देउसी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेला गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भयेर आफ्नो छिमेकीहरूको घर घरमा गयेर गीत गाउँछन
यो गीत गाउँदा साधारणत: एक जाना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।
उदाहरणको लागि:
- देउसी टोलीको मुख्यले भन्छ - "आहै, भन मेरा भाइ हो"
- समूह - देउसुरे!
- मुख्य - " हे राम्ररी भन"
- समूह - देउसुरे!
मुख्य - "आहै,स्वर मिलाई भन"
- समूह - देउसुरे!
- मुख्य - "आहै, भन न भन"
- समूह - देउसुरे!
- मुख्य ब्यक्तिले गीतको अन्तमा गयेको घरका सबै जानालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू देउसुरे भन्दै गर्छन।