तुलसी सुव्वा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
तुलसी सुव्वा
तेह्रथुम क्षेत्र नं. १ बाट निर्वाचित तुलसी सुब्बा (तुम्बाहाम्फे) नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०५८ सालमा काङ्ग्रेस प्रवेश गरेका ५३ वर्षीय सुब्बा २०३४ सालदेखि राजनीतिमा संलग्न हुनुहुन्छ। पञ्चायतबाट राजनीति शुरु गरेका सुब्बा २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य र २०४० सालमा कृषि सहायक मन्त्री हुनुभएको थियो। २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) का संस्थापक केन्द्रीय सदस्य हुनुभयो। २०५६ सम्म उहाँ राप्रपामै आबद्ध हुनुहुन्थ्यो। सभासद सुब्बाले २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा तेह्रथुम क्षेत्र नं. १ बाट निर्वाचन लड्नु भएको थियो। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा उहाँ पक्राउ पर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक सुब्बा एक छोराका पिता हुनुहुन्छ। राजनीति बाहेक उहाँ कृषि पेशामा आबद्ध हुनुहुन्छ र समाजसेवामा रुचि राख्नुहुन्छ। हाल नेपाली काङ्ग्रेस महासमिति सदस्य सुब्बा पार्टीको नीति र लोकतन्त्रप्रतिको जिल्लावासीको लगावले गर्दा आफू संविधानसभामा विजयी भएको बताउनुहुन्छ। सङ्घात्मक राज्यको वैज्ञानिक आधार किटान गर्ने र लोकतन्त्र तथा मानव अधिकार सुनिश्चित गर्ने मुद्दाहरू संविधानसभामा प्रमुखतासाथ उठाउने उहाँको अठोट छ।