दिपावली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
तिहारको बेलामा दिपावली गरिएको घर

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् ।

नेपालमा दिपावली एवं भाइ तिहार [सम्पादन गर्ने]

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ । जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ । यहि तिहार पर्वको मूल मर्म हो । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ । खुसि खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसोमा ज्योतिर्गमय”को आवास दिन्छ । जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ ।अभाव ग्रस्त जीवनलै परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने सन्देश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला । प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्व बाट थाहा हुन्छ । किनकि सर्बत्र चेतान्सील मानवले काग, कुकुर, गाइ, आदिको पूजा गर्नुलाई नै हाम्रो धर्म प्रकृति प्रेमी हो भन्न सकिन्छ । अनि भगवानले गितामा भन्नु हुन्छ ” स्वीनी चईब स्वपाकेच पन्दिता समदर्शिन ” सबै प्राणीमा रहेको आत्मा र तिमीमा रहेको आत्मामा कुनै भेद छैन । आत्मिक ध्रिष्टिले हेर्दा सबै भित्र एउटी परमात्माको निवास हुने हुँदा सबैको पूजा गर्नु भागवत पूजा नै हो जसको अनुभूति ठूला योगीहरू गर्दछन ।

यस पर्बको अर्को पक्ष्य हो भाइ तिहार। दिदि बहिनीलाइ टिका लगाईदिने मेवा – मिष्ठान खुवाउने, मखमली फूलको माला लगिदिने आदि मनोहर व्यवहारले भाइ बहिनीको प्रेमको उजागर गरेको छ । यमराजलाई बहिनी यमुनाले बार बार बोलौन्दा पनि व्यस्तताले बहिनीको घरमा नआएको हुँदा यासैदिन्को लागि बहिनी यमुनाले घर आउनको लागि बचन बर्ध बनौछिन र यमराज पनि यमुनाको घरमा पुग्छिन । बहिनीले भाइ यमराज लै स्नान गर्न लगाएर , तेल लागैदियिन। टिका र माला पनि लागैदियिन । मेवा मिष्ठान हरू सम्पर्ण गरिन । बहिनीको प्रेम पूर्ण सम्मानले यमराज अतिशय प्रसन्न भएर बर माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आइ पुञ्ज स्वीकार गर्न बिन्ति गरिन । यमराजले तताहस्तु भनेर बिदा भए र हरेक वर्ष बहिनीको घरमा जान थाले । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने गर्दछौं । यस दिन भाइ पूजा गर्नाले यमराजको भय हुदैन भन्ने पौराणिक मान्यता छ ।[१]

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]