थाहा आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


थाहा अर्थात मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे ।


विसं ०२९/३० तिर नेपालका जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्त्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन ।

यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो- थाहा पा भाते ! जान् भाते ! बुझ् भाते ! थाहा आन्दोलनको मूल लक्ष्य थियो- चेतनाहीन प्रजाको चेतनासम्पन्न नागरिकमा रूपान्तणमार्फत राजनीतिक र सामाजिक जागरण (या विद्रोह) । थाहा आन्दोलनको सबभन्दा ठूलो उपलब्धि के थियो भने यो ज-जसको घर-आँगन पुग्यो, तिनले जीवनमा पहिलोचोटि ‘जान्नु र बुझ्नु (अर्थात् थाहा पाउनु) हाम्रो अधिकार रहेछ’ भन्ने जाने । [१] जातभन्दा जनता, नाताभन्दा न्याय र स्वास्थ्य भन्दा सत्य ठूलो हो' भन्ने स्व. रूपचन्द्र विष्ट 'थाहा'को भनाइ थियो [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.rajans.com.np/2010/08/23/%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%B0%E0%A5%82%E0%A4%AA%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF/[dead link]
  2. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=219656