दुर्गाजयन्ती राई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
खोटाङ, नेर्पा गाविस निवासी दुर्गा जयन्ती राई समानुपातिक तर्फ एकिकृत नेकपा माओवादीका सभासद हुनुहुन्छ। धर्मनिरपेक्षतामा विश्वास गर्ने ३३ वर्षीया राई २०५२ सालदेखि राजनीतिमा संलग्न हुनुभएको हो। शुरुदेखि नै जनमोर्चामा आबद्ध उहाँले पार्टीको खोटाङ जिल्ला अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। हाल उहाँ एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। राजनैतिक संघर्षका क्रममा पहिलो पटक २०५३ सालमा गिरफ्तार भएकी राई त्यसपछि पनि पटकपटक गिरफ्तार हुनुभएको छ। एसएलसी सम्मको अध्ययन गरेकी सभासद दुर्गा जयन्ती राई २०५५ देखि २०६१ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो। समाजसेवामा उहाँको रुचि छ र उहाँ जिल्ला स्थित निरौली कृषि सहकारी संस्था र महिला एकता अध्ययन केन्द्रसँग आबद्ध हुनुहुन्छ। संविधानसभामा उहाँले उठाउन चाहेका दुई प्रमुख मुद्दा हुन्― क. महिलाको समग्र उत्थान, ख. आदिवासी―जनजातिलाई राज्यको मूलधारमा ल्याउनु।[१]