दमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमन
Damão
દમણ
सहर
मोती दमनको प्रवेशद्वार
मोती दमनको प्रवेशद्वार
देश भारत
राज्यदमन र दीव
जिल्लादमन
क्षेत्रफल
 • जम्मा७२ किमी (२८ वर्ग माइल)
उन्नतांश
५ मिटर (१६ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१९१,१७३
 • घनत्व२७००/किमी (६९००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
लिङ्ग अनुपात१.६९ /
वेबसाइटwww.daman.nic.in

दमन /dəˈm[invalid input: 'ah']n/ (पोर्चुगेली: दमाओ), भारतको केन्द्र प्रशासित प्रदेश दमन र दीवको दमनको एउटा सहर र नगर परिषद हो ।

दमन सहर[सम्पादन गर्नुहोस्]

दमन सहरलाई दमन गङ्गा नदीले दुई भागमा बाँडेको छ । पहिलो भागको नाम नानी-दमन (नानीको अर्थ छोटो) र दोस्रो भागको नाम मोती-दमन (मोतीको अर्थ ठुलो) हो । नानी दमनमा दुई वटा ठुला सहरहरू रहेका छन् । नानी दमनमा महत्त्वपूर्ण केन्द्रिक बजार, प्रमुख अस्पताल, वृहतबजार र मुख्य सरकारी र आवाशीय भवनहरू रहेको छ भने मोती-दमनमा मुख्यतया पुरानो सहरको छाप तथा पुरातात्विक स्थलहरू हेर्न सकिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १५२३ मा पोर्चुगेली समुद्रयात्री डियोगो डी मेलो यस स्थानलाई पार गर्दै जाँदा अचानक यहाँ आएका थिए, उनी ओर्मुज तिर जाँदै गर्दा एउटा भयङ्कर समुद्री आँधीमा फसे र उनको पानीजहाज दमनको दिशामा तेर्सियो र भाग्यले उनी यहाँ पुग्न सफल भए ।[१] त्यस लगतै यो स्थान पोर्चुगेलीहरूको कोलोनीको रूपमा परिवर्तित भयो र लगभग ४०० वर्षसम्म यो उनीहरूको वासस्थानको रूपमा रह्यो । यहाँको उपयुक्त भौगोलिक परिवेश अनुसार समुद्रसँगको नजिकीको कारणले यहाँबाट पोर्चुगेलीहरू युरोपसँग सिधा समुद्री मार्गको प्रयोग गर्दै व्यापार गर्ने गर्थे । १६औँ शताब्दीमा मोतीदमनमा मुगल साम्राज्यबाट बच्नको लागि एउटा बृहत किल्लाको निर्माण गरियो किनभने पोर्चुगेली यहाँ आउनुभन्दा पूर्व यस स्थानमा मुगलहरूले राज्य गरेका थिए । यो किल्ला आज पनि सुरक्षित रहेको छ । वर्तमान समयमा यस किल्लाभित्र नगरपालिकाको सरकारी कार्यालय रहेको छ ।

सन् १९६१ डिसेम्बर १९ को दिन भारत सरकारद्वारा शैन्य कार्यवाही गरेर यहाँ आफ्नो कब्जा जमायो र यस क्षेत्रलाई पोर्चुगेलीहरूको शासनबाट मुक्त गराउन सफल भयो । पोर्चुगेलीबाट यस क्षेत्रलाई कब्जामुक्त गराएर यसलाई भारतमा बिलय गरियो । यस सैन्य कार्यवाहीमा भारततर्फका चार जनाको मृत्यु भएको थियो भने १४ जना भारतीय घाइते भएका थिए ।[२] त्यस्तै १० जना पोर्चुगेलीको मृत्य भएको थियो भने दुईजना घाइते भएका थिए ।[३]

भाषाहरू[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन् २०११ को भारतको जनगणना अनुसार दमन जिल्लाको जनसङ्ख्या १,९१,१७३ रहेको छ ।[४] यसको जनसङ्ख्या सामोआको बराबर रहेको छ ।[५] भारतमा रहेको कुल ६४० जिल्लाहरूमध्ये जनसङ्ख्याको आधारमा यो ५९२औँ स्थानमा रहेको छ ।[४] यहाँको जनघनत्व २,६५५ निवासी प्रति वर्ग किलोमिटर (६,८८० /वर्ग माइल) रहेको छ ।[४] यहाँको लैङ्गिक अनुपात १०० पुरुषमा ५३३ महिला रहेको छ भने साक्षरता दर ८८.०६% रहेको छ ।[४]

दमनमा धर्मावलम्बीहरू
धर्म प्रतिशत
हिन्दू
८९.७३

%

मुस्लिम
८.४१%
बौद्ध
०.१४%
क्रिश्चियन
१.३७%
जैन
०.१३%
अन्य†
०.३%
धर्मको तुलनात्मक विवरण
सिख (०.२%), बौद्ध (<०.२%)

पर्यटन केन्द्र[सम्पादन गर्नुहोस्]

यातायात व्यवस्था[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Singh, Kumar Suresh (१९९५), Daman and Diu, People of India XIX, Popular Prakashan, पृ: ३, अन्तिम पहुँच २०१०-१२-१८ 
  2. Anil Shorey (२१ फेब्रुअरी १९९९), "The Forgotten Battles of Daman and Diu", The Tribune, अन्तिम पहुँच १८ डिसेम्बर २०१० 
  3. Chakravorty, Dr. B.C. (2008). "Operation Vijay" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३१ मिति. Bharat Rakshak. Retrieved 12/18/2010.
  4. ४.० ४.१ ४.२ ४.३ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  5. US Directorate of Intelligence, "Country Comparison: Population", अन्तिम पहुँच २०११-१०-०१, "Samoa 193,161"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=दमन&oldid=1164939" बाट अनुप्रेषित