दुर्गा कुमारी वि क
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी थोरै दलित समुदायका युवा संविधान सभा सदस्य मध्ये २६ वर्षीया दुर्गा बिक एक हुनुहुन्छ। एकिकृत नेकपा माओवादीको तर्फबाट कास्की २मा विजयी वि. क.को जन्म कास्कीको ढिकुरपोखरी १ अधिकारीडाँडामा भएको थियो। विकले माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिगको कास्की जिल्ला अध्यक्ष विनय थापासँग अन्तर्जातीय विहे गर्नुभएको छ।
विपन्न दलित परिवार भए पनि राजनीतिक परिवार भएकाले बिक सानैदेखि नै राजनीतिमा लाग्नुभएको थियो। २०५६ सालदेखि संगठितरूपमा विद्यार्थी राजनीतिमा लाग्नुभएकी बिक संकटकालको समयमा २ वर्ष जेल बस्नुभयो।
'दुर्गाले जीते कामी दमाई घरमा हुल्दिन्छे' भन्ने विपक्षीहरूको प्रचारलाई चिर्दैै आफूले चुनावमा दलित उम्मेदवार भएकै कारणले पनि बढ्ता संघर्ष गर्नुपरेका अनुभव वि क सुनाउनुहुन्छ। फुर्सदको समय अध्ययन र लेखनमै बिताउनुहुने दुर्गाले आठ कक्षा मात्र पढ्नुभएको छ। तर, दर्शनशास्त्रमा राम्रो दक्खल राख्ने माओवादी युवाहरूमा उहाँ पनि एक गनिनुहुन्छ।
१० वर्षको जनयुद्धमा जनतासँग सुमधुर सम्बन्ध गाँसेकै कारणले जितेका बताउनुहुने बिकले दलित र महिलाका समस्यालाई सम्बोधन गर्न सविधानमा नै उल्लेख गर्न पहल गर्नु आफ्नो पहिलो एजेण्डा रहेको बताउनुहुन्छ।[१]