दुध कुमारी हमाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
दूध कुमारी हमाल
दुनै गाविस, डोल्पाकी बासिन्दा दुध कुमारी हमाल समानुपातिक तर्फबाट नेपाली कांग्रेसकी सभासद हुनुहुन्छ। ४६ वर्षीया हमाल २०४६ साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ। नेपाली कांग्रेसको नीति, विचार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताबाट प्रभावित भई राजनीतिमा होमिएकी हमाल पार्टीको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँले स्थानीय मालिका मा.वि.बाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ। उहाँका दुई छोरा छन्। महिला हक-हितका कार्यमा रुचि राख्ने सभासद दूध कुमारी हमाल गैर सरकारी क्षेत्रमा कार्यरत महिला जागरण विकास संस्थासँग आवद्ध हुनुहुन्छ। लोकतन्त्र स्थापनको आन्दोलनमा सक्रिय रहँदा उहाँ पटक-पटक पक्राउ परी प्रहरी हिरासतमा रहिसक्नुभएको छ। संविधानसभामा महिलाको हक-अधिकार सुनिश्चित गर्न र विशेषतः पिछडिएको क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकास गर्न आवाज बुलन्द गर्ने उहाँको संकल्प रहेको छ।