त्रिभुवननगर नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
त्रिभुवननगर नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०३५ साल माघ १५ गते
अञ्चल: राप्ती अञ्चल
जिल्ला: दाङ जिल्ला
क्षेत्रफल: ७४.४५
जनसंख्या: ५५.४३५ वडा संख्या: -
भौगोलिक अवस्थिति: भित्री मधेश, दाङ उपत्यका
मेयर:  ??
टेलिफोन कोड: ०८२
वेबसाईट: http://www.tribhuvannagar.gov.np/
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

त्रिभुवननगर राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र हो। यो दाङ उपत्यकाको दाङ जिल्लामा पर्दछ। लमहीबाट फेडर रोडले जोडीएको त्रिभुवननगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। महेन्द्र संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्म्पय्स (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहाँ अरू पनि निजि तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल, आंखा उपचार केन्द्रका साथै केही प्राइभेट श्वास्थ संस्था पनि छन्।

रोल्पाको लिवाङ रूकुम लगायतका जिल्ला सँग त्रिभुवननगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ। त्रिभुवननगर सहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन। त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो।

विषयसूची

आकर्षण [सम्पादन गर्ने]

प्रशिद्ध तिर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बासस्थानको मुख्यकेन्द्र पनि त्रिभुवननगर नै रहेको छ। त्रिभुवनगर भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, त्रि.न.न.पा.४ चौघेरा, अम्विकेश्वरी भगवती मन्दिर, त्रि.न.न.पा., बाह्रकुने दह, त्रि.न.न.पा.७, गणेश मन्दिर, त्रि.न.न.पा. १० र सिरडी साइ मन्दिर त्रि.न.न.पा. ११ छन्। त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्बीकेस्वरी पार्क प्रकृतीक सुन्दरताअन्तर्गत पर्दछन।

त्रिभुवननगर नगरपालिका दाङ जिल्लामा छ। त्रिभुवन नगरपालिका दाङ जिल्लाको सदरमुकाम घोराही बजार भित्र रहेको हाँदा राप्ती अञ्चलका रूकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ। सो नगरपालिकाभित्र बराहक्षेत्र, अम्बिकेश्वरी भगवती र गोरक्षनाथ, गणेश, सिराडीसाह मन्दिर र सत्यसाइ केन्द्र जस्ता मठमन्दिर छन्। उक्त नगरपालिकाको मुख्य विशेषता भनेको एसियाको सबैभन्दा ठूलो उपत्यका दाङ उपत्यका भित्र रहनु हो। नगरपालिकाको पूर्वमा लक्ष्मीपुर, पश्चिममा नारायणपुर/हापुर र उत्तरमा स्युजा/सैघा गाउँ विकास समिति पर्दछन्। नगरपालिकाको कुल जनसंख्या ४३ हजार १ सय २६ छ। कुल जनसंख्यामध्ये महिलाको जनसंख्या २१ हजार ५ सय ५० र पुरूषको २१ हजार ५ सय ७६ छ भने नगरपालिका भित्रको जम्मा घरधुरी संख्या ८ हजार ९ सय ४५ छ। नगरपालिकाको कुल क्षेत्रफल ७४ दशमलव ४५ वर्ग किमि छ। नगरपालिकाभित्र ब्राहृमण, क्षेत्री, थारू, नेवार, मगर, विश्वकर्मा, परियार र मधेसीमूलका जात/जाति बसोबास गर्दछन्। नेपाली झ्याउरे थारू संस्कृतिमा आधारित बडका नाच, कौडा नृत्य, टप्पा नाच, लाखे नाच, देउँसी भैलो र धार्मिक कार्यमा गाइने भजन कीर्तन नगरपालिकाका प्रमुख कला संस्कृति मानिन्छन्। यहाँ हिन्दू धर्म मान्ने २७ हजार ९ सय ७९, बौद्ध धर्म मान्ने ३ सय ३५, मुस्लिम धर्म मान्ने ३७ र क्रिश्चियन धर्म मान्ने २१ छन्।

रितिथिति [सम्पादन गर्ने]

त्रिभुवन नगरपालिका भित्र हिन्दूहरूले मनाउने प्रमुख चाड पर्वमा दशैं, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, जनैपूर्णिमा र हरितालिका हुन् भने बुद्धपूर्णिमा बौद्ध धर्म मान्नेहरूको प्रमुख पर्व हो। त्यस्तै मुस्लिम धर्म मान्नेहरूले इद्, बकरीद जस्ता चाड मनाउने गरेको पाइन्छ।

नगर [सम्पादन गर्ने]

नेपाल अधिराज्यको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तत्कालीन त्रिभुवन नगरपञ्चायतको २०३५ साल माघ १५ गते घोषणा भएको हो। तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी उक्त नगर पञ्चायत नामाकरण गरिएको हो। नगरपालिका स्थापना भए यता विभिन्न व्यक्तिले नगरपालिकाको नेतृत्व लिइसकेका छन्। तीमध्ये तत्कालीन त्रिभुवन नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा हुन् भने उपप्रधानपञ्चमा अशोक चौधरी र रामशरण थापा हुन्। संस्थापक प्रधानपञ्च शर्माले दुई पटकसम्म नगर नेतृत्व प्रदान गरिसकेका छन्। यसैगरी यज्ञबहादुर बुढाथोकी, शर्मा पछिका तत्कालीन प्रधानपञ्च हुन भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च हुन्। मुलुकमा प्रजातन्त्र पुनस्थापना भएपछि पुन २०४९मा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले प्रमुख/उपप्रमुखको नेतृत्व सम्हाले। त्यसपछि २०५४मा अमर डाँगी र दामोदर अधिकारीले प्रमुख र उपप्रमुख पदको नेतृत्व गरेको पाइन्छ। यसैगरी मनोनित नगर प्रमुख बलि राना र उपप्रमुख गणेशप्रसाद श्रेष्ठले पनि नगर नेतृत्व सम्हालेको पाइन्छ।

सन्दर्भ सामग्री [सम्पादन गर्ने]


बाहिरी लिंकहरू [सम्पादन गर्ने]

http://www.merodang.com




सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]