दामा कुमारी शर्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

शहीद यज्ञश्वर शर्मा बारुणपत्नी सभासद् शर्मा ०४६ देखि नै राजनीतिमा लाग्नुभएको थियो। गोबरडिहा ७ धैरेनी दाङमा सामान्य बाहुन परिवारमा जन्मनुभएकी शर्मा ०५३ देखि भूमिगत राजनीति थाल्नुभएको थियो। बीएड सम्मको औपचारिक शिक्षा लिनुभएकी शर्माका एक छोरा र एक छोरी छन्। दुई वर्षसम्म बन्दी जीवन बिताउनुभएकी शर्मा अन्तरिम व्यवस्थापिकामा विधायिका पनि हुनुहुन्थ्यो।

शर्मा हाल माओवादीको राज्य समिति सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। शहीद यज्ञश्वर शर्मा रुकुमका लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँलाई रुकुमै प्रहरीले मारेका थिए।

आधा आकाश ढाकेका सम्पूर्ण महिलाका मुक्तिको सुनिश्चिता सविधानमा गराउनु उहाँको मूल एजेण्डा छ। माओवादीको अग्रगामी कार्यदिशा र आफू र आफ्नो परिवारले जनता र क्रान्तिमा गरेको समर्पणलाई पनि मूल्यांकन गरेर आफूलाई विजयी बनाएको शर्माको कथन छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा