तुल्सी गिरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

उनी नेपालमा "पन्चायत ब्यबस्थाको जननी" मनिन्छन्|र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्| उनी लामो समय देखि बिदेश्मा बस्दै आएका थिए,,नेपालमा माघ १९ गतेको राजनैतिक घटना पछि नेपाल आएका हुन्|




References[सम्पादन गर्ने]