देउराली, कास्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देउराली नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाविस पोखराबाट करीब २६ किलोमिटर दूरीमा रहेको छ। कृषि मुख्य पेशाको रूपमा रहेको भएपनि यहाँका धेरै युवाहरू वैदेशिक रोजगारीमा लागेका पाइन्छ। देउराली गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू कालिका मन्दिर, शिवको मन्दिर आदि रहेका छन् भने कालिका पिकनिक स्थल, भ्युटावर रिपश्वाराकोट आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[१] देउराली बजार, घिमिरे गाउँ, खडा गाउँचिसापानि, भट्टिने यस गाविसका प्रमुख स्थानहरू हुन्। यस गाविसमा स्थानीय युवाको सक्रियतामा एक खेल मैदानको निर्माण गरिएको छ। मुख्य रूपमा ब्राह्मण समुदायको बाहुल्यता रहेको देउरालीमा घिमिरे, पोडेल तथा अधिकारी थरका मानिसहरू बसोवास गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]



बाह्य सूत्र[सम्पादन गर्नुहोस्]