दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सार्कको प्रतीक चिह्न

शीर्षक लिंङ्क सन् १९८० मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बङ्गालादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए। यसअघि नेपालका नरेश वीरेन्द्र वीरबिक्रम शाहले सन् १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रुपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरुप १६ जनवरी १९८६ मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरियो। हाल् अफगनिस्थन् समेत् ८ सदश्य रहेको छ .

विषयसूची

[सम्पादन गर्ने] उद्देश्य

  • दक्षिण एशियाका जनताको हित अभिवृद्धि तथा जीवनस्तर सुधार गर्ने।
  • यस क्षेत्रको आर्थिक वृद्धि, सामाजिक उन्नति तथा सांस्कृति विकासलाई अभिवृद्धि गर्ने।
  • दक्षिण एशियाका राष्ट्रहरूबीचको सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र संवृद्धि गर्ने।
  • एकआपसको समस्याप्रति पारस्परिक विश्वास र समझदारी राख्दै योगदान दिने।
  • आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने।

[सम्पादन गर्ने] सार्क शिखर सम्मेलनहरू

पहिलो शिखर सम्मेलन ७-८ डिसेम्बर, १९८५ ढाका, बङ्गालादेश
दोस्रो शिखर सम्मेलन १६-१७ नोभेम्बर, १९८६ बङ्गलोर, भारत
तेस्रो शिखर सम्मेलन २-४ नोभेम्बर, १९८७ काठमाडौं, नेपाल
चौथो शिखर सम्मेलन २९-३१ डिसेम्बर, १९८८ इस्लामाबाद, पाकिस्तान
पाँचौ शिखर सम्मेलन २१-२३ डिसेम्बर, १९९० माले, माल्दिभ्स
छैटौं शिखर सम्मेलन ३१ डिसेम्बर, १९९१ कोलम्बो, श्रीलंका
सातौं शिखर सम्मेलन १०-११, १९९३ ढाका, बङ्गालादेश
आठौं शिखर सम्मेलन २-४ मे, १९९५ नयाँदिल्ली, भारत
नवौं शिखर सम्मेलन १२-१४ मे, १९९७ माले, माल्दिभ्स
दशौं शिखर सम्मेलन २९-३१,१९९८ जुलाई कोलम्बो, श्रीलंका
एघारौं शिखर सम्मेलन ५-६ जनवरी, २००२ काठमाडौं, नेपाल
बाह्रौं शिखर सम्मेलन २००४, इस्लामाबाद, पाकिस्तान
तेह्रौं शिखर सम्मेलन २००५, ढाका, बाँग्लादेश
चौधौं शिखर सम्मेलन २००७, नयाँदिल्ली, भारत
पन्ध्रौं शिखर सम्मेलन २००८, कोलम्बो, श्रीलङ्का
सोह्रौं शिखर सम्मेलन अप्रिल २०१०, थिम्पु, भूटान

[सम्पादन गर्ने] स्रोत

सार्क सचिवालय बाट साभार गरिएको।

सार्कका सिद्धान्तहरु

१ संगठनको ढाचा भित्र गरिने सहयोग एक अर्काको सर्भभौम समानता क्षेत्रीय अखन्डता राजनैतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप तथा आपसी हित्मा आधारित् हुनेछ । २ यस्तो सहयोग दुइपक्षिय तथा बहुपक्षिय सहयोगको बदलामा नभै त्यसको पुरक्को रुपमा हुनेछ । ३ यस्तो सहयोग दुइपक्षिय तथा बहुपक्षिय दायित्व बिपरित हुनेछैन ।

सार्क सचिवालयको वेवसाइट

[सम्पादन गर्ने] External links

SAARCको बारेमा विकिपिडियाको भातृ योजनाहरूमा खोज्नुहोस:

Definitions from Wiktionary
Textbooks from Wikibooks
Quotations from Wikiquote
Source texts from Wikisource
Images and media from Commons
News stories from Wikinews
Learning resources from Wikiversity
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा