तिलौराकोट
तिलौराकोट कपिलवस्तु जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।
विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ। जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षबिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो।
सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा रहेको तिलौराकोटमा अहिले जीर्ण भइसकेका तीन वटा भग्नावशेष मात्र बाँकी छन्। यी तीनै वटा भग्नावशेषको अवस्था दयनीय छ।
संरक्षणको अभावमा भग्नावशेषका इँटाहरू बेलाबेलामा उक्किएर खस्ने गरेका छन्। त्यस्तै प्राचीन भग्नावशेषका पर्खालहरू ढलेका छन् भने प्राचीन इँटा र ढुङ्गाहरू यत्रतत्र छरिएका छन्। तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन्।
|
|||||