तृणमूल कांग्रेस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अल इंडिया तृणमूल कांग्रेस (संक्षिप्तमा टीएमसी, AITC, या तृणमूल कांग्रेस) पश्चिम बंगाल राज्यको एउटा राजनैतिक पार्टी हो। १ जनवरी, १९९८ मा, भारतीय राष्ट्रिय कांग्रेसको पश्चिम बंगाल राज्य शाखाबाट बिद्रोह गरी केही नेता कार्यकर्ताहरूले यसको स्थापना गरेका हुन। यो पार्टी केन्द्रिय रेल मंत्री ममता बनर्जीको नेतृत्वमा छ। तृणमूल कांग्रेस वर्तमान सत्तारूढ संयुक्त प्रगतिशील गठबंधन (संप्रग) गठबंधनको दोस्रो सबैभन्दा ठूलो सदस्य हो। यो वर्तमानमा १९ सीटको साथ छैटौं लोकसभामा सबैभन्दा ठूलो पार्टी हो।

सर्वभारतीय तृणमूल कांग्रेस

इतिहास[सम्पादन गर्ने]

पार्टीको गठन[सम्पादन गर्ने]

पार्टीको संस्थापक नेता ममता बनर्जीले शुरूमा पश्चिम बंगालमा कांग्रेस पार्टीबाट राजनैतिक कैरियर शुरू गरिन। १९९१ मा, प्रधान मन्त्री पि. भि. नरसिह रावको सरकारमा मानव संसाधन विकास, युवा तथा खेलकुद लगायत महिला तथा बाल विकास मन्त्रीको रूपमा सरकारमा थिईन। १९९३मा बजेट माथिको अन्तर बिरोधको कारण उनी फिर्ता आईन। त्यसपछीको बर्षमा उनी कांग्रेस पार्टीको नेतृत्व लिईन जसलाई उनीहरूले धेरै पटक राजनैतिक रूपमा प्रमुख कम्युनिस्ट पार्टिबाट प्रभुत्व जमाएको पश्चिम बंगाल राज्य तर्फ दुबिदापरक नीति भएको सोचद थिईन, सार्वजनिक रूपमा तिखो रूपमा । अन्तमा, २२ डिसेम्बर १९९७मा उनी काँग्रेस पार्टिबाट निस्कासनमा परिन र उनको समर्थकहरू साथ पार्टि गठन गरिन, जो ठूलो रूपमा काँग्रेस पार्टिबाट आएका थिए। उनले आफ्नो पार्टीको नाम "तृणमूल कांग्रेस" राखीन, जसलाई भारतीय निर्वाचन आयोगमा मध्य डिसेम्बर, १९९७को समयमा दर्ता गरियो। चुनाव आयोगले पार्टीलाई जोर घाँस फुलको एउटा विशेष चिन्ह दियो। उनी १९९९मा भाजपासँग गठबंधनमा प्रवेश गरिन।

चुनावमा प्रदर्शन[सम्पादन गर्ने]

१९९८को लोकसभा निर्वाचनमा टीएमसीले सात सीट जित्यो[४]। एउटा अर्को लोक सभा निर्वाचन १९९९मा आयोजित गरिएको थियो, जसमा तृणमूल कांग्रेसले भाजपाको साथ ८ सीट जित्यो, एक गरेर यस प्रकार संख्या बढी रहेको छ।[५] २००० मा, टीएमसीले नगरपालिका निर्वाचन जित्यो, कोलकाता नगर निगमको निर्वाचन। २००१ विधान सभामा निर्वाचनमा टीएमसीले कांग्रेस (आई)को साथ ६० सीट जित्यो।[६] २००४को लोकसभा निर्वाचनमा टीएमसीले भाजपाको साथ १ सीट जित्ने काम गर्‍यो। [७] २००६ विधान सभा निर्वाचनमा टीएमसी भाजपा के साथ ३० सीट जित्यो।

नंदीग्राम आंदोलन[सम्पादन गर्ने]

डिसेम्बर २००६मा नंदीग्रामको मानिसहरूलाई हल्दिया विकास प्राधिकरण द्वारा सूचना दिईएको थियो कि नंदीग्रामको ठूलो भाग अधिग्रहण गरिनेछ र लगभग ७०,०००० मानिसहरू आफ्नो घरबाट निकालामा पर्ने छन्।[८] मानिसहरूले यस भूमि अधिग्रहणको बिरुद्ध आंदोलन शुरू गरे र तृणमूल कांग्रेसले आंदोलनको नेतृत्व गर्‍यो। भूमि उच्छेद् परिषद समिति (BUPC) भूमि खोस्न र बेदखलीको बिरुद्द बनाईयो। १४ मार्च, २००७मा प्रहरीले गोली चलायो र १४ ग्रामीणहरूलाई मार्‍यो। धेरै जना हराए। धेरै सूत्रहरूले दावा गरेका छन, जसलाई सीबीआईले आफ्नो रिपोर्टमा समर्थन गरेको थियो, की पुलिसके साथ साथै माकपाका सशस्त्र कार्यकर्ताहरूले नंदीग्राममा प्रदर्शनकारी माथिर गोली चलाए। [९] ठूलो संख्याका बुद्धिजीविहरूले सडकमा विरोध गरे र यो घटनाले एउटा नया आंदोलनको जन्म दियो। तृणमूल कांग्रेसको नेता सुवेन्दु अधिकारी (वर्तमानमा तामलुकको सांसद)ले आंदोलनको नेतृत्व गरेका थिए।

सिंगुर आंदोलन[सम्पादन गर्ने]

२००६ मा, पश्चिम बंगाल सरकारले सिंगुरमा १००० एकड भूमि अधिग्रहण गरेर टाटा समुहको लागि एउटा कार कारखानाको स्थापना गर्ने निर्णय गर्‍यो। यो अधिग्रहणको बिरुद्द यस क्षेत्रका मानिसहरूले प्रतिवाद गरे र तृणमूल कांग्रेसले अधिग्रहणको बिरुद्द खटिएका किसानमा अग्रणी भूमिका खेल्यो। विरोध निरन्तर चलिरयो र तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले भूख हडतालको गईन। आंदोलनले मानव अधिकार समूह, कानूनी निकाय, मेधा पाटकर, अनुराधा तलवार, बुकर पुरस्कार विजेता लेखक अरुंधति रय, र मैगसेसे एवं ज्ञानपीठ पुरस्कार विजेता महाश्वेता देवी जस्ता लेखक, सामाजिक कार्यकर्ताहरूको एक वर्गबाट समर्थन प्राप्त गर्‍यो।[१०] २००८ मा, टाटा समूहले सिंगूरबाट बाहिर निस्कने फैसला गर्‍यो र संभावित नौकरियहरूको नोक्सानीको लागि तृणमूल कांग्रेस माथी दोष थोपार्‍यो।

२००९को आम निर्वाचन[सम्पादन गर्ने]

२००९को लोकसभा निर्वाचनमा तृणमूल कांग्रेस र उसको सहयोगीहरूले पश्चिम बंगालमा २६ सीट जिते। टीएमसी आफैले १९ सीट जित्यो। छ वटा कांग्रेसले जित्यो र अरु एउटा SUCI ले।[१]

२०१०को नगरपालिका निर्वाचन[सम्पादन गर्ने]

तृणमूल कांग्रेसले १४१ मध्येको ९७ सीट ल्याएर कोलकाता नगर निर्वाचन जित्यो। तृणमूल कांग्रेसले प्रसिद्ध बिधाननगर (SaltLake) नगर पालिका र अरु बहुसंख्यक नगर पालिका पनि जित्यो। [११]

बाह्य कडी[सम्पादन गर्ने]

पार्टीको वेबसाईट