तिम्सिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिमिल्सिना नेपालमा बसोवास गर्ने बाम्हमण जाति हो । तिमिल्सिनाहरूको गोत्र मौद्गल्य हो । वि.स‌ं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरी नेपालका विभिन्न भूभागमा वसोवास गरेको पाइन्छ । वि.सं‍ ६०८ तिर सिञ्जापति नरेश मयुरभञ्जनपालबाट लालुभट्टका तीन छोरा ईला भट्ट, विशा भट्ट, वासु भट्टले अछाम जिल्लाको तिमैल्सैन गाउँ विर्ता पाएका थिए । यही तिमैल्सैन गाउँ नै यस थरको उत्पति स्थलको रूपमा मानिन्न । यही स्थानमा आई वसोवाश गरेका कारण ईला भट्ट, विशा भट्ट, वासु भट्टका सन्तानहरू तिमिल्सिना थरले कहलाए । विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमिल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन पनि हुन गयो । यस अनुसार तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ। तिमिल्सिनाहरू देशको ७७ जिल्लामा वसोवास रहेको पाइन्छ । तिमिल्सिनाहरूले पछिल्लो समयमा आफ्ना बन्धुबान्धवहरू सङ्गठित हुने प्रयासमा रहेका छन् । जसको लागि तिमिल्सिना समाज नेपाल स्थापना भई हाल क्रियाशिल छ । यस संस्थाको केन्द्र, प्रदेश, जिल्ला, हुँदै गाउँ/नगरका वड समितिहरू समेत क्रियाशील रहेका छन् ।

उल्लेखनीय तिम्सिना[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]