दावा तामाङ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सिन्धुपाल्चोक ३ बाट विजयी एकिकृत नेकपा माओवादीका संविधान सभा सदस्य दावा तामाङ पार्टीको राजनैतिक विचारधारा र त्यसबाट सुसुचित जनता नै आफ्नो विजयीको कारण भएको बताउनुहुन्छ।
२०३० सालमा इर्खु -७मा सामान्य तामाङ परिवारमा जन्मेका तामाङले लगातार ३० वर्ष सम्म सिन्धुपाल्चोकबाट विजयी हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणलाई पराजित गरी संविधान सदस्यमा निर्वाचित हुनुभएको हो।
२०४६ साल देखि राजनीतिमा लागेका तामाङ २०५२ सालमा सिन्धुपाल्चोकको कुभिन्डेमा गरिएको पुलिस हत्याको अभियोग लागे पछि भूमिगत हुनु भएको थियो।
त्यतिबेला माओवादीको विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीयन क्रान्तिकारीका जिल्ला अध्यक्ष तामाङ पार्टीको जिल्ला समितिको सदस्य हुँदै माओवादीको जिल्ला जनसरकार प्रमुख पनि हुनुभयो।
तामाङ जिल्ला सचिव हुँदै अहिले ताम्सालिङ्ग राज्य समितिका सदस्य पनि हुनुहुन्छ। तामाङकी श्रीमती कुमारी मोक्तान पनि प्रत्यक्ष निर्वातनमा माओवादी पार्टीकै तर्फबाट मकवानपुर ४ क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको छ।
संविधान सभामा पार्टीको नीति, युवा वर्ग र आदिवासी जनजातिको हितका लागि आवाज उठाउने तामाङको लक्षय रहेको छ।[१]