दिलीपकुमार शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डी के शाही अर्थात् दीलिप कुमार शाही (१९८८-२०५९) नेपाली राजनीतिज्ञ थिए।

राष्ट्रियसभाका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका नेता दिलीपकुमार (डीके) शाहीको जन्म वि. सं. १९८८ जेठ २ गते जन्म भएको हो।

राजनीति[सम्पादन गर्नुहोस्]

उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनादेखि पार्टीमा संलग्न भएर प्रजातान्त्रिक संघर्षमा लागेका शाहीले २००७ सालको क्रान्तिमा उल्लेखनीय योगदान गरे। शाही प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको मन्त्रिमण्डलमा सहायकमन्त्री रहे। शाही २०५० देखि २०५४ सालसम्म राष्ट्रियसभाको उपाध्यक्ष भए।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

नियमित रूपमा पत्रपत्रिकामा राजनीतिक लेख लेख्ने शाही कांग्रेसको मुखपत्र नेपाल टुडेको सम्पादकसमेत भएका थिए।

परिवारिक जीवन[सम्पादन गर्नुहोस्]

उनका श्रीमती राधा शाही, चार छोरा र तीन छोरी छन्। निधन उनको ७१ वर्षको उमेरमा काठमाडौंको मेडिकेयर अस्पतालमा २०५९ साल कात्तिक १६ गते बिहान निधन भयो। टाइफाइड भएपछि शाहीलाई चितवनको गुन्जन नगर-६ भवानीबस्तीस्थित घरबाट उपचारका लागि राजधानी ल्याइएको थियो। उपचार गराउँदा-गराउँदै उनको निधन भएको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]