तेज बहादुर मिजार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीको तर्फबाट काभ्रे- ४बाट प्रत्यक्ष तर्फ विजयी संविधान सभा सदस्य तेजबहादुर मिजार दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ। पार्टीको सही राजनैतिक धार र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण भएको मिजारको भनाई छ।

लामो समयसम्म कीटनाशक औषधीको व्यापार गर्नुभएका मिजारले नुवाकोटको रसुवा भन्ने ठाउँमा तीन वर्ष शिक्षण पेशा पनि अपनाउनुभयो। २०३६ साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला सुरु गर्नुभएका मिजार २०४५ साल पछि नेकपा मशालमा सक्रिय हुनुभएको थियो। २०५६ सालमा एकिकृत नेकपा माओवादीमा आबद्ध भएमा मिजार त्यसपछि भूमिगत हुनुभएको थियो। पार्टी भित्र विकास उपनामले चिनिने मिजार हाल नेवा राज्य समितिको सदस्य पनि हुनुहुन्छ।

२०१८ साल बैशाखमा काभ्रेको पाँचखाल -७, दुलालथोकमा जन्मनु भएका मिजारले माध्यमिक तहसम्मको अध्ययन गर्नुभएको छ। गरीब दलित परिवारमा जन्मनुभएका मिजारले पार्टी घोषणा पत्र अनुसार गरीब वर्गको उत्थान हुने संविधान लेख्नमा आफू केन्द्रित हुने बताउनुभयो। [१]

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

  1. संविधान सभा निर्वाचन पोर्टल


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा