दीनानाथ शर्मा
| दीनानाथ शर्मा | |
|
|
|
| Taking office २०६८ कार्तिक २२(11 October 2011) |
|
| राष्ट्रपति : | रामवरण यादव |
|---|---|
| प्रधानमन्त्री : | बाबुराम भट्टराई |
| उपराष्ट्रपति | परमानन्द झा |
| अग्रज : | गंगालाल तुलाधर |
|
प्रवक्ता, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
|
|
|
|
|
| जन्म : | 19 जुलाई 1945 बाग्लुङ जिल्ला, अमलाचौर-७, गहतेरा |
| राजनीतिक दल : | एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) |
| जीवनसाथी : | सरला शर्मा |
| सन्तान : | राजन पौडेल साजन पौडेल शान्ता पौडेल सारदा पौडेल कल्पना पौडेल |
दीनानाथ शर्मा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् तथाएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय सदस्य तथा प्रवक्ता पनि हुनुहुन्छ। शर्मा ०२३ देखि वाम राजनीतिमा लाग्नुभएको थियो। लामो सयमसम्म मोहनविक्रम सिंहको मसालमा रहनुभएका शर्मा मसालको प्रवक्ताको रूपमा पनि लामो समयसम्म काम गर्नुभयो। ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिनुभएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताउनुभएको थियो। दीनानाथ शर्मा जनयुद्धको उत्कर्षतिर मोहनविक्रम सिंहलाई छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। लामो समयसम्म माओवादीको प्रवासमा काम गर्नुभएका शर्मा अन्तरिम व्यवस्थापिकामा माओवादी दलको प्रमुख सचेतक हुनुभएको थियो। १८ वर्षसम्म शिक्षण पेशा गर्नुभएका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री हुनुभयो।
बाग्लुङ जिल्ला, अमलाचौर-७, गहतेरा भन्ने गाउँमा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) शशिधर र यशोदा पाध्याको छोराको रूपमा निम्न मध्यम वर्गीय परिवारमा जन्मनुभएका शर्माले औपचारिकरूपमा कला र शिक्षाशास्त्रबाट स्नातक हुनुहुन्छ। दुई छोरा र ३ छोरी छन्।[१]