देवदार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
देवदार
Adult Deodar trees at a forest location in Himachal Pradesh, India.
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
कुल: Pinaceae
वंश: Cedrus
प्रजाति: C. deodara
द्विपद नाम
Cedrus deodara
(Roxb.) G.Don
देवदारको जंगल

देवदार अथवा देवार संस्कृतमा दृढ भनेर चिनिने एक प्रकारको ठूलो रूख हुने वनस्पति हो । बाक्लो बोक्रो तथा खस्रा, लाम्चा पात हुने यो वनस्पतिको काठबाट ठेकी, आरी आदि बनाइन्छ। [१]। देवदारको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्दैन। देवदारका रुखहरूला प्राय देवताको मन्दिर भएको ठाउँमा रोपेको पाइन्छ। हरियो देवदारको दाउरालाई तताएर तेल निकाल्ने गरिन्छ। देवदारको तेल धेरै प्रकारका रोगहरूको औषधीको रुपमा प्रयोग गरिन्छ। पश्चिम नेपालमा एक उखान रहेको छ- "देवदार हजार वर्ष खडा रहन्छ, हजार वर्ष पडा रहन्छ भने हजार वर्ष सडा रहन्छ" यसैले यसलाई दृघ वृक्ष पनि भनिन्छ।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान