दनुवार जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काभ्रेपलान्चोकको देविभुमी बालुवाको वस्तिका दनुवार बालबालिका

दनुवार जाति नेपालको उदयपुर जिल्ला, सिन्धुली जिल्ला, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकरामेछाप जिल्लाका नदी किनारका क्षेत्रमा बसोबास गर्ने समुदाय हो । तराईका सिरहा सप्तरी धनुषा तथा विहारको मधुबनी तथा दरभंगा जिल्लामा पनि यस जातिको बसोबास रहेको छ । दनुवार जातिले बोल्ने भाषालाई दनुवार भाषा भनिएतापनि तराई तथा भारतका दनुवारले मैथिली नै बोल्दै आएको छ । दनुवार

को हुन् दनुवार ? ऐतिहासिक तथ्यहरूअनुसार मंगोलियन मूलका आदिवासी जनजाति दनुवार मध्यकालीन नेपालको समयमा (चौधौं शताब्दीताका) मध्यतराईमा शासकीय सत्ता चलाउने एक संगठनात्मक जाति हो । जसलाई दनुवार, दुनवार, दोनवार, द्रोनवार भनिन्छ । तिरहुतिया राजा हरसिंहदेव दनुवार थिए । मैथली कवि विद्यापतिलाई शरण दिने बनौलीका राजा पुरादित्य सिंह पनि दनुवार थिए । यस प्रसंगबाट यस समुदाय रजाखलक भएको पाउन सकिन्छ ।

नेपाल सरकारद्वारा सूचिकृत आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत आदिवासी÷जनजातिको समूहमा पर्ने दनुवार नेपालको तराई, भित्री मधेश र पहाडी गरी ६२ वटा जिल्लाहरूमा छरिएर बसोबास गर्दछन् । इतिहासकारहरूका अनुसार यस जाति नेपाल मण्डलको शुरुवातबाट नै नेपालमा बस्दै आएका हुन् । दनुवार जातिको इतिहास अध्ययन गर्दा उनीहरू सिम्रौनगढ राज्यशासन सतासंगहीसँग जोडिएको दनुवारसँग सम्बन्धित पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । विभिन्न दस्तावेजका अनुसार नेपालमा दनुवारहरू २ हजार वर्षअघिबाट बसोबास गरेको पाइन्छ । अहिलेसम्म पाइएको दस्तावेजहरूमध्य दनुवार जातिको बारेमा उल्लेख गरिएको पुरानो अभिलेख वि.सं १८२७ मा पृथ्वीनारायण शाहबाट सिद्ध भगवन्तनाथलाई पण्डत्याई प्रदान गरिएको लालमोहर हो । यस लालमोहरमा दनुवार जातिबारे उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ अनुसार दनुवारहरूको जनसङ्ख्या ८४, ११५ रहेको छ

दनुवार शब्दको उत्पत्तिबारे विभिन्न मत रहेको छ । केहीका अनुसार दुईवटा पहाडको बीचमा बस्ने भनी 'दीवार' शब्दबाट दनुवार भएको मत छ भने केहीको 'दोन' शब्दबाट दनुवार मत छ । त्यसरी नै केहीले दणाचार्यको सन्तानको रूपमा उल्लेख गरेका छन् त केहीले दलवार ( लडाकु ) शब्दबाट दनुवार भएको कुरा उल्लेख गरेका छन् । दनुवार जातिको भाषालाई 'दनुवारी' भनिन्छ । दनुवारी भाषा मागधि प्राकृत भाषाबाट विकासित भाषा हो । दनुवारहरूले बोल्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा दनुवारी भाषाका वक्ताहरूको सङ्ख्या ४५,८२१ रहेको छ । दनुवारी भाषा दनुवार जातिले बोल्ने भाषा भनी नेपाल राजकीय प्रज्ञा- प्रतिष्ठान, कमलादी, काठमाडौंको पुनर्मुद्रण २०५० मा भएको नेपाली बृहत् शब्दकोशको पृष्ठ सङ्ख्या ६३१ म उल्लेख गरिएको छ ।

दनुवारहरूको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति, भाषा, चालचलन भएपनि यिनीहरूमा आफ्नो बसोबास नजिक रहेका समुदायको प्रभाव परेको पाइन्छ । दनुवारी भाषा भौगोलिक बासस्थान अनुसार त्यहाँका समुदायबाट प्रभावित भएको पाइन्छ । तराईका दनुवारहरू मैथिलीको भाषाबाट प्रभावित छ भने पहाडतिर बसोबास गर्ने दनुवारहरू पहाडीया भाषासित प्रभावित छन् । दनुवारी भाषाको मौलिक स्वरूप सिन्धुली, उदयपुर, सर्लाही, सिराहा, धनुषा जिल्लामा बसोबास गर्ने दनुवारहरूमा पाउन सकिन्छ । एक समय तिरहुत क्षेत्रको शासकीय भाषा रहेको दनुवारी भाषा मैथिल ब्राह्माणहरूको तत्कालीन समयमा दरबारिया रजगजको कारणले छायामा पर्न थाले । त्यो क्रम अहिले पनि बढ्दो छ । दनुवारी भाषाका सामग्री गोरखापत्र दैनिकको नयाँनेपाल पृष्ठमा महिनाको दुई पटक प्रकाशन हुन्छ । यस भाषामा सिन्धुली जिल्लाको कमलाखोज क्षेत्रमा प्राथमिक तहमा पढाई हुने गरेको छ । यस भाषा बोल्नेहरूमा नेपालमा पाउन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]