दिल बहादुर घिसिङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् दिलबहादुर घिसिङ माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४८ देखि विद्यार्थी राजनीतिबाट राजनैतिक दुनियाँमा आउनुभएका फुर्वा ०५४ देखि जनमुक्ति सेनामा काम गर्नुभयो। सुरक्षा दलदेखि स्क्वाट कमाण्डर रहेकै बेला उहाँ तीन वर्ष २ महिना जेल पर्नुभयो। ०५८को वार्तामा निस्केपछि उहाँ जनमुक्ति सेनामा उहाँ बटालियन कमिसार हुनुभयो। भीमान, बन्दीपुर र थानकोटलगायतका थुप्रै मोर्चाहरूमा उहाँले भाग लिनुभयो। उहाँ ०५९मा माओवादीको जिल्ला समितिमा पुग्नुभयो। जातीय, बर्गीय र लिङ्गीय मुद्दालाई सविधानमै सम्बोधन गर्ने गरी उठाउने एजेण्डा नै आफ्नो मूल एजेण्डा भएको फुर्वाको भनाइ छ। पुराना दलका फोस्रा कुरा नपत्याएर मात्र होइन माओवादीका स्पष्ट एजेण्डा भएकाले पनि आफूलाई जनताले जिताएको उहाँको भनाइ छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा