दक्षिण एसिया

नेपाली विकिपीडियाबाट
(दक्षिण एशिया बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दक्षिण एशिया
दक्षिण एशियाको स्थिती
देशहरु ७ देखि १० (पाठ्य हेर्नुस)
Territories 0, 1, or 2 (पाठ्य हेर्नुस)
GDP (Nominal) $1.854 trillion (2009)
GDP per capita (Nominal) $1,079 (2009)
भाषाहरु आसामी, बलुची, बंगाली, बोडो, बर्मी, दरी,[१] दिवेही, डोगरी, जोंखा, अंग्रेजी, गुजराती, हिंदी, भाषा, कन्नड, कश्मिरी, कोंकणी, मैथिली, मलयालम, मराठी, मणिपुरी, नेपाली, ओडिया, पहाडी, पश्तो, पंजाबी, संस्कृत, संथाली, सिंधी, सिन्हाला, सरैकी, तमिल, तेलगु, तिब्बती, उर्दु, र अन्य।
समय क्षेत्र युटीसी +६:३० (बर्मा) देखि युटीसी +३:३० (ईरान)
ठुला शहरहरु अहमदाबाद, अमृतसर, ब्यांगलोर, चित्तगोंग, चेन्नई, कोचीन, कोलम्बो, दिल्ली, ढाका, फैसलाबाद, हैदराबाद, इस्लामाबाद, जयपुर, कानपुर, कराँची, काठमांडौ, कोलकाता, लाहौर, ल्हासा, माले, मुल्तान, मुम्बई, पटना, पेशावर, रावलपिंडी, थिम्पु, र रंगुन

एसिया महादेशको दक्षिणको भू-भागलाई दक्षिण एसिया भनेर चिनिन्छ अथवा हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एशिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र हिन्दुकुश देखि दक्षिणको भू-भाग जस्लाई भारतिय उपमहाद्वीप पनि भनिन्छ दक्षिण एशिया हो। दक्षिण एशियाको दक्षिणको भाग समुद्रले घेरियेको छ र पश्चिम, उत्तर र पुर्वमा क्रमशः पश्चिम एशिया, मध्य एशिया, पुर्व एशिया छन् र दक्षिण-पुर्वमा दक्षिण पुर्व एशिया पर्द छ। कुन कुन देश दक्षिण एशियामा पर्छ अथवा पर्दैन भन्ने मतमा भिन्न-भिन्न स्त्रोतका भिन्न-भिन्न विचार छन। उदाहरणको लागि राष्ट्र संघको भौगोलिक क्षेत्र वर्गिकरणमा, नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, मालद्वीप तथा श्रीलंका दक्षिण एशियाका मुलुक हुन भनेर उल्लेख गरियेको छ। दक्षिण एशिया विश्वमा एक पाँचौं भाग भन्दा बढी जनसंख्याको घर हो, जुन विश्वमा धेरै जनसख्या भयेको र उच्च जनसख्या घनत्व भयेको भौगोलिक क्षेत्र हो। यस क्षेत्रमा दक्षिण एशियाली सहयोग सङ्गठन भन्ने एउटा आर्थिक संगठन छ।

परिभाषा[सम्पादन गर्ने]

दक्षिण एसियाली राष्ट्रहरू

विभिन्न मुलुक जुन ब्रिटिस साम्राज्यका अंग थिये र केही अन्य देशलाई राखेर दक्षिण एशियाको परिभाषा पनि दिइने गरिन्छ। अहिलेको भारत, पाकिस्तान र बंगलादेश ब्रिटिश साम्राज्यको अंग थियो, तर श्रीलंका र बर्मालाई पनि कहिले काही सम्मिलित गर्ने गरिन्छ। एडेन कोलोनी, ब्रिटिश सोमालील्याण्ड र सिंगापुर माथि पनि ब्रिटिश राजले शासन गरेको तर यि मुलुकहरुलाई एशियाको कुनै पनि भागमा शामेल गरिइन्दैन। दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (दक्षेस) छिमेकी मुलुकहरुको एउटा समुह हो, जस्को स्थापना १९८५ मा गरियेको थियो, जस्का सदस्य मुलुकहरु थिए — नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान, मालद्वीप तथा श्रीलंका — तर २००६ मा आठौं सदस्यको रुपमा अफगानिस्तानलाई शामेल गरे पछि दक्षिण एशियाको क्षेत्र बढेको हो। विश्व ब्यांकले दक्षिण एशियाको समूहमा दक्षेसको मात्र सात मुख्य सदस्यलाई राखेको छ र अफगानिस्तानलाई यस समूहबाट बाहिर राखेको छ। यस समुहमा तीन स्वतन्त्र मुलुकहरुलाई शामेल गरियेका छन जुन ब्रिटिश शासनबाट मुक्त थिये – नेपाल, भुटान तथा अफगानिस्तान। दक्षिण एशियाली मुक्त व्यापार सहमतिको अनुमति दक्षेस द्वारा दिइन्छ र यस पत्रमा संगठनका मुख्य सात सदस्य द्वारा हस्ताक्षर गरिन्छ, यद्यपि मालद्वीपको लागि एक विशेष शर्त राखियेको छ। राष्ट्र-संघको जनसंख्या जानकारी संजाल (पपुलेशन इन्फरमेशन नेटवर्क – पोपीन) ले गरेको वर्गीकरणमा नेपाल, बंगलादेश, बर्मा, भारत, ईरान, पाकिस्तान, अफगानिस्तान र श्रीलंकालाई दक्षिण एशियाको श्रेणीमा वर्गीकृत गरेको छ, जबकि मालद्वीपलाई यस्को स्थितीको हिसाबले पेसिफिक पोपीन सबरिजनल नेटवर्क इन प्रींसीपलको सदस्य ठानेको छ।

दक्षिण एसियामा पर्ने राष्ट्रहरू[सम्पादन गर्ने]

दक्षिण एसियामा जन्मा ८ देशहरु पर्दछन।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]