दशैं

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दशैँ
दशैँ
अन्य नाम: दशैं, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा,
मानिने क्षेत्रहरु: नेपाल, भारत तथा अन्य हिन्दूवासी देशहरू
समुदाय: हिन्दूहरू
प्रकार: धार्मिक
महत्व: महिषासुरको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा मनाउने गरिन्छ
सुरुहुने दिन: आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म
अनुष्ठान : यो दिन दुर्गा पूजाको अन्तिम दिनको रूपमा मनाउने गरिन्छ तथा एक-आपसमा खुसियाली साटेर मनाउने गरिन्छ
विधी: दुर्गा पूजा,टीका लाउने
सुरुवातकर्ता: प्राचिन कालदेखि

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गरिन्छ । विजयादशमिको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हाशिल गरेको उपलक्ष्यमा/खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरु लगाउने, आफ्नो क्ष्यमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आंगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य शुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो। दशैं पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। [१]

महत्व[सम्पादन गर्ने]

सामाजिक महत्व[सम्पादन गर्ने]

दशैंको सांस्कृतिक पक्ष पनि छ। भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा(म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

समाज[सम्पादन गर्ने]

नेपाली समाज

नेपालीको दशैं[सम्पादन गर्ने]

दशैं नेपालीहरू र विशेषत: नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा 'विजया दशमी' का नामले पनि चिनिन्छ। हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ | यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

घटस्थापना[सम्पादन गर्ने]

आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैं घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसंै घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुन्छन् । जमरालाई महौषधि भनिएको छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

प्रमुख पूजा र उत्सव[सम्पादन गर्ने]

मान्यजनबाट टीका ग्रहण गर्ने परम्परानुसार वृद्ध हजुर आमासित टीका ग्रहण गर्दै एक नेपाली युवती
रावणको पुतला जलाउनुअघि
रावणको पुतला जलाउदै
रावणको पुतला जलाइसकेपछि
मैसूरका हात्तीहरूको श्रङ्गार गरेर शहरमा एउटा भव्य जुलूस।।
रामलीला मंचन

महासप्तमी[सम्पादन गर्ने]

सातौं दिनलाई फूल पाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। ।नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।वषर्ा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ|

महाष्टमी[सम्पादन गर्ने]

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौं । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।

महानवमी[सम्पादन गर्ने]

नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैंको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले ।

विजया दशमी[सम्पादन गर्ने]

"विजया दशमी" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि विजया दशमी (स्पष्टता) हेर्नुहोला। नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।)

सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।)

मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।। (मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।)

किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।)

उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ।

यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ | सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः 'आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
टीका लाउँदा दिने आशिषः-
 आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
 

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

'आवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।'

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

नेपालमा दशैं[सम्पादन गर्ने]

दशैंमा टीका लगाएपछि पिङ खेल्दै

भारतमा दशैं[सम्पादन गर्ने]

भारतका विभिन्न प्रदेशहरूमा दशैं[सम्पादन गर्ने]

विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुना-कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने अन्य स्थानहरू हुन् :

  1. पश्चिम बङ्गाल उत्तरी जिल्लाहरु जसमा दार्जिलिङ्ग, जलपाईगुडी हुन्।
  2. भूटान देश।
  3. म्यानमार
  4. भारतका उत्तर-पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागालैंड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि।
  5. विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् ।

हिमाचल प्रदेशमा कुल्लू का दशहरा भनेर प्रसिद्ध छ। अन्य स्थानहरूकै जस्तो यहाँ पनि दश दिन अथवा एक सप्ताह पूर्व यस पर्वको तैयारी आरंभ हुन्छ। स्त्री-पुरुष सबै सुंदर वस्त्रहरू पहिरिएर तुरही, बिगुल, ढोल, नगाडा, बाँसुरी आदि-आदि जोसित जो बाजा छ, लिएर बाहिर निस्कन्छन्। पहाडका मानिसहरू आफ्नो ग्रामीण देवताको धूम धामसित जुलूस निकालेर पूजा गर्दछन्। देवताहरूको मूर्तिलाई आकर्षक पालकीमा सुंदर ढंगले सजाइन्छ। साथै उनीहरू आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन्। यस जुलूसमा प्रशिक्षित नर्तक-नटी नृत्य गर्दछन्। यस प्रकार जुलूस बनाएर नगरका मुख्य भागहरू हुँदै नगर परिक्रमा गर्दछन् र कुल्लू नगरमा देवता रघुनाथजीको वंदनासित दशैं (दशहरा) उत्सवको आरंभ गर्छन्। दशमीको दिन यस उत्सवको शोभा रोचक हुन्छ।[२]

पंजाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ। त्यसबेला यहाँ अतिथहरूको स्वागत पारंपरिक मिठाई र उपहारले गरिन्छ। यहाँ पनि रावण-दहनको आयोजन हुन्छ अनि मैदानहरूमा मेला लाग्छन्।

बस्तरमा दशहराको मुख्य कारणलाई रामले रावणमाथि गरेको विजय नमानेर, मानिसहरू यसको कारण मां दन्तेश्वरीको आराधनालाई समर्पित एक पर्व मान्दछन्। दन्तेश्वरी माता बस्तर अंचलका निवासीहरूको आराध्य देवी हुन्, जसलाई दुर्गाको रूप मानिन्छ। यहाँ यो पर्व पूरै ७५ दिनसम्म चल्दछ। यहाँ दशहरा श्रावण मासको अमावाश्य देखि आश्विन मासको शुक्ल त्रयोदशीसम्म चल्छ। प्रथम दिन जसलाई काछिन गादि भन्दछन्, देवीसित समारोह आरंभको अनुमति लिइन्छ। देवीलाई एउटा गद्दीमा सजाइन्छ, जसलाई काछिन गादि भनिन्छ। यो समारोह लगभग १५ औं शताब्दीदेखि शुरु भएको बतान्छ। यस पछि जोगी-बिठाई कार्यक्रम, त्यसपछि भीतर रैनी (विजयादशमी) र बाहर रैनी (रथ-यात्रा) र अंतमा मुरिया दरबार उत्सव मनाइन्छ। यो आश्विन शुक्ल त्रयोदशीमा ओहाडी पर्वसित समापन हुन्छ। [३]

पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ। यो बंगालीको सबैभन्दा महत्वपूर्ण पर्व हो। बंगालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ। यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ। देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तैयार गरिन्छ। यसका साथै अन्य देवी द्वेवताहरूको पनि मूर्तिहरू बनाइन्छ। पर्वको समयमा शहरका सानातिना स्टालहरू पनि मिठाईले भरिन्छन्। यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवं प्राण प्रतिष्ठा आदिको आयोजन गरिन्छ। त्यसपछि सप्तमी, अष्टमी एवं नवमीका दिन प्रातः र सायंकाल दुर्गाको पूजामा व्यतीत हुन्छन्। दशमीको दिन विशेष पूजाको आयोजन गरिन्छ। प्रसाद चढाइन्छ र प्रसाद वितरण गरिन्छ। पुरुष आपसमा आलिंगन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ।[४] स्त्रीहरूले देवीको शीरमा सिंदूर चढाउँछन् र देवीलाई आँशु झार्दै विदाई दिन्छन्। यसका साथै उनीहरू आपस्तमा पनि सिन्दूर लगाउँछन् र सिन्दूर खेल्छन्। यस दिन यहाँ नीलकंठ पक्षीको दर्शन शुभ मानिन्छ। [४] त्यसपछि देवी प्रतिमाहरूलाई ठूला-ठूला ट्रकहरूमा हालेर विसर्जनको निम्ति लगिन्छ। विसर्जनको यो यात्रा पनि साह्रै शोभनीय र दर्शनीय हुन्छ। [२]

तमिलनाडु, आंध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन दिन लक्ष्मी - धन र समृद्धिकी देवीको पूजन हुन्छ। दोस्रो तीन दिन सरस्वती- कला र विद्याकी देवीको अर्चना गरिन्छ र अंतिम दिन देवी दुर्गा-शक्तिकी देवीको स्तुति गरिन्छ। पूजन स्थललाई राम्ररी फूलहरूले र दीपकहरूले सजाइन्छ। मानिसहरू एक-अर्काप्रति मिठाईहरू र लुगाहरू आदान-प्रदान गर्दछन्। यहाँ दशहरा नानीहरूको निम्ति शिक्षा या कला सम्बन्धि नयाँ कार्य सिक्नकालागि शुभ समय मानिन्छ। कर्नाटकमा मैसूरको दशहरा विशेष उल्लेखनीय छ। मैसूरमा दशहराको समय पूरै शहरका गल्लीहरू रोशनीले सजाइन्छ र हात्तीहरूलाई सिंगारेर शहरभरि एक भव्य जुलूससित घुमाइन्छ। यस समय प्रसिद्ध मैसूर महललाई दीपमालिकाहरूले सजाइन्छ। यसका साथै मानिसहरू टार्च लाइट लिएर नाँच-गान गरी आनंद लिन्छन्। यी द्रविड प्रदेशहरूमा रावण-दहनको आयोजन गरिंदैन।[२]

गुजरातमा मिट्टी सुशोभित रङ्गीन घडा देवीको प्रतीक मानिन्छ र यसलाई कुमारी केटीहरूले सिरमा राखेर एउटा लोकप्रिय नृत्य गर्छन् जसलाई गरबा भनिन्छ। गरबा नृत्य यस पर्वको महत्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना-साना रङ्गाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन्। यस अवसरमा भक्ति, फिल्म तथा पारंपरिक लोक-संगीत सबै थोकको समायोजन हुन्छ। पूजा र आरतीपछि डांडिया रास रातभरि गरिन्छ। नवरात्रिमा सुन र गहना किन्नु शुभ मानिन्छ। [२]

महाराष्ट्रमा यस अवसरमा सिलंगणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ। सायंकालको समयमा सबैजना सुंदर-सुंदर नयाँ लुगा लगाएर गाँउको सीमा पार गरेर शमी वृक्षका पातको रूपमा 'स्वर्ण'( सुन) लिएर आ-आफ्नो गाउँ फिर्छन्। फेरि त्यस स्वर्णलाई परस्परमा आदान-प्रदान गर्दछन्।

लंकापति रावणलाई दशानन पनि भनिन्छ।

महाराष्ट्रमा नवरात्रिका नौ दिन मां दुर्गालाई समर्पित गरिन्छ, जब कि दशौं दिन ज्ञानकी देवी सरस्वतीको वंदना गरिन्छ। यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाईको निम्ति आशीर्वाद माँग्न माता सरस्वतीका तांत्रिक चिह्नहरूको पूजा गर्छन्। कुनै पनि कुरालाई शुरु गर्न विशेष गरि विद्या शुरु गर्न यो दिन अति शुभ मानिन्छ। महाराष्ट्रका मानिसहरू यस दिनलाई विवाह, गृह-प्रवेश एवं नयाँ घर किन्ने शुभ मुहूर्त मान्दछन्।[२]

कश्मीरका अल्पसंख्यक हिन्दू नवरात्रिको पर्वलाई श्रद्धासित मनाउँछन्। परिवारका सबै वयस्क सदस्य नौ दिनसम्म खालि पानी खाएर उपवास बस्छन्। अत्यन्त पुरानू परम्परा अनुसार नौ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन्। यो मन्दिर एउटा तालको बीचमा बनिएको छ। बताइन्छ कि देवीले अपने भक्तहरूसित भनेकी थिइन्: जब कुनै अनर्थ हुने सम्भावना हुन्छ त्यसबेला सरोवर (ताल)को पानी कालो हुनेछ। भनिन्छ कि इंदिरा गांधीको हत्याको ठीक एक दिन पहिला र भारत-पाकिस्तान युद्धको पहिला यहाँको पानी साँच्चै कालो भएको भनी बताइएकोछ।

विजय पर्व[सम्पादन गर्ने]

दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ।

हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय-प्रस्थान गर्दथे।

रावणलाई मार्दै रामको चित्रण।

यस पर्वलाई भगवतीको 'विजया' नाममाथि पनि 'विजयादशमी' भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई 'विजयादशमी' भनिन्छ। यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय 'विजय' नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो।

यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दुर्‍योधन ने पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो। यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए। जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए। विजयादशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा शमीको पूजा यसै कारण भएको हो।


टीका टिप्पणी[सम्पादन गर्ने]

   क.    ^  आश्विनस्य सिते पक्षे दशम्यां तारकोदये।

स कालो विजयो ज्ञेयः सर्वकार्यार्थसिद्धये॥

   ख.    ^  मम क्षेमारोग्यादिसिद्ध्‌यर्थं यात्रायां विजयसिद्ध्‌यर्थं

गणपतिमातृकामार्गदेवतापराजिताशमीपूजनानि करिष्ये।

   ग.    ^  यत्र योगेश्वरः कृष्णो यत्र पार्थों धनुर्धरः।

तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम॥

वाह्य सूत्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]