तारानारायण श्रेष्ठ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एकिकृत नेकपा माओवादीका तर्फबाट रामेछाप -१ बाट प्रत्यक्ष तर्फ विजयी संविधान सभा सदस्य तारानारायण श्रेष्ठ पार्टीको सही राजनैतिक बीचार र जनतामा रहेको पार्टी प्रतिको विश्वास नै आफ्नो विजयको आधार मान्नुहुन्छ।
३६ वर्ष अगाडि रामेछापको कठजोर गाविस वडा नं. ६मा निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मनु भएका श्रेष्ठ २०४७ साल देखि नेकपा एमालेबाट राजनीतिमा प्रवेश गर्नुभएको हो।
एमाले भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा आवद्ध भएर राजनैतिक यात्रा थाल्नुभएका श्रेष्ठ २०५८ सालमा माओवादीको जनसरकार अन्तरगत वडा प्रमुख भएपछि भूमिगत हुनुभएको थियो।
जनयुद्धमा होमिएपछि श्रेष्ठ रामेछाप क्षेत्र नं. १को क्षेत्रीय इन्चार्ज र जिल्लाको उपसचिवको जिम्मेवारी पुरा गरिसक्नुभएका श्रेष्ठ अहिले माओवादीको राज्य समितिको सदस्य पनि हुनुहुन्छ।
बच्चादेखि नै विद्रोही स्वभावका श्रेष्ठ जिल्लामा खरो नेताको रूपमा चिनिन्छन्। फुर्सदको समयमा मार्क्सवादी अध्ययन गर्न रुचाउने श्रेष्ठको औपचारिक अध्ययन स्नातक तह सम्म गर्नुभएको छ। एक श्रीमती, २ छोरा र एक छोरीका बाबु श्रेष्ठ संविधान सभामा शोषीत पिडित उत्पीडित वर्गका निम्ति समय खर्चिने बताउनुहुन्छ। [१]