तुलबहादुर माझी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अल्पसंख्यक माझी जातिको संविधानसभामा प्रतिनिधित्व गर्ने एक मात्र सभासद् हुनुहुन्छ तुलबहादुर माझी 'जेबी'। ०४६ देखि राजनीतिमा लाग्नुभएका माझी थालनीमा मोहनविक्रम सिंहको मसालको गाउँ कमिटीमा हुनुहुन्थ्यो। मसालबाट विद्रोह गरी माओवादीसँग एकता गर्ने शितलकुमारसँगै उहाँ आउनुभएको थियो।
उहाँ लडाकु दल, स्क्वाट कमाण्डर र ०५२मा माओवादी सिन्धुली सदस्य हुनुभयो। उहाँ ०५४मा प्लाटुन सहकमाण्डर र ०५८ देखि माझी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष हुनुहुन्छ। उहाँ ०६०मा क्षेत्रीय ब्युरो सदस्य र हाल उहाँ माओवादी राज्य समिति सदस्य हुनुहुन्छ।
४० वर्षीय माझी ९ कक्षा मात्र पास गर्नुभएको छ। राज्यको पुनर्संचनामा अल्पसंख्यक जातिको पनि स्वायत्त प्रदेशमा स्वशासित इलाका घोषणा गराउन आफूले संविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा रहेको छ। [१]