दार्जीलिङ्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दार्जीलिङ्ग
पहाडकी रानी
—  नगरपालिका  —
A panoramic view of a hill range. The upper portions of the nearer hillsides have tiled houses, while the farther hillsides and the lower portions of the nearer ones are covered with green bushes. A few coniferous trees are scattered throughout.
दार्जीलिङ्गको ह्याप्पी भ्याली टि स्टेटको दृश्य
दार्जीलिङ्ग is located in पश्चिम बंगाल
दार्जीलिङ्ग
निर्देशांक: 27°3′N 88°16′E / 27.050°N 88.267°E / 27.050; 88.267निर्देशांक: 27°3′N 88°16′E / 27.050°N 88.267°E / 27.050; 88.267
राष्ट्र भारत
राज्य पश्चिम बंगाल
जिल्ला दार्जीलिङ्ग
सरकार
 - संरचना दार्जीलिङ्ग नगरपालिका
 - अध्यक्ष अमर सिंह राई
 - उपाध्यक्ष सुक बहादुर बिश्वकर्मा
क्षेत्रफल
 - जम्मा १,०५७ किमी (४०८.१ वर्ग मी)
अवनति २,०५० मी (६,७२६ फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा १३२०१६
 - जनघनत्व १२४.९/किमी (३२३.५/वर्ग मी)
भाषाहरु
 - स्थानिय नेपाली, तिब्बति, किराँती, नेपाल भाषा, गुरुङ, मगर, भुटिया, तामाङ, लेप्चा
 - आधिकारिक नेपालीअंग्रेजी
समय क्षेत्र आइएसटि (युटिसी+५.३०)
पोस्टल नम्बर ७३४१०१
टेलिफोन कोड ०३५४
गाडी दर्ता WB-७६ WB-७७
लोक सभा निर्वाचन क्षेत्र दार्जीलिङ्ग
विधान सभा निर्वाचन क्षेत्र दार्जीलिङ्ग
वेबसाइट http://www.darjeelingmunicipality.org

दार्जीलिङ्ग (अंग्रेजी: Darjeeling; /dɑːrˈlɪŋ/) भारतको पश्चिम बंगाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जीलिङ्ग जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जीलिङ्ग शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ) र लिङ्ग (स्थान) बाट भएको हो । यसको अर्थ "चट्याङ स्थान" हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।

अन्तराष्ट्रिय स्तरमा दार्जीलिङ्ग चियाको लागि प्रसिद्ध छ ।[१] दार्जीलिङ्ग दार्जीलिङ्ग हिमालयन रेलवे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो । यहाँको चियाको खेती सन् १८००को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्टमा एक हो। दार्जीलिङ्ग हिमालयन रेलवे जो दार्जीलिङ्ग नगरलाई समथर स्थलसग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ ।

दार्जीलिङ्गमा केही बेलायती शैलीका सार्वजनिक विद्यालय पनि छन्, जसले भारत र नेपालबाट धेरै विद्यार्थीहरूलाई आकर्षित गर्दछन् । यो शहर र यसको नजीकको कालिम्पोङ शहर सन् १९८०मा गोर्खाल्याण्ड राज्यको माग गर्ने प्रमुख स्थानहरू थिए । एउटा स्वायत्त शासन पार्वत्य परिषद्को स्थापनाबाट केही वर्ष शान्त रहेको यो स्थान पुन गोर्खाल्याण्ड राज्यको मागमा आन्दोलनरत छ । यहाँको वातावरण ज्यादा पर्यटक र अव्यवस्थित शहरीकरणको कारणले केही बिग्रिरहेको छ ।

दार्जीलिङ्ग शहर

परिचय[सम्पादन गर्ने]

यो स्‍थानको खोज त्यस समय भयो जब आंग्‍ल-नेपाल युद्धको समयमा एक ब्रिटिश सैनिक टुक‍डी सिक्किम जानको लागि छोटो बाटो खोजीरहेको थिए । यस बाटोबाट सिक्किमसम्म सजिलै जान सक्ने कारण यो स्‍थान बेलायतीहरूको लागि रणनैतिक रूपमा धेरै महत्‍वपूर्ण थियो । यसको अलावा यो स्‍थान प्राकृतिक रूपमा पनि धेरै नै संपन्‍न थियो। यहाँको ठण्‍डा वातावरण तथा हिमपात बेलायतीको आकर्षण थियो। यसको कारण बेलायतीहरू बिस्तारै बिस्तारै यहाँ बस्न थाले ।

प्रारम्भमा दार्जीलिङ्ग नेपालको एक भाग थियो। पछि भूटानले यस माथि कब्‍जा गर्‍यो । तर केही समय पछि सिक्किमले यस माथी कब्‍जा गर्‍यो । तर १८ औ शताब्‍दीमा पुन: यसलाई नेपालले कब्जा गर्यो। तर नेपालले यस माथि ज्‍यादा समयसम्म अधिकार राख्न सकेन । सन् १८१७ मा अङ्ग्रेज-नेपाल युद्धमा हारे पछि नेपालले यो भाग ईस्ट इंडिया कम्पनीलाई सुम्पनु पर्‍यो ।

आफ्नो रणनैतिक महत्‍व तथा तत्‍कालीन राजनैतिक स्थितिको कारण सन् १८४० तथा ५०को दशकमा दार्जिलिंग एउटा युद्ध स्‍थलको रूपमा परिणत भएको थियो । त्यस समय यो ठाँउ विभिन्‍न देशको शक्ति प्रदर्शन स्‍थल बनिसकेको थियो । पहिला तिब्बतका मानिस यहाँ आए। त्यसपछि यूरोपिय मानिसहरू आए । यसपछि रुसका मानिसहरू यहाँ बसे । यी सबलाई अफगानिस्तानका अमीरले त्यहाँदेखि खेदेका थिए । यो राजनैतिक अस्थिरता त्यसबेला समाप्‍त भयो जब अफगानिस्‍तानका अमीर अङ्गेजहरूसँग भएको युद्धमा हारे । यसपछि यसमा अङ्ग्रेजहरूको कब्‍जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसको इंडियन नेशनल आर्मीको पनि कर्मस्‍थल बन्यो । स्‍वतन्त्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहाँ आएर बसे ।[२]

यस बेला, दार्जिलिंग पश्चिम बंगालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यो शहर त्रिभुगएर छ । यसको उत्तरी भाग नेपाल र सिक्किमसग जोडिएको छ । यहाँ शरद ऋतु अक्टोबर देखि मार्चसम्म हुन्छ । यस मौसममा यहाँ धेरै चिसो हुन्छ । यहाँ गृष्म ऋतु अप्रिल देखि जून सम्म रहन्छ । यस समयको मौसम हल्‍का चिसो हुन्छ । यहाँ वर्षा जून देखि सेप्टेम्बरसम्म हुन्छ । ग्रीष्‍म कालमा नै यहाँ धेरै पर्यटक आउँदछन् ।[३]

दार्जीलिङ्ग शहर

मुख्य आकर्षण[सम्पादन गर्ने]

यो शहर पहाडको चुचुरोमा अवस्थित छ। यहाँ सडको जाल बिछाईएको छ। यि सडकहरू एक अर्कोसंग जोडिएका छन् । यि सडकहरूमा घुम्दै जादा तपाईलाई औपनिवेशिक कालमा बनेका थुप्रै घरहरू देखा पर्ने छन्। यि घरहरू आज पनि धेरै नै आकर्षक देखिन्छन्। यि घरहरूमा लगाइएको पुरानो झ्याल तथा धुवा निस्किन बनाइएको चिमनीले पुरानो समयको झझल्को दिन्छन् । तपाईं यहाँ चिहान, पुरानो स्‍कूल भवन तथा चर्चें पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरूको साथ-साथै तपाई यहाँ वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नया भवनहरूको मेल यस शहरलाई एउटा खास सुन्दरता प्रदान गर्दछ ।

शाक्‍य मठ[सम्पादन गर्ने]

यो मठ दार्जीलिङ्गबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्‍य मठ शाक्‍य सम्‍प्रदायको धेरै नै ऐतिहासिक र महत्‍वपूर्ण मठ हो । यस मठको स्‍थापना सन् १९१५ मा गरिएको थियो । यसमा एउटा प्रार्थना कक्ष पनि छ । यस प्रार्थना कक्षमा एक साथ् ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन् ।

द्रुक-थम्‍बटेन-साङ्गग-चोलिङ्ग-मठ[सम्पादन गर्ने]

११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपोको मृत्‍यु सन् १९९९ भएको थियो । यिनैको सम्झनामा यस मठको स्‍थापना सन् १९७१ मा गरिएको थियो । यस मठको बनावट तिब्‍बतियन शैलीमा गरिएको थियो। पछि यस मठको पुननिर्माण सन् १९५३ मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए ।

माकडोग मठ[सम्पादन गर्ने]

यो मठ चौरास्‍तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गाउँमा छ । यो मठ बौद्ध धर्मको योलमोवा संप्रदायसंग सम्बन्धित छ । यस मठको स्‍थापना श्री संगे लामाले गरेका थिए । संगे लामा योलमोवा सम्प्रदायको प्रमुख थिए । यो एउटा सानो सम्‍प्रदाय हो जो पहिले नेपालको पूवोत्तर भागमा बस्दथे । पछि यस सम्‍प्रदायका मानिसहरू दार्जीलिङ्गमा आएर बसे । यो मठको निर्माण कार्य सन् १९१४ मा पूरा भएको थियो । यस मठमा योलमोवा सम्‍प्रदायका मानिसहरूको सामाजिक, सांस्‍‍कृतिक, धार्मिक पहिचानलाई दर्शाउने पूरा प्रयास गरिएको छ ।

जापानी मन्दिर (पीस पैगोडा)[सम्पादन गर्ने]

विश्‍वमा शान्ति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरुले गरेका थिए । उनी महात्मा गान्धीको मित्र थिए। भारतमा जम्मा ६ वटा शान्ति स्‍तूप छन्; त्यस मध्ये एक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जीलिङ्गमा छ । यस मंदिरको निर्माण कार्य सन् १९७२मा शुरु भएको थियो । यो मन्दिर १ नोभेम्बर १९९२ मा सर्वसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जीलिङ्ग र कञ्चनजङ्घा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।

टाइगर हिल[सम्पादन गर्ने]

टाइगर हिलको मुख्‍य आनन्द यसको आरोहण गर्नमा छ । तपाई प्रत्येक बिहान पर्यटक यसमा चड्दै गरेको पाउनु हुने छ । यसको छेउमा कञ्चनजङ्घा चुचुरो छ । सन् १८३८ देखि १८४९ सम्म यसलाई नै विश्‍वको सबै भन्दा अग्लो चुचुरो मानिन्थ्यो। तर सन १८५६मा गराईएको सर्वेक्षणबाट यो स्‍पष्‍ट भयो कि कंचनजंघा होईन बरु नेपालको सागरमाथा जसलाई अङ्ग्रेजहरूले एवरेस्टको नाम दिएका थिए, विश्‍वको सबै भन्दा अग्लो चुचुरो हो । यदि तपाईं भाग्‍यशाली हुनु हुन्छ भने टाइगर हिलबाट कञ्चनजङ्घा तथा एवरेस्‍ट दुबै चुचुरोहरू देख्न सक्नु हुनेछ । यि दुबै चुचुरोहरूको ऊंचाईमा मात्र ८२७ फीटको अन्तर छ। अहिले कञ्चनजङ्घा विश्‍वको तेस्रो सबैभन्दा अग्लो चुचुरो हो। कञ्चनजंघालाई सबैभन्दा रोमांटिक माउंटेनको उपाधिबाट सम्मानित गरीको छ। यसको सुंदरताको कारण पर्यटहरूले यसलाई यस उपाधिबाट सम्मानित गरीको हो। यस चुचुरोको सुंदरतामाथि थुप्रै कविताहरू लेखिएका छन् । यसको साथ-साथै सत्‍यजीत रायको चलचित्रमा यस चुचुरोलाई थुप्रै पटक देखाईएको छ ।

शुल्‍क[सम्पादन गर्ने]

हेर्नको लागि मात्र नि: शुल्‍क, टावरमा चढ्नको लागि शुल्‍क रु. १०, टावरमा बस्नको लागि शुल्‍क रु. ३० । यहाँसम्म तपाईं जीपद्वारा जान सक्नु हुने छ । दार्जिलिंगबाट यहाँसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा पर्दछ ।

घूम मठ (जेलूग्‍पा)[सम्पादन गर्ने]

टाइगर हिलको नजीक ईगा चोइलिंग तिब्‍बतियन मठ छ। यो मठ जेलूग्‍पा संप्रदायसग संबंधित छ् । यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकारहरूका अनुसार यस मठको स्‍थापना धार्मिक कार्यहरूको लागि होईन वरु राजनैतिक बैठकहरूको लागि गरिएको थियो ।

यस मठको स्‍थापना सन १८५०मा एक मंगोलियन भिक्षु लामा शेरपा याल्‍तसूद्वारा गरीएको थियो । याल्‍तसू आफ्नो धार्मिक इच्‍छाहरूको पूर्त्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन् १९१८मा गौतम बुद्धको १५ फीट अग्लो मूर्त्ति स्‍थापित गरीको थियो। त्यस समय यस मूर्त्ति बनाउन रु.२५००० खर्च लागेको थियो । यो मूर्त्ति एउटा मुल्यवान पत्‍थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्‍य ग्रन्थहरूको संग्रह पनि छ । यि ग्रन्थहरू संस्‍कृतबाट तिब्‍बतीयन भाषामा अनुवादित छन् । यि ग्रन्थहरूमा कालीदासको मेघदूत पनि सामिल छ। हिल कार्ट रोडको नजीक समतेन चोलिंगद्वारा स्‍थापित एउटा अर्को जेलूग्‍पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।

भूटिया-बस्‍ती-मठ[सम्पादन गर्ने]

यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रूपबाट औब्‍जरबेटरी हिलमा सन १७६५मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरूले सन १८१५मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण सन्त एण्ड्रूज चर्चको छेउमा सन १८६१मा गरियो। अंतत: यो आफ्नो वर्तमान स्‍थान चौरासताको नजीक, भूटिया बस्‍तीमा १८७९मा स्‍थापित भयो। यो मठ तिब्‍बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्‍य प्राचीन बौद्ध सामाग्री राखिएको छ।

यहांको मखाला मन्दिर धेरै नै आकर्षक छ। यो मन्दिर त्यसै ठाउमा स्‍थापित छ जहाँ भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्‍य घुम्नु पर्दछ। समय: सबै दिन खुला। मठको बाहिर मात्र फोटो खिच्न अनुमति प्रदान गरिएको छ ।

तेन्जिङस लेगेसी[सम्पादन गर्ने]

हिमालय माउन्टेनिङ संस्‍थानको स्‍थापना सन १९५४ मा गरिएको थियो । ज्ञात होस सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहन गरिएको थियो । तेंजिंग धेरै बर्षसम्म यसको निदेशक पदमा रहे। यहाँ एउटा पर्बतियसंग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चडन गरीएको धेरै ऐतिहासिक अभियानसग संबंधित वस्‍तुहरू राखिएको छ। यस संग्रहालयको एउटा गैलेरीलाई सगरमाथा (एवरेस्‍ट) संग्रहालयको नामबाट जानिन्छ । यस गैलेरीमा सगरमाथासग संबंधित वस्‍तुहरू राखिएको छ । यस संस्‍थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।

प्रवेश शुल्‍क: रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्‍क पनि शामिल छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्‍टा बंद)। बिहिवार बन्द।

जैविक उद्यान[सम्पादन गर्ने]

पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्‍थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा रातो पान्डाको प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाईं यहाँ साइबेरियन बाघ तथा तिब्‍‍बतियन भेडा पनि देख्न सक्नु हुने छ।

मुख्‍य बस पार्कको तल पुराने बाजारमा लियोर्डस वानस्‍पतिक उद्यान छ । यस उद्यानलाई यो नाम मिस्‍टर डब्‍ल्‍यू. लियोर्डको नाममा राखिएको हो। लियोर्ड यहाको एउटा प्रसिद्ध बैंकर थिए जसले सन १८७८मा यस उद्यानको लागि जमीन दान दिएका थिए । इस उद्यानमा और्किटको ५० प्रजातिहरूको बहुमूल्‍य संग्रह छ। समय: बिहान ६ बजे देखि राति ५ बजेसम्म ।

यस वानस्‍पतिक उद्यानको नजीक नै नेचुरल हिस्‍ट्री म्‍यूजियम छ। यस म्‍यूजियमको स्‍थापना सन १९०३मा गरीको थियो। यहाँ चरा, सरीसृप, जंतुहरू तथा कीरा-पातको विभिन्‍न किसिमलाई संरक्षित‍ अवस्‍थामा राखिएको छ।

समय: बिहान १० बजे देखि राति ४:३० बजे सम्म। बिहिवार बन्द।

तिब्‍बती शरणार्थी क्याम्प[सम्पादन गर्ने]

तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र

तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबाट ४५ मिनटको पैदल दूरीमा अवस्थित छ । यस क्याम्पको स्‍थापना सन १९५९मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८मा दलाई लामाले भारतसग शरण मागेका थिए । यस क्याम्पमा १३औ दलाई लामा (अहिले १४ औ दलाई लामा छन)ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्‍यतीत गरेका थिए। १३ औ दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्‍थामा छ।

आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्‍थल हो। यि तिब्‍बतीहरू यहाँ विभिन्‍न प्रकारको सामान बेच्दछन। यि सामानहरूमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरू, धातुले बनेको खेलौना लगायत छन । तर तपाईं यो तिब्‍बती शरणार्थी क्याम्प घूमेर आनन्‍द लिन चाहानु हुन्छ भने यि सामानहरू बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरूको लागि खुल्ला रहदछ।

खेलौना रेल अर्थात् टोए ट्रेन[सम्पादन गर्ने]

१९२१मा दार्जीलिङ्ग हिमालयन् रेल्वे

सन १९२१मा दार्जीलिङ्ग हिमालयन् रेल्वेइस अच्चम्मको ट्रेनको निर्माण १९ औ शताब्‍दीको उतरार्द्धमा भएको थियो। दार्जिलिंग हिमालयन रेलमार्ग, इंजीनियरिंगको एउटा आश्‍चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामो छ। यो पुरै रेलखण्‍ड समुद्र सतह देखि ७५४६ फीट ऊंचाईमा अवस्थित छ । यस रेलखण्‍डको निर्माणमा इंजीनियरहरूले धेरै नै मेहनत गर्नुपरेको थियो । यो रेलखण्‍ड थुप्रै बाङ्गो-टिङ्गो बाटो त‍था वृताकार बाटोहरू भएर जान्छ। तर यस रेलखण्‍डको सबै भन्द सुंन्दर भाग बताशिया लूप हो। यो ठाउँमा रेलखण्‍ड अङ्ग्रजी आठ अंकको आकारमा छ ।

तर ट्रेनबाट पुरै दार्जिलिंग घुम्न नचाहने हो भने रेलबाट दार्जिलिंग स्‍टेशनबाट घूम मठ सम्म जान सकिन्छ । यो रेलबाट यात्रा गर्दा यसको चारै तर्फको प्राकृतिक दृश्यको आन्न्द लिन सकिन्छ । यो रेलमा यात्रा गर्नको लागि कि त बिहानै वा साँझ उपयुक्त हुन्छ; अन्‍य समय यहाँ धेरै नै भीड-भाड हुनेगर्दछ।

चिया बगान[सम्पादन गर्ने]

बगानबाट ल्याएको चिया जम्मा पार्दै, सन् १८९०।

दार्जीलिङ्ग एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिंग विश्‍व स्‍तरमा जानिन्थ्यो । ड. कैम्‍पबेल दार्जिलिंगमा ईस्‍ट इण्डिया कंपनीद्वारा नियुक्‍त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४०को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरूले सन १८८०को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरूले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरूद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२)को नामबाट जान्न पाइन्छ ।

चियाको पहिलो बिउ चाइनिज झाडीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिंग चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६मा टी. टी. कपरले यो अनुमान लगाए कि तिब्‍बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुदथ्यो। यसको उत्‍पादन मुख्‍यत: सेजहवान प्रांतमा हुदथ्यो । कपरको विचार थियो कि यदि तिब्‍बतका मानिसले चिनिया चियाको ठाउमा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा धेरै मूल्‍यावान बजार प्राप्‍त हुदछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।

स्‍थानीय माटो तथा हिमालयी हवापानी कारण दार्जिलिंगको चिया गुणवता उत्तम कोटिको कै हुन्छ। अहिले दार्जिलिंग तथा यसको छेउछाउमा लगभग ८७ चिया कमान छन्। यि कमानहरूमा लगभग ५०००० मानिसहरूलाई काम प्राप्त भएको छ । प्रत्‍येक चिया कमानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्‍येक चिया कमानको चियाको किसिम पनि अलग-अलग हुदछ। तरले यि चिया सामूहिक रूपमा दार्जिलिंग चिया 'को नामबाट चिनिन्छन् । यि कमानहरूमा घूम्नको लागि सबैभन्दा राम्रो समय समय ग्रीष्‍म काल हो जब चिया पत्तिहरूलाई टिपिन्छ । हैपी-वैली-चाय कमान (टेली: २२५२४०५) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहाँ तपाईं मजदूरहरूले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाईं ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया कमान घूम्नको लागि यि कमानका व्यवस्थापकलाई पहिले नै जानकारी दिनु आबश्यक हुन्छ ।

चिया[सम्पादन गर्ने]

Terraced rows of bushes growing on a hillside.
दार्जीलिङ्गको एउटा चियाबारी

नि:सन्‍देह यहाँबाट किनमेलको लागि सबैभन्दा राम्रो वस्‍तु चिया हो । यहाँ तपाई थुप्रै किसिमको चिता पाउन सक्नुहुन्छ। तर उत्तम प्रकारको चिया प्रायजसो विदेश निर्यात गरिने गरीन्छ । तर तपाईलाई उत्तम किसिमको पाउनु भयो भने पनि यसको मुल्य ५०० देखि २००० रु. प्रति किलो सम्म हुन्छ ।

चिया अतिरिक्‍त दार्जिलिङ्गमा हस्‍तकलाको राम्रा सामान पनि पाइन्छ।

यातायात[सम्पादन गर्ने]

हवाई सेवा[सम्पादन गर्ने]

यो ठाउ देशको सबै ठाउँसग हवाई सेवाबाट जोडिएको छ। बागदोगरा (सिलगढी) यहाको सबैभन्दा नजीकको विमानस्थल (९० किलोमीटर) हो। यो दार्जिलिंगबाट २ घण्‍टाको दूरीमा छ। यहांबाट कलकत्ता र दिल्‍लीको दैनिक उडान सञ्चालित गरिन्छ। यसको अलावा गुवाहाटी तथा पटनाबाट पनि यहांको लागि उडान सञ्चालित गरिन्छ।

रेलमार्ग[सम्पादन गर्ने]

यसको सबैभन्दा नजीकको रेल जोन जलपाइगडी हो। कलकत्ताबाट दार्जिलिंग मेल तथा कामरूप एक्‍सप्रेस जलपाइगडी जादछ। दिल्‍लीबाट गुवाहाटी राजधानी एक्‍सप्रेस यहांसम्म आउदछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगडीबाट दार्जिलिंग ८/९ घण्टा सम्ममा जान सकिन्छ।

सडक यतयात[सम्पादन गर्ने]

यो सहर सिलगढीदेखि सडक मार्गबाट पनि राम्रोसग जोडिएको छ। दार्जिलिंग सडक मार्ग मार्फत जादा सिलगढीबाट २ घण्‍टाको दूरीमा छ। कलकत्ताबाट सिलगढीको लागि धेरै सरकारी र निजी बसहरू चल्दछन।

इतिहास[सम्पादन गर्ने]

A hillside with houses having tiled roofs.
सन् १८८०को दार्जीलिङ्ग

दार्जीलिङ्गको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसग जोशिएको छ। दार्जीलिङ्ग शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुदछ, तथा लिंग जसको अर्थ ठाउ हुदछ, सग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठाउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औ शताब्दीको पूर्वसम्म यो ठाउँ माथि नेपाली र सिक्किमी राज्य गर्दथे; केही लेप्चा समुदायको पनि बसोबास थियो । सन् १८२८मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरूको टुकडी सिक्किम जादै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चय गरियो । आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहाँ हिल स्टेसन बनाउने जिम्मेवारी दिईयो।

सन १८४१मा बेलायतीहरूले यहाँ एक प्रायोगिक चिया कृषि कार्यक्रम सञ्चालन गरे। यस प्रयोगको सफलताको कारण यहाँ १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगौन् लागे। दार्जीलिंगलाई बेलायतीहरूले सिक्किमसग सन १८४९मा मे छिनेर लिएका थिए । यस समयमा प्रवासी विषेश गरेर नेपालीहरूलाई बगान, खेती, निर्माण आदि कार्य सञ्चालनको लागि भर्ती गरीको थियो। स्कटिश मिसिनरीहरूले यहाँ विद्यालयको स्थापना र बेलायतीहरूको लागि वेल्फेर सेन्टरको स्थापना गरे र यो ठाउलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिंग हिमालयन रेल्वेको सन १८८१मा स्थापना पछि यहांको विकास उच्च गतिबाट भयो। सन १८९८मा दार्जीलिंगमा एउटा ठूलो भूकम्प आयो (जसलाई "दार्जीलिंग डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरूको ठूलो क्षति गर्‍यो।

बेलायती शासनको अधीनमा दार्जीलिंग पहिला त "नन-रेगुलेसन जिला" थियो तर सन १९०५को बंगाल बिभाजन के पछिदेखि यो राजशाही विभागको अन्तर्गतमा सम्मिलित भएको थियो।

भूगोल[सम्पादन गर्ने]

कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फिट हो[१३]। यो ठाउ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मै अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यो श्रृंखला Y-आकारको छ जसको जग कतपहर और जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल के उत्तरबाट जादछ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुदछ्। उत्तर-पश्चिमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजदीक अन्त्य हुदछ। [३]

मौसम[सम्पादन गर्ने]

दार्जीलिङ्ग (१९०१–२०००) के लिए मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
औसत अधिकतम °C (°F) 9.4
(48.9)
10.4
(50.7)
14.4
(57.9)
17.4
(63.3)
18.5
(65.3)
19.3
(66.7)
19.4
(66.9)
19.6
(67.3)
19.2
(66.6)
18.0
(64.4)
14.7
(58.5)
11.5
(52.7)
१६.०
(६०.८)
औसत न्यूनतम °C (°F) 1.8
(35.2)
2.9
(37.2)
6.3
(43.3)
9.4
(48.9)
11.5
(52.7)
13.6
(56.5)
14.3
(57.7)
14.2
(57.6)
13.3
(55.9)
10.3
(50.5)
6.3
(43.3)
3.3
(37.9)
८.९
(४८)
हिउँ/वर्षा mm (इंच) 19.7
(0.776)
24.1
(0.949)
47.7
(1.878)
115.8
(4.559)
197.2
(7.764)
570.0
(22.441)
781.7
(30.776)
635.3
(25.012)
437.3
(17.217)
122.5
(4.823)
23.5
(0.925)
7.0
(0.276)
२,९८१.८
(११७.३९४)
श्रोत: भारतीय मौसम विभाग[४]
सुर्योदय टाइगर हिलबाट

दार्जीलिङ्गको मौसममा ५ ऋतु हुन्छ: बसन्त, गृष्म, शरद, शीत, र मनसून ।[५] यहाँको वार्षिक औषत तापक्रम १५.९८ °से (६०.७६ °फे) हुन्छ जबकि यहाँको सबभन्दा कम तापक्रम ८.९ °से (४८.० °फे),[६] हुन्छ । यहाँको मासिक औषत तापक्रम ५ °से (४१ °फे) हुन्छ ।[७] सबैभन्दा न्यून तापक्रम −२४ °से (−११ °फे) १९०५ फेब्रुअरी ५ मा भएको थियो ।[६] यहाँ लगभग वर्षमा ३०९.२ सेन्टीमिटर (१२१.७ इन्च) वर्षा हुन्छ, जुन औषत वर्षमा १२६ दिन हुन्छ ।[६] वर्षमा सबैभन्दा बढी वर्ष जुलाई महिनामा हुन्छ ।[६]

अर्थतन्त्र[सम्पादन गर्ने]

दार्जीलिंग चिया बगान दार्जीलिङ्गको अर्थतन्त्रको दुई प्रमुख क्षेत्र पर्यटन और चिया उद्योग हो। दार्जीलिंग चिया संसारको सर्वोत्कृष्ट कालो चियामा एक मानिन्छ र धेरै प्रख्यात छ,[२] विशेष रूपमा संयुक्त अधिराज्य र अन्य देशमा जहाँ बेलायतीहरूने शासन गरेका थिए। यो चियाको उद्योगमा हालको समयमा भारतको अरु भाग और नेपालको चिया बगानले कडा प्रतिस्पर्धा गरेरहेका छन्।

यातायात[सम्पादन गर्ने]

"टोय ट्रेन" दार्जीलिङ्ग तर्फ जादै गर्दा

दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिंग हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन")को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जादछ) बाट जान सकिन्छ। दार्जीलिंग हिमालयन रेल्वे ६० से.मि. वा २ फिटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९मा सूचीकृत गरेको छ, यो विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।[८]

शिक्षा[सम्पादन गर्ने]

दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक सङ्घ-संस्थाहरूद्वारा सञ्चालित छन्। विद्यालयहरूमा पढाउने माध्यम भाषा अङ्ग्रेजी और नेपाली हो, तर राष्ट्रिय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त आइसीएसइ, सीबिएसई, वा पश्चिम बङ्गाल बोर्ड अफ सेकेन्डरी एजुकेसन सँग आबद्ध छन्। बेलायतीहरूको समर रिट्रिट हुने कारणले दार्जीलिङ्गमै इटन कलेज, ह्यारो स्कूलरग्बी स्कूलको ढाँचाको पब्लिक विद्यालयको स्थापनाको ठाउँको रूपमा छानिएको हो ।[९] यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँदथे। विद्यालय जस्तो कि सेन्ट जोसेफ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज स्कूलमाउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्। दार्जीलिङ्गमा ३ वटा कलेज रहेको छ — सेन्ट जोसेफ कलेज, साउथफिल्ड कलेज (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), लोरेटो सरकारी कलेज र सेन्ट पाउल्स स्कूल,दार्जीलिङ्ग रहेका छन्। यी सबै उत्तर बङ्गाल विश्वविद्यालय, सिलिगुढीसँग आबद्ध छन्।

बतासिया केन्द्र,रेलवे स्टेसन

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाहिरी सूत्र[सम्पादन गर्ने]

Darjeelingको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिबुक्सबाट
उद्घरण विकिक्वोटबाट
श्रोत पदहरु विकिसोर्सबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिन्युजबाट
सिक्ने श्रोतहरु विकिभर्सिटीबाट