तिलहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिलहरी नेपाली गहना हो । यो एक इञ्चदेखि तीन इञ्चसम्म लामो औंला जत्रो मोटो काँडे ढाँचामा ढालिएको सुनको धुङ्ग्राे हो । यसलाई पोतेको गुच्छामा उनेर छातीमाथि बस्ने गरी लगाइन्छ । तिलहरी मा पनि माईली तिलहरी,छड्के तिलहरी,सि तिलहरी र जुलि तिलहरी विशेष प्रचलनमा रहेकाे छ ।याे नेपालमा मात्र पाईने प्रचलित गहना हाे ।याे गहना नेपालमा परापुर्वकालदेखि चलनचल्तीमा रहेकाे गहना हाे । यो लम्बाइमा कण्ठहार जस्तै गलामा लगाइने विवाहित महिलाको गहना हो । विभिन्न जातिको बिहेमा बेहुलाले बेहुलीलाई पनि लगाइदिन्छन् । सानो तिलहरी आधा ईन्च देखी तिन ईन्चसम्म लामो औला जत्रो मोटो काँडे ढाँचामा ढालिएको सुनको ढुङ्ग्रो हो । यो गहना बिबाहित महिलाको गहना हो र बिभिन्न जातिको बिबाह समारोहमा बेहुला पक्षबाट बेहुलीलाई लगाईदिन्छ । यो गहना सौभाग्यको प्रतिक पनि मानिन्छ ।छड्के तिलहरी करिब ३.५" लम्बाइ र १.५" मोटाई गोलाकारमा बनेको हुन्छ भने  तिलहरीहरु पोटेको गुच्छामा बुनि बिबाहित महिलाले कम्मर मुनि सम्म लगाउने( छड्के तिलहरी ) गर्दछ । बिशेष गरी छड्के तिलहरी ठुला ठुला चाँडपर्व तथा भोजभतेर को बेला लगाउने गर्दछ ।छड्के तिलहरि तथा अन्य प्रकारका तिलहरीहरुमा मा काँडेदार बुट्टा, फुल बुट्टा  र धर्का  बुट्टा कुँडेको हुन्छ ।