दुर्छिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दुर्छिम्बाट अनुप्रेषित)
दुर्छिम
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाखोटाङ जिल्ला
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा३५९७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

दुर्छिम नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा पर्ने एक गाउँ विकास समिति हो ।

भूगोल[सम्पादन गर्नुहोस्]

दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा हलेसी महादेव, पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा दुधकोशी नदी रहेको छ । यस नदीले खोटाङओखलढुंगा जिल्लालाई छुट्याएको छ । त्यस्तै दक्षिणमा सुनकोशी नदी रहेको छ । यस नदीले खोटाङ र उदयपुर जिल्लालाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय छापडाँडा मा रहेको छ । यसको केही पूर्वमा श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय रहेको छ । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

किरातीहरूको साझा पुर्खा प्रथम कविला शासक होलेसुङले आजभन्दा लगभग ४५० वर्ष पहेले हलेसी क्षेत्र को प्रथम कविला शासन गरेका अवशेष उनको दरबार दुर्छिम गाविसको वडा नम्बर तीनमा पर्ने हात्तीढुङ्गेको खिम्लेमा भेटिन्छ।दुर्छिम छापडाँडा गाउँको पूर्वमा मनोरम कोटडाँडा,र चण्डीडाँडा रहेको छ।जहाँ लगभग ४००वर्ष पहिला भ्वाँरामको दरबार थियो आफ्नो शासन काल मा प्रयोग गरेको खुकुरी,तरवार,हरूको भग्नाशेषहरू अझै भेटिन्छन।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार दुर्छिमको ७१४ घर धुरीमा कुल जनसङ्ख्या ३,५९७ रहेको छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]