तिर्थराम डंगोल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
तीर्थराम डंगोल
काठमाडौं, कुलेश्वर निवासी ५७ वर्षीय तीर्थराम डंगोल संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पार्टीमा जुझारु नेताका रूपमा चिनिने डंगोलको राजनैतिक यात्रा २०२४ सालमा शुरु भएको हो, जुनवेला उहाँ विद्यार्थी हुनुहुन्थ्यो। विभिन्न समयमा गरी ६ वर्ष जेल जीवन विताएका डंगोलले नेपाली काङ्ग्रेस, काठमाडौं जिल्ला सभापति र स्वास्थ्य राज्यमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।
राजनीति बाहेक अन्य पेशा नभएका डंगोल समाजसेवामा विशेष रुचि राख्नुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। देशबाट निरंकुश राजतन्त्र हटाई लोकतन्त्र स्थापना गर्ने प्रतिगमनविरोधी आन्दोलनमा उहाँ विशेष सक्रिय हुनुहुन्थ्यो। संविधानसभामा नागरिकका मौलिक अधिकार र प्रजातान्त्रिक मूल्य-मान्यताको संवर्धनलाई प्रमुख मुद्दाका रूपमा उठाउने उहाँको प्रतिबद्धता रहेको छ।