दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दाहाल नेपालका ब्राह्मण हरू मध्यको एक थर हो। पश्चिम नेपालको दैलेखको दुल्लु दहगाउँ दाहालहरूको उद्गम स्थल भएको कुरा दाहाल वंशावलीमा उल्लेख गरिएको छ।[१] दाहालहरू नेपालको सबै तिर छरिएर रहेका छन। २५ पुस्ताको इतिहास फेला परेको दाहालहरू दासुभट्टका सन्तान हुन। दाहालहरुले घिमिरेसँग बिहे गर्दा राम्रो हुने बताइएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

दाहालको मूल लता यस प्रकार रहेको छ। दासुभट्ट अहिले सम्मको अनुसन्धानबाट पत्ता लागेको दाहालको आधार पुस्ता हुन।

वंश ११ गोपीकृष्ण जयभद्र रामेश्वर
वंश १० गृहपति गणपति ऋषि रामहरी
वंश नं. ९ पुष्षलाल

ताप्लेजुङ

कल्याण

(खोटाङ खोक्सेली)

रामचन्द्र

(ओखलढुंगा चनौटे)

.
वंश नं. ८ कृष्णानन्द चन्द्रमान

(खोटाङ-दिक्तेल ओमढुङ्गा, गैरीगाउँ)

सूर्यमान
.
वंश नं. ७ जोगापाध्या

(नाम्दु रामपुर)

जयभद्र

(नाम्दु ज्यामिरे)

जोतीखर

(झगरपुर र हर्कपुर ओखलढुङ्गा)

.
वंश नं. ६ विश्वनाथ

(झिर्लिङ झिल्टिङ)

हरिपाध्या

(मुल्कोट र सिपामण्डन)

शंकरपाध्या

(नालापानी-गोठाटार)

(घुरु) लोकनाथ

(दोलखा र ओखलढुङ्गा)

.
वंश नं. ५ तुलाराम

(नुवाकोट झिर्लिङ झिल्टिङ)

.
वंश नं. ४ वेणुमाधव
.
वंश नं. ३ वासुदेव

(दाङ बसाई सराई)

.
वंश नं. २ देवशर्मा

(दैलेख विर्ता)

शिवहरि

(लम्सु विर्ता)

शिवदास

(रुपवेसीटार)

शिवराम

(दुल्लु दहगाउँ)

.
वंश नं. १ दासुभट्ट

गोत्र[सम्पादन गर्नुहोस्]

यो थरको वत्स गोत्र हुन्छ। दाहालको सगोत्री थरहरू लम्साल, कुवर, राणा र रूपाखेती हुन। दाहाल प्रतिस्ठान मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद दाहालका अनुसार लम्साल, रूपाखेती, कुवर, राणा सबै दाहाल नै हुन। विभिन्न काल खण्डमा आएर दाहालले दोलखामा रोपेको खेत बिर्ता पाएको भएर एकथरि दाहाल रूपाखेती भए, दाहाल भित्रैका लुम्साली बाजेका सन्तान अपभ्रम्स भै हाल लम्सालको रूपमा रहेका छन, दाहालकै एक सन्तानले मगर जातकी कन्यासँग बैबाहिक सम्बन्ध कायम गरेकाले तात्कालीन प्रचलन अनुसार अन्तर्जातीय बिबाह गर्ने वर सुवर नभई कुवर हुन्छ भनि कुवर भन्न थालियो र पछि कुवंर भन्न र लेख्न थालियो।[स्रोत नखुलेको] तिनै कुवंर मध्यका बाल नरसिंह कुवंर का सन्तान जंग बहादुर कुवंरले कोतपर्ब पश्चात उपाधि स्वरूप राणा पदवी धारण गरेका हुन।[स्रोत नखुलेको]

बत्स गोत्रीहरूको पञ्च प्रवरमा वत्स, और्ब, च्यवन, जमदग्नी र भार्गव भन्ने गरिन्छ । विभिन्न काल खण्डमा उनको बंशमा विभिन्न प्रभावशाली ऋषिहरु भए, ती मध्येका वत्स ऋषिको नामबाट उनका सन्ततिहरूको वत्सगोत्र भएको बुझिन्छ।

समयक्रम सँगै अहिले लम्साल, कुवर, र राणालाई छुट्टै थर मानिन्छ। दाहाललाई भने बुढा दाहाल र रूपाखेती दाहाल गरी दुई समूहमा विभाजन गरिएको छ। बुढा दाहालहरूले आफ्नो पूरा नाममा दाहाल थर लेख्छन भने रूपाखेती दाहालहरूले रूपाखेती लेख्ने गर्छन।

विशिष्ट संस्कृति[सम्पादन गर्नुहोस्]

बुढा दाहालहरूले पुर्णिमाको दिन दुध खादैनन। बुढा दाहालहरूले बैशाख पुर्णिामाको दिन र मंसिरे पुर्णिामाको दिन आफ्नो घरको धुरिमा धजो राख्छन।

दाहाल प्रतिष्ठान[सम्पादन गर्नुहोस्]

दाहालहरूको सामाजिक संस्था दाहाल प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाको दमकमा रहेको छ।

लोकनाथ दाहाल उमेर १०३ वर्ष, तत्कालीन पथरिया गाबिस वार्ड न ३ साबिक कचनकवल गाउपालिका वर्ड न ३ झापा नेपाल

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

  1. दाहाल वंशावली, दाहाल प्रतिष्ठान।