दसौ विश्वकप क्रिकेट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
४३ दिन, ४९ खेल विश्वकप ४३ दिनसम्म चल्नेछ । यस अवधिमा कुल ४९ खेल खेलिनेछ । भारतले सर्वाधिक २९ खेलको आयोजना गर्नेछ । २०६७ चैत १९ गते -अपि्रल २, २०११) हुने फाइनल पनि भारतकै मुम्बईको वानखेडे क्रिकेट रंगशालामा हुनेछ । यसैगरी, श्रीलङ्कामा १२ खेल खेलिनेछ । श्रीलङ्काका तीन क्रिकेट रङ्गशालामा विश्वकप खेलाइनेछ । यसैगरी, तेस्रो सहआयोजक बङ्गलादेशमा उद्घाटन खेलसहित कूल आठ खेल खेलिनेछ । उद्घाटन खेल २०६७ फागुन ७ गते -फेब्रुअरि १९, २०११)मा हुनेछ । भारतले पाकिस्तानसँग मिलेर सन् १९८७मा पनि विश्वकप क्रिकेटको आयोजना गरिसकेको छ । सन् १९९६ विश्वकप आयोजकमा भारत र पाकिस्तानसँग श्रीलङ्काको नाम पनि जोडिएको थियो । बङ्गलादेश पहिलो पटक विश्वकप आयोजक बनेको छ ।
विषयसूची |
आयोजनाको अधिकार [सम्पादन गर्ने]
भारतीय उपमहाद्वीप का राष्ट्रले सन् २००६ अप्रिल ३० तारिखमा विश्वकप आयोजना गर्ने अधिकार पायो । सन् २०११को विश्वकप क्रिकेट आयोजनामा अस्ट्रेलिया र न्युजिल्याण्ड प्रमुख दावेदारको रूपमा रहेको थियो तर एसियाली राष्ट्रले मतदानमा अस्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त दावेदारीलाई ७-३ मतले हरायो । सो समय संयुक्तरूपमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा विश्वकप क्रिकेटको आयोजना गर्ने निर्णय गरिएको थियो । यसअनुसार पहिलो खेल बङ्गलादेशले, पहिलो सेमिफाइनल पाकिस्तान, दोस्रो सेमिफाइनल श्रीलङ्का र फाइनल भारतमा आयोजना हुने भनिएको थियो तर सन् २००९मा पाकिस्तानको भ्रमणमा लाहोरमा श्रीलङ्काली क्रिकेट टिममाथि आतङ्कवादी हमलापछि आईसीसीले पाकिस्तानलाई विश्वकप आयोजना गर्ने हकबाट वञ्चित पार्यो । पाकिस्तानले आफ्नो सट्टामा संयुक्त अरब इमिरेट्स (युइए)मा आयोजना गर्ने प्रस्ताव राखेको थियो तर आईसीसीले पाकिस्तानको प्रस्ताव मानेन । पाकिस्तानमा हुने भनिएको १४ मध्ये आठ भारतको, चार श्रीलङ्काको र दुई खेल बङ्गलादेशको भागमा पर्यो । यसैगरी, आईसीसीले विश्वकप आयोजना समितिको मुख्यालय लाहोरबाट हटाएर मुम्बईमा सारेको थियो ।
सन् २०११ विश्वकपको स्वरूप [सम्पादन गर्ने]
यसपटक विश्वकपको स्वरूप पछिल्लो समयभन्दा फरक हुनेछ । यस विश्वकपमा पछिल्लो संस्करणमा भन्दा दुई टिम कम हुनेछ । धेरै राष्ट्र भएपछि कमजोर टिम पनि विश्वकपमा चयन हुनाले विश्वकपको रोमाञ्च कम भएको भन्दै यसपाली दुई टिम कटौती गरिएको हो । यसपाली सुपर सिक्सको अवधारणा पनि हटाइएको छ । यस संस्करणमा १४ टिमले भाग लिएका छन् । यी टिमलाई दुई समूहमा वर्गीकरण गरिएको छ ।
समूह एमा गत विजेता अस्ट्रेलिया, क्यानाडा, केन्या, न्युजिल्याण्ड, पाकिस्तान, श्रीलङ्का र जिम्बाबवे रहेका छन् । समूह बीमा बङ्गलादेश, इङ्ग्ल्याण्ड, भारत, आयरल्याण्ड, नेदरल्याण्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज छन् ।पहिलो चरण राउन्ड रविनको आधारमा खेलाइनेछ । प्रत्येक टिमले आफ्नो समूहमा रहेको टिमविरुद्ध एक-एक खेल खेल्नेछ । त्यसपछि प्रत्येक समूहमा शीर्ष चार स्थानमा रहने टिम क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलपछि नकआउटको आधारमा प्रतियोगिता खेलाइनेछ ।
उदघाटन [सम्पादन गर्ने]
फाल्गुन ५, २०६७मा विश्व कप क्रिकेट - २०११को एक भव्य समारोहबीच प्रधानमन्त्री शेख हसिना वाजेदले बंगलादेशको राजधानी ढाकास्थित बंगलाबन्धु रंगशालामा बिहीबार साँझ भव्य समारोहबीच उदघाटन गरि शुरुवात भएको थियो । उदघाटनका अवसरमा गीत संगीतका साथै विविध सांस्कृतिक कार्यक्रम भएका थिए|त्यसअवसरमा ३५ सय कलाकारले श्रीलङ्का र बंगलादेशको संस्कृति झल्कने झाँकी सहित क्यानेडियन रकस्टार ब्रायन एडम्स, भारतीय गायक सोनु निगमलगायतले गीत गाएका थिए। फागुन ७ देखि सुरु हुने विश्वकप क्रिकेट चैत १९ गते सकिने छ ।दक्षिण एसीयामा विश्वकप यो सहित तेस्रोपटक भएको हो|
औपचारिक उदघाटन बिहीबार भए पनि पहिलो खेल शनिबार मात्र शुरु भएको थियो। पहिलोखेल भारत र बंगलादेशबीच भएको थियो। विश्वकपमा यसपटक टेस्ट खेल्ने १० देशसहित केन्या, क्यानडा, नेदरल्याण्ड्स र आरयल्याण्ड पनि सहभागी रहेका छन । प्रतियोगिताभर ४९ खेल हुनेछन् ।
मस्कट [सम्पादन गर्ने]
यस विश्वकपमा मस्टक १० वर्षको हात्तीको छावा रहेको छ । हात्तीको छावालाई उत्साह र युवा जोशको प्रतीक मानिएको छ ।
ब्रान्ड एम्बेसडर [सम्पादन गर्ने]
भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर विश्वकप क्रिकेट २०११ का ब्रान्ड एम्बेसडर हुन् । एसीसीले र अहिलेसम्म क्रिकेटमा खेलाडीको रूपमा क्रियाशील रहे पनि तेन्दुलकर यस खेलको किंवदन्ती पुरुष बनिसकेको हुनाले उनलाई यो सम्मान दिएको जानकारी दियो ।
विश्वकप क्रिकेट सङ्क्षिप्तमा [सम्पादन गर्ने]
- फागुन ७ देखि चैत १९ गतेसम्म
- आयोजक देश भारत, श्रीलङ्का र बङ्गलादेश
- सहभागी राष्ट्रको सङ्ख्या १४
- ४३ खेल १३ सहरमा खेलिनेछन्
- उद्घाटन खेल फागुन ७ गते बङ्गलादेशको शेर ए बङ्गला रङ्गशालामा
- फाइनल चैत १९ गते भारतको मुम्बईमा रहेको वानखेडे क्रिकेट रङ्गशालामा
- पुरस्कार राशि १८ करोड
| ग्रूप् A | ग्रूप B | ||
|---|---|---|---|
| Rank | Team | Rank | Team |
| Full Members | |||
| 1 | 2 | ||
| 3 | 4 | ||
| 5 | 6 | ||
| 7 | 8 | ||
| 9 | 10 | ||
| Associate Members | |||
| 11 | 12 | ||
| 13 | 14 | ||
दसौ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने १४ राष्ट्रले घोषित गरेको १५ सदस्यीय टिम [सम्पादन गर्ने]
- भारत :महेन्द्र सिंह धोनी (कप्तान, विकेटकिपर), सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, गौतम गम्भीर, युवराज सिंह, विराट कोहली, युसुफ पठान, सुरेश रैना, हरभजन सिंह, जाहिर खान, आर. आश्विन, पियुष चावला, आसिस नेहरा, प्रवीण कुमार, मुनाफ पटेल ।
- अस्ट्रेलिया :रिकी पोन्टिङ (कप्तान), शेन वाट्सन, ब्राड हाडिन -विकेटकिपर), माइकल क्लार्क, माइक हसी, डेभिड हसी, क्यामरुन हृवाइट, टिम पेन -विकेटकिपर), स्टेभन स्मिथ, जोन हास्टिङ, मिचेल जोन्सन, नाथन हाउरिच, ब्रेट लि, शन टैट, डग बोलिन्जर ।
- दक्षिण अफ्रिका: ग्रायम स्थिम (कप्तान), हासिम आम्ला, जोहान बोथा, एबी डिभिलियर्स -विकेटकिपर), जेपी डुमिनी, फाफ डु प्लेसिस, कोलिन इन्ग्राम, ज्याक कालिस, मोर्ने मोर्केल, वायने पर्नेल, रोविन पिटरसन, डेल स्टेन, इमरान ताहिर, लोनवाबो सोसोबे, मार्ने भा विक -विकेटकिपर) ।
- इङ्ग्ल्याण्ड :एन्ड्रयु स्ट्राउस (कप्तान), जेम्स एन्डरसन, इयान बेल, टिम ब्रेसनेन, स्टुवार्ट ब्रोड, पल कलिङवुड, इयोन मोर्गन, केभिन पिटरसन, म्याट पि्रयोर -विकेटकिपर), अज्मल सहजाद, ग्रायम स्वान, जेम्स ट्रेडवेल, जोनाथन ट्रट, ल्युक राइट, माइकल यार्डी ।
- पाकिस्तान :शाहिद आपि|mदी (कप्तान), मिस्बाह उल हक, मोहम्मद हाफिज, कमरान अक्मल -विकेटकिपर), युनुस खान, असाद सफीक, उमर अक्मल, अब्दुल रज्जाक, अब्दुर रहमान, सइज अज्मल, शोयब अख्तर, उमर गुल, वाहब रियाज, सोहेल तनवीर, अहमद सहजाद ।
- श्रीलङ्का :कुमार सङ्गकारा (कप्तान, विकेटकिपर), माहेला जयवर्धने, तिलकरत्ने डिल्सन, उपुल थारङ्गा, थिलन समरवीरा, चमारा सिल्मा, चमारा कपुडगेरा, एन्जेलो म्याथ्युज, थिसरा परेरा, नुवान कुलसेखरा, लासिथ मालिङ्गा, डिलहारा फर्नान्डो, मुथैया मुरलीधरनण, अजान्था मेन्डिस, रङ्गना हेराथ ।
- न्युजिल्याण्ड: डेनियल भेटोरी (कप्तान), जेम्स प|mान्कलिन, मार्टिन गुप्टिल, जेमी हाउ, जेसी रेडर, स्कट स्टाइरिस, रोज टेलर, केन विलियम्सन, ल्युक वुडकक, नाथन म्याकुलम, ब्रेन्डन म्याकुलम -विकेटकिपर), काइल मिल्स, जेकब ओराम, हामिस बेनेट, टिम साउथी ।
- वेस्ट इन्डिज: डारेन सामी (कप्तान) क्रिस गेल, ड्वायने ब्राभो, डारेन ब्राभो, किरन पोलार्ड, रामनरेश सरवन, डेभन स्मिथ, सुलेमान बेन, निकिता मिलर, कार्लटन बाग -विकेटकिपर), एन्द्री रसेल, रवि रामपाल, केमर रोख, शिवनारायन चन्दरपल, एडि्रयन बाराथ ।
- बंगलादेश :शकिब अल हसन (कप्तान), तमिम इकबाल, इमरुल कायस, जुनैद सिद्दिकी, शहरियार नाफिज, रकिबुल हसन, मोहम्मद असरफूल, मुस्पिmकर रहिम -विकेटकिपर), नइम इस्लाम, महमदुल्ला, अब्दुर रज्जाक, रुवेल हुसेन, सैफुल इस्लाम, नज्मुल होसेन, सुरावदी सुभो ।
- जिम्बाब्वे :इल्टन चिगम्बुरा (कप्तान), रेगिस चाकाभा, चाल्र्स कभेन्ट्री, ग्रायम क्रिमर, क्रेग इरभिन, टिनो मावोओ, ग्रेगरी, लाम्ब, सिन्गिराई मासाकाजा, क्रिस्टोफर मोफु, रेमन्ड प्राइस, एड्वार्ड रेन्सफोर्ड, तातेन्दा ताइबु, ब्रेन्डन टेलर, प्रोस्पर उत्सेया, सिन विलियम्स ।
- नेदरल्याण्ड: पिटर बोरेन (कप्तान), वेस्ले बारेसी -विकेटकिपर), मुद्दसर बुकारी, आट्से बुरमान, टोम कुमर, टम डि ग्रुथ, एलेक्जी केरभेजी, बब््राड्ली क्रुगर, बर्नाड लुट्स, आदिल राजा, पिटर सिलार, इरिक स्वार्जिन्स्िकी, रायन टेन डोयसचाटे, बेरेन्ड वेस्टडिक, बास जुडेरेन्ट ।
- क्यानाडा: आसिस बागाई (कप्तान, विकेटकिपर), रिज्वान चिमा, हरवीर वैधवान, नितिस कुमार, हिराल पटेल।, टाइसन गोर्डोन, हेन्री ओसिन्डे, जोन डेभिसन, रुभिन्दु गुनशेखरा, पार्थ देसाई, कार्ल वाथाम, खुराम चोहान, जिमी हन्स्रा, जुबिन सुरकारी, बालाजी राव ।
- आयरल्याण्ड: विलियम पोटरफिल्ड (कप्तान), एन्दि्र बोथा, एलेक्स क्युसाक, निल ओ ब्रायन -विकेटकिपर), केभनि ओ ब्रायन, जर्ज डोक्रेल, ट्रेन्ट जोन्स्टन, निजेल जोन्स, जोन मुनी, बोयड रान्किन, पल स्टिरलिङ, अलवर्ट भान डर मार्वी, गेरी विल्सन -विकेटकिपर), एन्ड्रयु हृवाइट, एड जोयस ।
- केन्या:जिमी कामान्डे (कप्तान), सेरेन वाटर्स, एलेक्स ओबान्दा, डेभिड ओबुया, कोलिम्स ओबुया, स्टिभ टिकोलो, ताम्ने मिश्रा, राकेप पटेल, माउरिस ओउमा, थोमस ओडोयो, नेहेमी ओडियाम्बो, एलिजा ओटिएनो, पिटर ओन्गोन्डो, शेम एनगोचे, जेम्स एनगोचे ।
आयोजना स्थल [सम्पादन गर्ने]
All the venues of the 2011 Cricket World Cup were announced on 2 November 2009 in Mumbai by the International Cricket Council. Two new stadiums in Sri Lanka have been constructed for the World Cup at Kandy and Hambantota.[१]
| Kolkata | Chennai | New Delhi | Nagpur | Ahmedabad |
|---|---|---|---|---|
| Eden Gardens | M. A. Chidambaram Stadium | Feroz Shah Kotla | Vidarbha Cricket Association Stadium |
Sardar Patel Stadium |
| Capacity: 65,000 | Capacity: 45,000 | Capacity: 48,000 | Capacity: 44,000 | Capacity: 48,000 |
| 125px | ||||
| Mumbai | Mohali | Bangalore | ||
| Wankhede Stadium | Punjab Cricket Association Stadium |
M. Chinnaswamy Stadium | ||
| Capacity: 33,000 | Capacity: 35,000 | Capacity: 40,000 | ||
| Colombo | Kandy | Hambantota | Chittagong | Dhaka |
| R. Premadasa Stadium | Muttiah Muralitharan Cricket Stadium |
Mahinda Rajapaksa Stadium |
Chittagong Divisional Stadium |
Sher-e-Bangla Cricket Stadium |
| Capacity: 35,000 | Capacity: 35,000 | Capacity: 35,000 | Capacity: 20,000 | Capacity: 25,000 |
| 125px | ||||
सेमि फाइनल [सम्पादन गर्ने]
तीतो राजनैतिक सम्बन्ध रहेका दुई छिमेकी देश भारत र पाकिस्तान बीचको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई २९ रनले पराजित गरी विश्वकप क्रिकेट फाइनलमा पुगेको छ । भारत र पाकिस्तान विश्वकपमा पाँचौंपल्ट भिडेका छन् । विगत का पाचै खेलमा भारतले नै बाजी मारेको छ । उसले उपाधि भिडन्तमा शनिबार अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाको सामना गर्ने छ । पाकिस्तान नजीकको सहर मोहालीमा भएको खेल दुवै देशका प्रधानमन्त्रीले सँगै बसेर हेरेका थिए । यसअघि सन् १९८३को विजेता भारत २००३मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पनि फाइनलमा पुगेको थियो । हजारौं दर्शकमाझ समर्थक उपस्थित मैदानमा पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २ सय ६० रन जोडेको थियो । उसका सचिन तेन्दुलकरले सर्वाधिक ८५ रन बनाए । बलिङमा पाकिस्तानका वाहव रिआजले सर्वाधिक ५ विकेट लिए ।
फाइनल [सम्पादन गर्ने]
शनिबार मुम्बइमा भएको १० औ विश्वकप क्रिकेट फाइनलमा श्रीलकालाई ६ विकेटले पराजित गर्दै भारतले २८ बर्षपछि उपाधि हात पारेको छ। खेलमा भारतले २ सय ७५ रनको विजयी लक्ष्य ४८ ओभर २ बलमा ४ विकेटको क्षतीमा पुरा गरेको थियो । भारतका लागि गौतम गम्भीरले सानदार पारी खेल्दै ९७ तथा कप्तान महेन्द्र सिंह धोनीले ९१ रनको योगदान गरे । विराट कोहलीले ३५ रनको योगदान दिए । भारतमा क्रिकेटमा भगवान उपनाम पाएका सचिनले क्रिकेट जीवनमा पहिलो विश्वकपको ट्रफी घरेलु मैदानमा उचाल्ने अवसर पाए । फाइनल खेलमा सचिन १८ रन बनाएर आउट हुन पुगेका थिए । मुम्बइको वानखेडा स्टेडियममा शनिवार मध्यम लक्ष्य पछ्याउने क्रममा प्रारम्भिक ब्याट्सम्यान सचिन तेन्दुलकर र विरेन्द्र सेहवागलाई सस्तैमा गुमाएको भारतिय पारीमा गम्भिर र कोहलीविच तेस्रो विकेटका लागि ८३ रन तथा गम्भिर र धोनीविच चौथो विकेटका लागि १ सय ९ रनको साझेदारी भएको थियो । धोनीले कप्तानी पारी खेल्नेक्रममा पाचौ विकेटका लागि युवराज सिंह(२१)सग पनि अविजित ५४ रनको साझेदारी गरेका थिए । मालिंगाले सुरुवाती ओभरमा घातक वलिंग प्रदर्शन गरेपछि सेहवाग शुन्यमा आउट भएका थिए । लासिथ मालिंगालाई छक्का हिर्काउदै धोनीले विजयी रन वटुलेका थिए ।
यस अगाडी टस जितेर पहिले ब्याटिङ गरेको श्रीलकाले सुस्त सुरुवातको बाबजदु पर्ूव कप्तान महेला जयबर्द्धनेको सानदार पारीकेा सहयोगमा २ सय ७४ रनको पतिस्पर्धात्मक योगफल खडा गरेको हो । ८८ बलको सामना गरेका जयबर्द्धनले एक सय तीन रन जोडे । उनको पारीमा १३ चौका समावेश थियो । भारतसँगको हारसँगै श्रीलंका लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ । नवांै संस्करणको फाइनलमा श्रीलंका अस्ट्रेलियासँग पराजित भएको थियो । यसअघि कप्तान महेन्द्रसिंह धोनीकै नेतृत्वमा भारतले ट्वान्टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो |प्रतियोगितामा भारतले सुरुआती चरणमा चार खेलमा जित हात पारेको थियो भने दक्षिण अप्रिmकासँग हार व्यहोरेको थियो । यसैगरी, इग्ल्याण्डसँग बराबरी गरेको थियो । क्वार्टरफाइनलमा अस्ट्रेलियालाई पराजित गरेको भारतले सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो ।
दसौ विश्वकप क्रिकेट भारत, श्रीलका र बंगलादेशले आयोजना गरेको थियो ( पाकिस्तान सह आयोजक भए पनि सन् २००९मा लाहोर बम काण्डपछि सो अबसरबाट बन्चीत गरिएको थियो) | बिशवकपको ११ औ प्रतियोगिता २०१५मा न्युजिल्याण्ड र अस्ट्रेलियामा हुने छ ।
विश्व कपमा प्रदर्शन [सम्पादन गर्ने]
भारत विश्वकप क्रिकेट विजेता
विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक सधँै प्रमुख दावेदारको रूपमा रहेको हुन्छ तर १० संस्करणको खेल भइसक्दा पनि घरेलु मैदानमा फाइनल जित्ने टिम देखापरेको थिएन । सन् १९९६मा श्रीलङ्काले विश्वकप जित्दा पनि उसले फाइनल पाकिस्तानको लाहोरमा खेलेको थियो । सो समय श्रीलङ्का सहआयोजक थियो तर यसपटक भारतले नयाँ इतिहास बनाउँदै घरेलु पिच मुम्बईको वानखाडे रङ्गशालामा भएको उपाधि भिडन्तमा श्रीलङ्कालाई छ विकेटले हराएर विश्वकप टफी हात पारेको छ । यस जितसँगै भारत विश्व क्रिकेटमा एउटा महाशक्तिको रूपमा उदाएको छ । भारत अहिले टेस्ट र एकदिवसीय दुवै संरचनाको क्रिकेटमा नम्बर एक टिम हो ।
प्रतियोगितापूर्व नै भारतले विश्वकप जित्ने अपेक्षा गरिएको थियो । महेन्द्र सिंह धोनीको नेतृत्व र सचिन तेन्दुलकरको प्रेरणामा रहेकोले पनि सन् १९८३मा विश्वकप जितिसकेको भारतबाट यसपटक घरेलु मैदानमा उपाधि जित्न आशा सबैमा रहेको थियो । श्रीलङ्काले सहजै भारतलाई उपाधि जित्न भने दिएन । माहेला जयवर्धनेले १०३ रनको अविजित पाली खेलेपछि श्रीलङ्काले भारतलाई उपाधि जित्न २७५ रनको कठिन चुनौती दिएको थियो । विश्वकपमा भएका १० संस्करणमा अहिलेसम्म मात्र दुई टिमले रन पछ्याएर जित हासिल गरेको थियो अझ २७४ रन पछ्याएर उपाधि जित्ने प्रदर्शन अहिलेसम्म भएको थिएन । त्यसमा पनि वीरेन्द्र सहवाग शुन्य र सचिन तेन्दुलकर १४ रनमा आउट भएपछि भारत यसपटक पनि जिल्लाराम हुने सम्भावना बढेको थियो तर नयाँ जोशमा रहेको भारतीय युवा ब्याट्सम्यानले सहजै २७४ रन पछ्याए । कप्तान धोनीले अविजित ९१ र गौतम गम्भीरले ९७ रनको पाली खेलेपछि भारतले ऐतिहासिक खेल जित्यो । श्रीलङ्काले भने आप\mना विश्व कीर्तिमानधारी बलर मुथैया मुरलीधरनको प्रदर्शन अपेक्षाअनुरूप नहुँदा दुर्भाग्य वेहोर्नुपर्योयस विश्वकपपछि दक्षिण एसिया क्रिकेटको शक्तिको रूपमा अगाडि आएको छ । अहिलेसम्म विश्वकपका दशौँ संस्करण भइसक्यो । जसमध्ये अस्ट्रेलियाले चार, वेस्ट इन्डिज र भारतले दुई तथा पाकिस्तान र श्रीलङ्काले एकएक पटक विश्वकपमा कब्जा गरेको छ ।
यसपटक सेमिफाइनल पुग्ने टिम न्युजिल्याण्डबाहेक तीन राष्ट्र दक्षिण एसियाका थिए । भारतले त विश्वकप नै जित्यो, श्रीलङ्का फाइनलमा पुग्यो भने पाकिस्तानले अन्तिम चारमा स्थान बनायो । दक्षिण एसियाको चौथो प्रतिनिधि टिम बङ्गलादेशका लागि मात्र यो विश्वकप खराब रहृयो ।क्रिकेट शक्ति अस्टे्रलिया, दक्षिण अपि|mका र इङ्ग्ल्याण्ड नकआउट चरणको पहिलो खेलबाटै घर फर्के । दक्षिण अपि|mका र अस्टे्रलियाका कप्तान ग्रायम स्मिथ र रिकी पोन्टिङले विश्वकपछि कप्तान पदबाट राजिनामा दिनुपर्यो । इङ्ग्ल्याण्डका कप्तान एन्डयु स्टायसमा पनि पद छोड्ने दबाब बढिरहेको छ ।
विश्वकपमा इङ्ग्ल्याण्डको टिम अस्ट्रेलियामा छ महिना लामो एसेज खेलेर आएकाले थकित भएको देखियो । दक्षिण अफ्रिकाले पनि विश्वकपमा आफूलाई किन दुर्भाग्यशाली टिम मानिन्छ भन्ने सावित गर्यो । दक्षिण अफ्रिका सरसर्ती रूपमा हेर्दा यसपटक पनि सर्वश्रेष्ठ टिम थियो तर दक्षिण अफ्रिकाले विश्वकपमा आफूमाथि झुण्डिएको हरूवाको ट्याग निकालेर फाल्न सकेन । आईसीसी विश्वकप चार पटक जित्ने
एकमात्र टिम अस्ट्रेलिया आयोजक भारतसँग क्वाटरफाइनलमा हारेर विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरियो । यसअघि, लिग चरणको अन्तिम खेलमा पनि पाकिस्तानसँग उपाधि रक्षा गर्ने अभियानमा रहेको अस्ट्रेलिया पराजित भएको थियो । यी दुई खेलमा वेहोरेको हारले विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दबदबा सकिएको प्रष्ट भएको छ । यसपटक अस्ट्रेलियाको छवि विश्वविजेताको देखिएन । विश्वकपमा गरेको प्रदर्शनले विश्व क्रिकेटमा अस्ट्रेलियाको समय सकिएको छनक देखिएको छ । यस विश्वकपमा अस्ट्रेलियाली ब्याट्सम्यान र बलर जसरी निस्तेज सावित भए, एसेजमा उसले जसरी प्रदर्शन गर्यो, त्यसले अस्ट्रेलियाली क्रिकेटको पतनतर्फ हो कि भन्ने शङ्का गर्न सकिन्छ । मार्क टेलर, शेन वार्न, ग्लेन म्याकग्राथ, रिकी पोन्टिङ, एडम गिलक्रिस्ट, स्टिभ वा, मार्क वा, म्याथ्यु हेडनजस्ता खेलाडीले अस्ट्रेलिया शिखरामा पुर्याए तर अब अस्ट्रेलियासँग वार्न, म्याकग्रा, गिलक्रिस्ट, वा दाजुभाइलाई स्थानापन्न गर्ने खेलाडी छैन । प्रमुखरूपमा लेग स्पिनर वार्नको कमी अस्ट्रेलियालाई लामो समयदेखि रहेको छ । वार्नपछि अस्ट्रेलियाली टिममा कुनै पनि स्पिनरले प्रभाव पार्न सकेका छैनन् । जसले गर्दा पनि अस्ट्रेलियाली टिमको सन्तुलन बिग्रेको मान्न सकिन्छ ।
विश्वकपकै सुरुआती खेलमै केन्या र क्यानाडाजस्ता एसोसिएट राष्ट्र एकपक्षी खेलमा फराकिलो अन्तरले हारेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)ले आगामी विश्वकपदेखि टेस्ट स्तरप्राप्त राष्ट्रलाई मात्र सहभागी गराउने निर्णय लिएर विश्वलाई चकित पार्यो । आईसीसीको यस अपरिपक्व निर्णयले क्रिकेट विकासमा लागि परेका एसोसिएट राष्ट्रले ठूलो आवाज उठाएको छ । चारैतिरबाट यसको विरोध भयो । आयरल्याण्डले त क्रिकेटकको जननी तथा दावेदार इङ्ग्ल्याण्डविरुद्ध ३२७ रनको लक्ष्य पछ्याएर आइसीसीलाई ठूलो जवाफ दियो ।
सो खेलमा केभिन ओ ब्रायनले ५० बलमा शतक बनाएर विश्वकपमा सर्वाधिक तेज शतक बनाउने कीर्तिमान कायम गरे । त्यसपछिका खेलमा पनि आयरल्याण्डको प्रदर्शन शानदार रहृयो । एसोसिएट्स राष्ट्रमा आयरल्याण्डले मात्र विपक्षीबाट सम्मान हासिल गर्ने टिमको रूपमा रहृयो । केही खेल अनपेक्षितरूपमा प्रतिस्पर्धात्मक भए पनि एसोसिएट राष्ट्र संलग्न अन्य प्रायः खेल एकपक्षीय रहृयो ।
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ Venues of 2011 World Cup by ICC Retrieved on 10 March 2010.