दिलिप महर्जन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् दीलिप महर्जन माओवादी केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ। ०३५ देखि विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा होमिनुभएका महर्जन ०३८मा चौथो महाधिबेसनको जिल्ला समिति सदस्य हुनुभएको थियो। ०५८ देखि उहाँ माओवादी केन्द्रीय सल्लाहकार र राज्य समिति सचिवालय सदस्य हुनुहुन्छ।

उहाँ माओवादी नेता कुलप्रसाद केसी सोनाम, चित्रबहादुर श्रेष्ठ, कुमार दाहालसँगै भारतमा २६ महिना जेल जीवन बिताउनुभएको थियो। जनयुद्धको समयमामा उहाँले मकवानपुर र काभ्रेमा काम गर्नुभयो। निम्न वर्गको किसान परिवार कीर्तिपुर पाँगामा जन्मनुभएका महर्जन क्लबबाट समाजसेवा गर्दै राजनीतिमा प्रवेश गर्नुभएको थियो। ९ कक्षासम्म मात्र औपचारिक शिक्षा लिनुभएका ५१ वर्षीय महर्जन नेवाः खलको उपाध्यक्ष र ०४६ सालको जनआन्दोलनताका राष्ट्रिय जनआन्दोलन संयोजन समिति सदस्य पनि हुनुभयो। उहाँका दुई छोरी र एक छोरा छन्। अन्तरिम व्यवस्थापिका पनि विधायक हुनुभएका महर्जनको मूल एजे48डा माओवादीले उठाएको सङ्घीय संचरनामा नेवाः प्रदेशको अवधारणालाई सविधानमै सुनिश्चित गराउनु रहेको छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा