तिलक परियार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत बाँके १बाट विजयी संविधान सभा सदस्य तिलक परियार 'हिम्मत' रोल्पा लिबाङमा जन्मनुभएको हो। परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत हुनुहुन्छ। स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएका परियार लामो समय भारतमा बसेर पनि पार्टीको काम गर्नुभयो। भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सराइ गर्नुभएका परियार जनयुद्धको बेला बाँके वरपर नै खट्नुभएको थियो। २०२८ सालदेखि राजनीतिमा लाग्नुभएका परियार विपन्न दलित परिवारमा जन्मनुभएको थियो। फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेहरू मध्येमा गनिनुहुन्छ। अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहनुभएका परियारले दलित जातिको मुक्तिको लागि संविधानमा नै सुनिश्चित गराउनु अफ्नो पहिलो एजेण्डा हुने बताउनुहुन्छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा