीका बासिन्दाले आज पनि बताउने गरेको छ।यस्तै भग्नावशेषहरू र मौखिक आख्यानहरू बाह्र तेमालका दोङ ग्याल्बो, बाह्र गोरस्याङका अुअीबा ग्याल्बोको पनि रहेको पाइन्छ। त्यसकारण प्राचीन तामाङ संघिय गणराज्यको अवशेष ताम्सालीङ हो। यही तथ्यले ताम्सालीङ आजको संघीय गणराज्य हुन सक्ने दह्रो आधारशीला खाडा गरी दिएको छ। ताम्सालीङ भूगोल र संघिय ताम्सालीङ गणराज्यको पुष्ट्याइः ताम्सालीङ भन्नाले तामाङ जाति वा राष्ट्रियताको समग्र भूगोललाई बुझाउँछ। यहाँ राष्ट्र वा जाति बुझाउने "तामाङ" शब्द र "लीङ" अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टो भू-क्षेत्र वा प्रदेश वा महाद्विप र उपमहाद्विप वा महादेशलाई बुझाउछ।
लोक बाजाहरू[सम्पादन गर्ने]
तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
||||||||||||||||