थाम्पालधाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थाङ्पालधाप
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

थाम्पालधाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालधाप गाविस सदरमुकामबाट उत्तरपश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.७९ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गुन्साकोट पश्चिममा बाँसखर्क गुम्बा उत्तरमा थाम्पालकोट र दक्षिणमा भोटेनाम्लाङ गाविस पर्दछ।पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश तामाङ क्षेत्री र नेवार जातिको बसोबास गर्दछन्। चिसो तथा ओसिलो बढी हुने यस गाविसका मानिसहरू व्यावसायीक घरेलु उद्योग तथा कृषिमा व्यस्थ हुने गर्दछन्। ग्रामीण पदयात्राको सम्भावना बोकेको यस गाविसमा प्राकृतिक मनोरमका दृश्यहरू प्रशस्त भेटिन्छन्।उर्जा उत्पादनमा यस गाविसमा हाँडीखोला प्रथम लघुजलविद्युत परियोजनाको निर्माणका साथसाथै सौर्य उर्जा उत्पादनका लागि २३ ओटा क्ज्क् जडान गरिएको छ। वि.सं. २०५८ सालको जनगणना अनुसार यस गाविसमा ७२३ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३६५३ छ। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "थाम्पालधाप", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]