देबेन्द्र प्रसाद पतेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

संविधान सभा निर्वाचनमा रौतहट ६मा माओवादीका सभासद् देवेन्द्रप्रसाद पटेलले नेकपा एमालेका तत्कालिन महासचिव माधव नेपाललाई पराजित गर्नुभएको थियो। महासचिव नेपाललाई काठमाडौं २बाट पराजित गरेका माओवादीका अर्का संविधान सभा सदस्य झक्कुप्रसाद सुवेदी जति चर्चामा नआए पनि तराईमा भने पटेल पनि चर्चित हुनुहुन्छ। माओवादीको सुदृढ संगठन नै आफ्नो विजयको कारण भएको पटेल बताउनुहुन्छ।

माओवादीको विवादास्पद भातृ संगठन यङ कम्युनिस्ट लिगका केन्द्रीय सदस्य पटेलको जन्म २०२८ साल मंसिर २२ गते रमौली बैरिया -७ बैराजपुरमा भएको हो। आमा फुलमादेवी र रामअवतारका छोरा पटेल सामान्य किसानमा परिवारमा हुर्कनु भएको हो।

सदरमुकाम गौर देखि ३० किलोमिटर उत्तरमा रहेको गाउँमा जन्मनु भएका पटेल २०५४ साल देखि विद्यार्थी राजनीतिबाट राजनीति सुरु गर्नु भएको थियो। पटेलले २०५८ सालदेखि माओवादीको सैन्य संरचना जनमुक्ति सेनामा रहेर काम गर्नुभयाृ। यसबीच उहाँ सेक्सन कमाण्डरदेखि कम्पनी कमाण्डरसम्म हुनुभयो। पटेलले १३ भन्दा बढी फौजी कारबाहीमा भाग लिएको जानकारी दिनुभयो। पार्टी भित्र भुषण उपनामले चिनिने पटेल संविधान सभामा मधेसी जनताको हक हित र युवा वर्गको उन्नतिका लागि आवाज उठाउने बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा