तुलसीलाल अमात्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ठ नेता हुन्। उनको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो।

उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहे। भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलोपटक ६ महिना जेल परे।

२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता निर्वाचित भए।

सन् १९४५मा नेपाल मजदूर किसान संगठनको निर्माण गरी संस्थापक अध्यक्ष, सन् १९६१मा बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि 'नेकपा (अमात्य)'को गठन एवम् नेतृत्व सम्हाले। सन् १९७९मा आममाफीपछि देश फर्के।

२०४६ सालको जनआन्दोलनमा संयुक्त बाममोर्चाको मानार्थ अध्यक्ष, नेकपा (एमाले)को पाँचौँ अधिवेशनपछि उनी सो दलमा समाहित भए।

सन् १९३८मा त्रिचन्द्र कलेजबाट स्नातक, सन् १९४३मा भारतको लखनउबाट अर्थशास्त्रको स्नातकोत्तर गरेका अमात्य राजनैतिक जीवनक्रममा सन् १९४८मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहेका थिए। सन् १९६०मा पञ्चायती शासनकालमा उनको सर्वस्वहरण गरियो।

सन् १९५०मा दिल्ली सम्झौताको विरोध गरेबावत उनी मोतिहारी जेलमा आठ महिना बन्दी भए।

'कुन बाटो', 'राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम', 'समाजवादी दलको संगठनात्मक समीक्षा' जस्ता पुस्तक लेख्ने अमात्य नेकपा (एमाले)को पहिलोपटक सरकार बनेका बखत चीनका लागि नेपाली राजदूत थिए। उनको निधन २०५४ साल साउन १७ गते भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा