दक्षिण एशियाली सहयोग सङ्गठन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दक्षिण एशियाली सहयोग सङ्गठन
  सदस्य राष्ट्र   पर्यवेक्षक राष्ट्र
  सदस्य राष्ट्र
  पर्यवेक्षक राष्ट्र
प्रधान कार्यालय नेपाल काठमाण्डौ, नेपाल
आधिकारिक भाषाहरू अङ्ग्रेजी
सदस्यता
नेताहरू
 -  महासचिव अर्जुन बहादुर थापा[१]
 -  निर्देशकहरू:
 अफगानिस्तान

मोहम्मद इब्राहिम घफुरी[२]
 -   बंगलादेश एमजे जावेद[३]
 -   भूटान सिङये दोर्जे[४]
 -   भारत एल.सावित्री[५]
 -   माल्दिभ्स फथिमाथ नाजवा[६]
 -   नेपाल धन बहादुर ओली[७]
 -   पाकिस्तान अहमर इस्मईल[८]
 -   श्रीलंका प्रसन्ना गेमेज[९]
स्थापना डिसेम्बर ८,१९८५
क्षेत्रफल
 -  जम्मा ५१,३०,७४६ किमी² (७औ1)
१९,८०,९९२ वर्गमाइल
जनसंख्या
 -  २००९ अनुमान १,६०,००,००,००० (१औ1)
 -  जनघनत्व ३०४.९/किमी² 
७८९.७/वर्गमाइल
जिडिपी (पीपीपी) २००९ अनुमान
 -  जम्मा यूएस$ ४३,८२,७०० मिलियन (तेश्रो1)
 -  प्रतिव्यक्ति आय युएस$ २,७७९ 
वेबसाइट
saarc-sec.org
काठमाडौँ स्थित सार्क सचिवालय

दक्षिण एशियाली सहयोग सङ्गठन वा छोटो नाम सार्क सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो । सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले हालै नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ ।

उद्देश्य[सम्पादन गर्ने]

सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन :

  1. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु,
  2. दक्षिण एसियालीका देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु,
  3. आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउनु,
  4. आर्थिक, सांस्कृतिक, प्राविधिक, समाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबर्द्धन गर्नु,
  5. अन्य विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत तुल्याउनु,
  6. आपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्नु,
  7. समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्‍याउनु,
  8. दक्षिण एशियाका जनताको हित अभिवृद्धि तथा जीवनस्तर सुधार गर्ने।
  9. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक उन्नति तथा सांस्कृति विकासलाई अभिवृद्धि गर्ने।
  10. दक्षिण एशियाका राष्ट्रहरूबीचको सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र संवृद्धि गर्ने।
  11. एकआपसको समस्याप्रति पारस्परिक विश्वास र समझदारी राख्दै योगदान दिने र
  12. आर्थिक, समाजिक, सांस्कृतिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने।

सार्कका सिद्धान्तहरू[सम्पादन गर्ने]

  1. संगठनको ढाँचा भित्र गरिने सहयोग एक अर्काको सार्वभौम समानता क्षेत्रीय अखण्डता राजनैतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप तथा आपसी हितमा आधारित हुनेछ ।
  2. यस्तो सहयोग दुईपक्षिय तथा बहुपक्षिय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुनेछ ।
  3. यस्तो सहयोग दुईपक्षिय तथा बहुपक्षिय दायित्व विपरित हुने छैन ।
  4. यस्तो सहयोग खराब नियतिको लागि हुने छैन ।

सार्क सचिवालय[सम्पादन गर्ने]

सार्क सचिवालय नेपालको काठमाडौँमा रहेको छ । यसको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र शाहबाट सन् १९८७ जनवरी १६मा भएको हो ।

सार्क शिखर सम्मेलनहरू[सम्पादन गर्ने]

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८मा भएको हो । नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलंका मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो ।

सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महìवपूर्ण रहेको छ । रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारीक समूह गठनको प्रस्ताव राख्नुभएको थियो । उहाँले सन् १९८० मे २मा 'दक्षिण एसियाली क्षेत्रीय सहयोग'को अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो । सन् १९८१मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलङ्काको कोलम्बोमा बस्यो । शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् सन् १९८५ डिसेम्बर ७-८मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो ।

क्रम मिति राष्ट्र आयोजक आयोजक नेतृत्वकर्ता
पहिलो ७-८ डिसेम्बर, १९८५  बंगलादेश ढाका अताउर रहमान खान
दोश्रो १६-१७ नोभेम्बर, १९८६  भारत बेंगलोर जयन्त गौडा
तेश्रो २-४ नोभेम्बर, १९८७  नेपाल काठमाडौँ मरिचमान सिंह श्रेष्ठ
चौथौ २९-३१ डिसेम्बर, १९८८  पाकिस्तान इस्लामाबाद बेनजिर भुट्टो
पाँचौ २१-२३ नोभेम्बर, १९९०  माल्दिभ्स माले मौमुन अब्दुल गयुम
छैटौं २१ डिसेम्बर १९९१  श्रीलंका कोलम्बो रनसिङ्घे प्रेमदसा
सातौं १०-११ अप्रिल, १९९३  बंगलादेश ढाका खालेदा जिया
आठौँ २-४ मे, १९९५  भारत नयाँ दिल्ली पी. वी. नरसिंह राव
नवौं १२-१४ मे, १९९७  माल्दिभ्स माले मौमुन अब्दुल गयुम
दशौं २९-३१ जुलाई, १९९८  श्रीलंका कोलम्बो चन्द्रिका कुमारातुङगा
एघारौं ४-६ जनवरी, २००२  नेपाल काठमाडौँ शेरबहादुर देउवा
बाह्रौं २-६ जनवरी, २००४  पाकिस्तान इस्लामाबाद जफरुल्ला खान जमाली
तेह्रौं १२-१३ नोभेम्बर, २००५  बंगलादेश ढाका खालेदा जिया
चौधौं ३-४ अप्रिल, २००७  भारत नयाँ दिल्ली मनमोहन सिंह
पन्ध्रौं १-३ अगस्त, २००८  श्रीलंका कोलम्बो महिन्दा राजापाक्षे
सोह्रौ २८-२९ अप्रिल, २०१०  भुटान थिम्पू जिग्मे थिन्ले
सत्रौं १०-११ नोभेम्बर, २०११[१०]  माल्दिभ्स अद्दु मोहम्मद नशिद
अठारौं २७-२८ नोभेम्बर, २०१४[११]  नेपाल काठमाडौँ सुशील कोइराला

सदस्य राष्ट्रहरू[सम्पादन गर्ने]

माल्दिभ्स नेपाल श्रीलंका भुटान बंगलादेश भारत थाईल्यान्ड म्यान्मार अफगानिस्तान पाकिस्तान कम्बोडिया भियतनाम लाओस तुर्कमेनिस्तान इरान ताजिकिस्तान उज्बेकिस्तान अजरबैजान टर्की कजाख्स्तान किर्गिजस्तान चीन रसिया ब्रुनई इन्डोनेशिया मलेसिया फिलिपिन्स सिंगापुर कुवैत बहराइन ओमान कतार साउदी अरब संयुक्त अरब इमिरेट्स जापान मङ्गोलिया दक्षिण कोरिया अर्मेनिया जर्जिया ईराक इजरायल जोर्डन लेबनान दक्षिण कोरिया प्यालेस्टाइन सिरीया ताइवान टिमोर-लेस्टे यमन बङ्गालको खाडी प्राविधिक तथा आर्थिक संगठन मेकोङ्ग-गङ्गा संगठन सार्क दक्षिणपूर्व एसियाली राष्ट्र संघ आर्थिक संगठन टर्किस संघ साङ्घाई संगठन गल्फ संघ एसिया संघ
क्लिक गर्न सकिने चित्रमा विभिन्न एसियाली राष्ट्रहरुको सम्बन्ध स्पष्ट पारिएको छ । हे

वर्तमान सदस्य राष्ट्रहरू[सम्पादन गर्ने]

पर्यवेक्षक राष्ट्रहरू[सम्पादन गर्ने]

[१५]

अन्य[सम्पादन गर्ने]

यसका साथै नेपालमा हुने अठारौ सार्क शिखर सम्मेलनको लागि नेपालले तयारीलाई तीव्र पारेको छ ।

सार्कका महासचिवहरू[सम्पादन गर्ने]

बंगलादेश अबुल अहसन जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९
भारत कान्त किशोर भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१
माल्दिभ्स इब्राहिम हुसेन जाकी जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३
नेपाल यादव कान्त सिलवाल जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५
पाकिस्तान नइम यु हसन जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८
श्रीलंका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२
बंगलादेश क्यू. ए.एम.ए. रहिम जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५
भूटान चेन्क्याब दोर्जी मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८
भारत शील कान्त शर्मा मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११
माल्दिभ्स फतिमाथ धियाना सइद मार्च १, २०११ देखि मार्च ११, २०१२
माल्दिभ्स अहमद सलिम मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४[१७]
नेपाल   अर्जुन बहादुर थापा १ मार्च २०१४ देखि हाल सम्म[११]

सन् १९८६ नोभेम्बर १६ र १७ मा भारतको बेंगलोरमा भएको दोस्रो सार्क सम्मेलनले बङ्गलादेशका अबुल अहसनलाई सार्कको पहिलो महासचिब बनाउने निर्णय गर्‍यो । उनी जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ सम्म सार्कको महासचिब रहे । त्यसपछि भारतका किशोरकान्त भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ सम्म सार्कको दोस्रो महासचिब बने । माल्दिभ्सका इब्राहिम हुसेन जाकी सार्कको तेस्रो महासचिब बने । उनको कार्यकाल जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ सम्म रह्यो । सार्कको चौथो महासचिबको जिम्मेवारी नेपाल यादवकान्त सिलवालले निभाए । उनी जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५ सम्म सार्कका महासचिब रहे । यादवकान्त पछि पाकिस्तानका नइम हसन सार्कको पाचौँ महासचिब नियुक्त भए । नइम हसनले जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ सम्म सार्कको महासचिब पद सम्हाले । श्रीलङ्काका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२ सम्म सार्कको छैठौं महासचिब बने । उनी पछि बङ्गलादेशका क्यु.ए.एम.ए रहिम सार्कका सातौं महासचिबको रूपमा नियुक्त भए । उनको कार्यकाल जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ सम्म रह्यो । सार्कको आठौँ महासचिब भुटानका चेनकायब दोर्जी बने । उनले मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ सम्म सार्क सचिवालयको नेतृत्व गरे । त्यस पछि भारतका शिलकान्त शर्मा सार्कका नवौं महासचिबको रूपमा नियुक्त भए । उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म सार्क महासचिब रहे । माल्दिभ्सका फथिमथ धियाना शइद र माल्दिभ्सकै अहमद सलिम सार्कको १० औँ र ११ औँ महासचिव बने । शइद मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म पदमार रहे भने सलिम ज्मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म पदमा रहे । १ मार्च २०१४ देखि सार्क सचिवालयको नेतृत्व नेपालका अर्जुन बहादुर थापाले गरेका छन् ।

सार्कका सामान्य नियमहरु[सम्पादन गर्ने]

सार्क बडापत्रको धारा १०मा सामान्य नियमहरूको व्यवस्था गरिएको छ । सार्कको गतिशीलतामा यही नियम सबैभन्दा ठूलो बाधकको रूपमा रहेको विश्लेषकहरूको धारणा छ ।

नियमहरू :

  • सार्कका सबै स्तरका निर्णयहरू सर्वसम्मतिका आधारमा लिइने छ ।
  • द्वीपक्षीय र विवादास्पद विषयहरू छलफलमा राखिने छैनन् ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

दक्षिण एशियाली सहयोग सङ्गठन सचिवालय

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]