दर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घ्यूमा पकाएको खाना दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जसकारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२:०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो । दर शुद्ध शाकाहारी खाद्यान्न खाएर मनाउने चलन छ । दरमा दही, घिउ, खिर, काक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएको छ ।

बहिस्कार

"https://ne.wikipedia.org/w/index.php?title=दर&oldid=1159659" बाट अनुप्रेषित