तोप्केगोला जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तोक्पेगोला अर्थात् ढोक्प्या जाति नेपालको सुदुरपूर्वी हिमाली जिल्ला ताप्लेजुङ्को पापुङ भन्ने ठाउँमा बसोबास गर्ने तिब्बती जनजातिय समूह अन्तर्गत पर्ने जाति हो । तिब्बती भाषामा 'ढोक' भन्नाले गोठ र 'पा' भन्नाले'बस्ने' भन्ने हुन्छ। यस जातिका मानिसहरु परापूर्व कालमा चौँरी पाल्ने र प्राय गोठमा नै बस्ने भएकाले 'ढोक्प्या' अर्था गोठालो भन्ने अर्थमा 'ढोक्प्या' जातिको नामाकरण भएको पाइन्छ । यस जातिका मानिसहरु बीसौं शताब्दी तिर बसाईँ सरि हालको ठाउँमा आई बसोबास गरेको पाइन्छ । यो जातिले ढम्ङे, हृयाजिङ, लिङबू, काङकाङ, ङा, रादुङ, बुक्च्याल आदि लोक बाजाहरूको प्रयोग गरेको पाइएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]